तिलाचन पाण्डे
मंसिर ४ ,२०७६ गुल्मी ः जिल्ला प्रशासन कार्यलय गुल्मीले संघ संस्था ब्यापारीक प्रतिष्ठानहरुमा काम गर्ने कामदारहरुलाई न्यूनतम पारीश्रमीक नदिए कारबाही गर्ने जनाएको छ ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बुधबार गुल्मी जिल्लाका संघ संस्था बित्तिय कारोवार गर्ने संघ संस्था , ब्यपारीक प्रतिष्ठानहरुलाई बोलाएर काम गर्ने कामदारलाई न्यूनतम पारीश्रमीक दिन निर्देशन दिएका छन् । कतिपय संघ संस्थाहरुदले काममा लगाउने तर कामदारहरुलाई धेरै घण्टा काममा लगाई कम पारीश्रमीक दिने गरेको पाइएकाले निरौलाले आफनै कार्यकक्षमा बोलाई संघ संस्थाहरु , बैक , बिधालय लगायत ब्यापारी तथा प्रतिष्ठानहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
कुनै पनि संघ संस्था , ब्यापारीक प्रतिष्ठानमा काम गर्ने कामदारले न्यूनतम मासिक १३ हजार ४५० रुपैयाँ पाउनुपर्ने ब्यबस्था छ । दैनिक रुपमा ज्यालादारी कामदारले ५१७ रुपैयाँ र प्रतिघण्टा ६९ रुपैयाँ पाउनुपर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयले २०७६ साल साउन ३१ गते गोरखापत्रमा सूचना जारी गरि न्यूनतम पारीश्रमीक लागु गर्ने ब्यबस्था गरेकाले सोही अनुसार गर्नु गराउनुहुन जिल्ला प्रशासन कार्यलयले निर्देशन दिएको र यदि कसैले पालना नगरे कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।
न्यूनतम पारीश्रमीक नदिए कारबाही गर्ने
वडा वडामा सार्वजनिक सुनुवाई गर्दै मदाने गाउँपालिका
तिलाचन पाण्डे
मंसिर ४ , २०७६ गुल्मी ः गुल्मी जिल्लाको मदाने गाउँपालिकाले पहिलो चौमासिक कार्यक्रमको सार्वजनिक सूनुवाई कार्यक्रमलाई अभियानकै रुपमा गाउँपालिकाका वडाहरुमा संचालन गरिरहेको छ ।

गाउँपालिकाले यस आर्थिक बर्षको पहिलो चौमासिकमा गरेका कार्यहरुबाट स्थानीय स्तरमा के कस्तो प्रभाब परो र जनाताहरुका गुनासा , सल्लाहा सुझाहरु समेटेर आगमी दिनमा सुधार गर्नुपर्ने पक्षहरुलाई सुधार गर्ने गरी पालिका लागेको छ । पालिका भित्र शुसान ,पारदर्शिता जवाफदेहीता लगायतका बिषयहरुमा गाउँपालिका लागेको भन्दै पहिलो चौमासिक अन्र्तगतको कार्यक्रममा जनताहरु कत्तिको सन्तुष्ट छन् र त्यसको प्रभाबको बारेमा वडा वडामा गई कार्यक्रम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले जानकारी दिए । सार्वजनिजक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख दान बहादुर केशी , उपप्रमुख सरिता खड्का लगायत वडा अध्यक्षहरु संगै कार्यपालिका सदस्यहरु पनि उपस्थिती रहेको सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।
बिधार्थी पढाउँदै प्रहरी
तिलाचन पाण्डे
मंसिर ४ , २०७६ गुल्मी ः जिल्ला प्रहरी कार्यलय गुल्मीले गाउँका बिधालयहरुमा साइबर अपराध , मानब बेचबिखन ,महिला हिंसा र सडक सुरक्षा संबन्धी कार्यक्रम लिएर पढाउँदै हिडेको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार पछिल्लो समयका युवायुवतीहरुमा बढ्दो साईबर अपराध देखिएको र त्यसलाई न्यूनीकरण गर्नका लागि पहिले बिधार्थीहरु मार्फत यो कार्यक्रम प्रभाबकारी हुने भएकाले यसरी अभियान नै संचालन गरेको जानकारी दिए । घलेका अनुसार जिल्लाका बिभिन्न स्थानीय तहका २३ वटा बिधालय गई साइबर अपराध , महिला हिंसा , लागुऔषध , मानब बेचबिखन र सडक सुरक्षा संगै ट्राफिक नियम संबन्धी जनचेतना मुलक कार्य गरिएको जानकारी दिए ।
