मुटु दिवसमा कारागारका कैदीबन्दीको स्वास्थ्य जाँच

0
465

असोज १२ , २०७६ गुल्मी ः गुल्मी कारागारका कैदीबन्दीहरुको स्वास्थ्य जाँच गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको आयोजनामा जिल्ला कारागार गुल्मीका कैदीबन्दीहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको हो ।
मेरो प्राण मेरो मुटु’ भन्ने नाराका लेखिएका प्लेकार्ड सहित सदरमुकाम तम्घासमा प्रभात फेरि पनि गरिएको थियो । प्रभात फेरिपछि जिल्ला कारागार गुल्मीमा रहेका ८३ जना कैदी बन्दीहरुको स्वास्थ्य जाँच गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डेयले जानकारी दिए ।
तनावपूर्ण अबस्थामा रहेका बन्दीहरुलाई तनाव रहित बनाउन र स्वस्थ्य अबस्थामा पनि जानकारी लिनको निम्ति बन्दीहरुको सामुहिक स्वास्थ्य जाँच गरिएको पाण्डेले बताए । कारागारमा रहेका बन्दीहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिने र उनीहरुको स्वस्थ्य बारे सबैको चासो छ है भन्ने उदेश्यले स्वस्थ्य शिबिर राखिएको पाण्डेयले बताए ।
बन्दीहरु सामान्य बिरामी हुँदा बाहिर चेकजाँच गर्न निस्कन नमिल्ने भएकाले सामुहिक रुपमा चेकजाँच गरिएको पाण्डेयको दाबी छ । बन्दीहरुलाई गरिएको चेक जाँचमा १७ जनाको स्वस्थ्य अबस्था थप चेक गर्न पर्ने भएकाले गुल्मी अस्पतालमा पठाइएको हो ।


स्वस्थ्य शिबिरमा गुल्मी अस्पतालका तीन जना बिशेषज्ञ डक्टरहरु सहित ६ जनाले चेक जाँच गरेका थिए । कार्यालयमा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले तनाव रहित अबस्थामा दैनिकी बिताए स्वस्थ्य रहन सकिने बताएका थिए ।
स्वस्थ्य मुटु राख्न नियमित खानापान देखि योगाको आबश्यकता रहेको बताए । रोग लागेर उपचार तर्फ भन्दा पनि रोग नै लाग्न नदिने गरि सजकता रहन ध्यानदिनुपर्नेमा जोड दिए ।
कारागारमा रहेका कैदीबन्दीहरुको स्वस्थ्य जाँच गर्ने उदेश्यले राखिएको शिबिरले बन्दीहरुको स्वस्थ्य अबस्था बारे जानकारी लिन सहज हुने बताए । उनले यस्ता कार्यक्रहरु गरेकोमा आयोजकलाई धन्यवाद समेत दिए ।
शिबिरमा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित बिभिन्न कार्यालयका सुरक्षा नियका प्रमुख, संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । कारागारमा केहि महिना अधि जिल्ला प्रशासन कार्यालय गुल्मीले योग शिबिर र हाउस वयररिङ्गको तालिम समेत रोखेको थियो ।


२५ जनाको क्षमताको कारागार गुल्मीमा १ जना आश्रीत बालिका सहित ३ जना महिला ८० जना पुरुष गरि ८३ जना बस्दै आएका छन् । कारागार गुल्मीमा कैदीबन्दीहरुलाई आत्मा निर्भर बनाउने उदेश्यले बिभिन्न समयमा तालिमहरु गरिदै आएको छ ।

SHARE