बाटो खन्ने क्रममा स्काभेटर पल्टियो ः पुर्णरुपमा क्षती

0
415

असोज १३, २०७६ गुल्मी ः गुल्मीमा बाटो खन्ने क्रमममा स्काभेटर पल्टिएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ कोटकोटेरी भन्ने स्थान मोटरबाटो खन्ने क्रममा स्काभेटर पल्टिएको हो ।
बाटो खन्ने क्रममा बा २ क ५५५४ नम्बरको स्काभेटर पल्टीएर पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । । मनकामना मोडल इन्जीनियरिङ प्रालिको नाममा रहेको स्काभेटरले श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले काम गरिरहेको थियो ।
श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले इस्मा गाउँपालिका मैदानबाट सोहि ठाउँकै कोटकोटेरी भन्ने स्थानसम्म जोडने मोटरबाटोमा काम भइरहेको थियो । बाटो खन्ने क्रममा एक्कासी पल्टिए पछि चालक फर्सुराम पाण्डे भने हाम फालेर बाच्न सफल भएको श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले जनाएको छ ।
सडक खन्ने क्रममा पल्टिएको स्काभेटर एक सय मिटर पल्टिएको प्रहरीले जनाएको छ । जमिन दबिएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको घलेले जानकारी दिए ।

 

SHARE