समाजमा सचेतना फैलाउने र शान्त र सुरक्षित समाज निर्माण गर्नका लागि करीब दूई हजार बिधार्थीहरु मार्फत सचेतनाका कार्यक्रम र नियम कानुनका बारेमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सचेतना फैलाएको र यसलाई अभियान कै रुपमा संचालन गर्दै लैजाने घलेले दाबी गरे ।
बिधार्थीहरु मार्फत यो कार्यक्रमलाई समाजमा लैजाँदा घरपरिवार र समाजमा सजिलै संग जान सक्ने भन्दै यसरी माध्यमिक तहका बिधाथीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले दाबी गरेको छ । यो अभियान मार्फत समाजमा लागु औषध , मानब बेचबिखन , साइबर अपराध , सडक सुरक्षा र ट्राफिक ज्ञान लिने र यसबाट हुने दुर्घटनाहरु कम गर्न र यसबाट हुन सक्ने दुर्घटना संगै कानुनी कारबाहीका बारेमा पनि जानकारी दिएकाले कार्यक्रम प्रभाबकारी भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले दाबी गरेको छ ।
ज्ञानकेन्द्र गुल्मीको कार्यक्रम सार्वजनिक
तिलाचन पाण्डे
मंसिर ४ , २०७६ गुल्मी ः कृषि ज्ञान केन्द्र गुल्मीले आर्थिक बर्ष २०७६। ०७७ मा कार्यलय मार्फत गर्ने कार्यक्रमहरु पत्रकार भेटघाटको आयोजना गरि सार्वजनिक गरेको छ ।
ज्ञान केन्द्र गुल्मीका प्रमुख शन बहादुर रानाका अनुसार यस आर्थिक बर्षमा बिभिन्न शिर्षकहरुमा १० करोण २६ लाख एक हजारको कार्यक्रम रहेको जानकारी दिए । यस आथिृक बर्षमा अभियानमूखी कृषि तथा पशुपन्छी बिकास कार्यक्रम अन्र्तगत १ करोण ४८ लाख २५ हजार , कृषि तथा पशुपन्छी स्रोत तथा प्रबिधि सेवा टेवा बिस्तार कार्यक्रममा १२ लाख ५० हजार , कृषि तथा पशुपन्छी जन्य उधोग यन्त्र पुर्वाधार बिकास कार्यक्रममा २५ लाख , सीप बिकास तालिम अन्र्तगत १ लाख ५० हजार , कृषि उत्पादन तथा पोषण सुरक्षा कार्यक्रममा ६० लाख ५० हजार , स्मार्ट कृषि गाउँ कार्यक्रममा १ करोण ४२ लाख २५ हजार , भूमि ब्यबस्था तथा सहकारी मन्त्रालयको शर्सत अनुदान तर्फ ५ करोण २२ लाख ७९ हजार र ज्ञान केन्द्र गुल्मीको पुँजिगत र चालु गरी १ करोण १३ लाख २२ हजार रुपैयाँ रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख शन बहादुर रानाले जानकारी दिए ।

प्रधानमन्त्रीको कार्यक्रम सार्वजनिक
तिलाचन पाण्डे
मंसिर ४ , २०७६ गुल्मी ः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन इकाई गुल्मीले आर्थिक बर्ष २०७६।०७७ मा गरिने कार्यक्रमको एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ ।
बुधबार कार्यलयले कफी सुपरजोनमा गुल्मी , पाल्पा , स्याङजा , प्यूठान र अर्घाखाँची हेर्ने गरी २ करोण ८० लाख , सुन्तला जोन गुल्मीका लागि २ करोण ३५ लाख , र मकै जोनमा २ करोण ८४ लाख रुपैयाँको यस आर्थिक बर्षमा कार्यक्रम गरिने कार्यलयका प्रमुख उमानाथ भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सुन्तलाका बिरुवाहरुमा ५० प्रतिशत अनुदान , कमपोष्टमलमा पनि ५० प्रतिशत अनुदान लगायत तालिमको समेत ब्यबस्था गरिएको बताए । यस्तै मकै जोनमा पनि मेसीनरी औजारहरु मर्मत , स्थलगत तालिम लगायत माटो परिक्षण समेतका कार्यक्रमहरु रहेका छन् । यस्तै कफी सुपराजोनमा स्थानीय तहका पदाधिकारीहरुसंग अन्र्तक्रिया ,उधमशीलता क्षमता अभिबृद्धिका लागि तालिम , योजना तर्जुमा लगायत सूचना प्रचार प्रसारका लागि पनि बजेटको ब्यबस्था भएको जनाएको छ ।
