गुल्मीमा कुटपिटबाट एक जनाको मृत्यु

0
345

असोज १२ , २०७६ गुल्मी ः
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
कालीगण्डकी गाउँपालिका वडा नं ६ खडकोटका ६४ बर्षिय दुर्गादत्त ढकाललाई स्थानीय ४५ बर्षिय टोपबहादुर सार्कीले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार सार्कीलाई प्रक्राउ गरीएको र शबलाई पोष्टमाटमका लागि पाल्पा लैजाने तयारी भइरहेको जानकारी दिए । घलेका अनुसार उनीहरुको पहिले देखिनै आपसी बिबाद रहदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै सार्कीलाई कर्तब्य ज्यान संबन्धी मुद्धा दर्ता गर्ने तयारी भएको घलेले बताए ।

SHARE