नेपाल-भारत सीमा सुरक्षा बैठक पोखरामा
मंसिर ३, २०७६ काठमाडौं : नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा शुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारी सहभागी हुनेछन्। नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्ने छन्। बैठकमा नेपालका तर्फबाट १० र भारतका तर्फबाट ६ पदाधिकारीको सहभागिता रहने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी गराए। बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुँवरले जानकारी दिए। यो नियमित वार्षिक बैठक रहेको उनले बताए। थाहाबाट
हाटबजारमा तरकारी किन्नेको भिड
तिलाचन पाण्डे
मंसिर ३ , २०७६ गुल्मी
रेसुंगा नगरपालिका गुल्मीले संचालन गरेको हाटबजारमा तरकारी किन्नेहरुको भिड लाग्ने गरेको छ ।
कात्तिक महिनाको २३ गते देखि संचालनमा आएको हाटबजारमा बिशेष गरी बिहान र साँझको समयमा तरकारी किन्नेहरुको भिड लाग्ने गरेको रेसुंगा नगरपालिका गुल्मीले जनाएको छ ।
रेसुंगा नगरपालिकाका कर्मचारीहरु बिहान र साँझमा चिसो नभनी खटिइराखेका छन् । दिनमा न्यूनतम पनि ५० हजार सम्मको कारोवार हुने गरेको हाटबजार हेरीरहेका पशुपति मरासिनीले बताए ।

बजारमा भन्दा सहुलियत दरमा ताजा तरकारी पाइने गरेको स्थानीयहरुले बताएका छन् । नगरपालिकाले बिहान किसानहरुकै घरमा गई ताजा तरकारी जोखेर ल्याउने गरेको जनाएको छ । संचालन भएको १० दिनमानै करिब ८ लाख जतिको कारोवार भएको नगरपालिकाले जनाएको छ । अत्याधुनिक शित भण्डारण सहित हाटबजार संचालनमा आएको हो ।
बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ
मंसिर ३, २०७६ डडेल्धुरा , डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका छन्। २२ वर्षीया बुहारी बलात्कारको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन्। सोमबार साझ उनले बुहारी नाता पर्ने २२ वर्षीया महिलामाथि कोठमा नै गएर बलात्कार गरेका उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जबरजस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। जबर्जस्ती करणी मुद्दा चलाइ थप अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले बताए।
३४ सीमास्तम्भ गायब,
बाँके : बाँकेमा ४६ किलोमिटर लामो नेपाल-भारत सीमा क्षेत्र छ। यस क्षेत्रमा सीमा रक्षाका लागि सशस्त्र प्रहरीको पाँचवटा सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय (बिओके) स्थापना भएका छन्। यी बिओकेमा सशस्त्र प्रहरीले सीमा र दशगजा क्षेत्रमा रहेका जंगे पिलर तथा सहायक पिलरको रेखदेख गर्दै आएको सशस्त्र प्रहरी बल, नम्बर ३० गण, हेडक्वार्टर बागेश्वरी गणका प्रमुख प्रहरी उपरीक्षक दीपक अधिकारीले बताए। उनले दशगजामा रहेका पिलर संरक्षण तथा रेखदेखका लागि भारतीय समकक्षीसँग समन्वय र सहकार्य गर्दै आएको बताए। अन्य जिल्लामा सीमा अतिक्रमणको समस्या भए पनि बाँकेमा अहिलेसम्म त्यस्ता कुनै समस्या नदेखिएको बताए। ‘सीमा अतिक्रणको कहिँकतैबाट गुनासो आएको छैन,’ उनले भने।
३४ सीमास्तम्भ गायब
बाँकेमा पर्ने दशगजामा कुल ३०७ वटा पिलर रहेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। उनले यीमध्ये २७३ वटा राम्रा र अन्य ३४ वटा पिलर पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको बताए। उनले बाँकेमा सीमा अतिक्रमणको समस्या अहिलेसम्म नदेखिएको बताए। ‘कुनै भत्केको र कुनै खोला तथा नदीले बगाएकोले पुनर्निर्माण गर्नुपर्ने अवस्था छ। तर सीमा अतिक्रमणको समस्या अहिलेसम्म देखिएको छैन,’ उनले भने।
सय मिटरको दूरीमा भारतीय अस्थायी पोष्ट
सिमाना सुरक्षाका लागि ४६ किलोमिटरको दूरीमा नेपालले पाँचवटा सशस्त्र प्रहरीको बिओके स्थापना गरेको छ। तर भारतले बाँकेसँग सीमा जोडिएको विभिन्न स्थानमा एसएसबीको क्याम्प खडा गरि सीमा रक्षा गरिरहेको छ। बाँकेसँग सीमा जोडिएको क्षेत्रमा मात्र उसले कम्तीमा १२ वटा क्याम्प खडा गरेर सुरक्षाकर्मी परिचालन गरेको छ। प्रत्येक पाँच सय मिटरको दूरीमा अस्थायी पोष्ट खडा गरि प्रत्येक पोष्टमा एकजना सुरक्षाकर्मीलाई ड्यूटीमा खटाउने गरेको छ। ‘दशगजा क्षेत्रमा हिँड्डुल गर्दासमेत भारतीय सीमा सुरक्षा बल (एसएसवी) का जवानले केरकार पार्छन्,’ खजुरा गाउँपालिका-२, बलैपुरका भीम ओलीले भने। सीमानजिक परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका साथै अपराध तथा अवैध सामान ओसारपसार रोक्ने दायित्व पनि दिइएको छ। ‘हामीलाई सीमा सुरक्षामात्र नभई सीमामा हुने अपराध र अवैध सामान ओसारपसारमा रोक्ने जिम्मेवारी पनि छ,’ सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भने। बाँके जिल्लामा पर्ने नेपाल-भारत सीमा रक्षाका लागि दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा निरीक्षण गर्दै आएका छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले दशगजामा रहेका सीमास्तम्भको संयुक्त निरीक्षण गरि अवस्थाको जानकारी लिने गरेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए। ‘संयुक्त रुपमा निरीक्षण गर्दा एकातिर सीमास्तम्भको अवस्था कस्तो छ भन्ने जानकारी हुन्छ भने अर्कोतिर सीमामा हुने अपराध न्यूनीकरण गर्न मद्दत पुग्छ,’ उनले भने। थाहाबाट
जिल्ला प्रशासन कार्यलय गुल्मीले माग्यो सरकारी सवारी साधनको बिबरण
तिलाचन पाण्डे
मंसिर ३ , २०७६ गुल्मी ः जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका स्थानीय तहमा रहेका सरकारी सवारी साधनहरु र सरकारी कार्यलयहरुमा रहेका सवारी साधनहरुको बिबरण माग गरेको छ ।
सार्वजनिक बिदाका दिन स्थानीय स्तरका सवारी साधनहरुको दुरुपयोग भइरहेको भन्दै स्थानीय तहहरुसंग भएका सवारी साधनहरुको बिबरण जिल्ला प्रशासन कार्यलयमा बुझाउनका लागि परिपत्र गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार सवारी साधनहरुको बिबरण आएपश्चात कुन स्थानीय तहको सवारी साधन दुरुपयोग भयो भन्ने बारेमा सवारी साधनको नम्बर प्लेटबाट थाहापाउन सहज हुने भएकाले सवारी साधनको बिबरण माग गरिएको दाबी गरे ।
बिदाका दिन सवारी साधन प्रयोगका लागि प्रशासनको स्विकृत अनिवार्य
सरकारी नम्बर प्लेटका सवारीसाधनहरु प्रयोग गर्नका लागि औचित्य र आवश्यकताका आधारमा अब जिल्ला प्रशासन कार्यलय गुल्मीको अनिवार्य रुपमा स्बिकृत लिनुपर्ने ब्यबस्था गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । यदि कसैले सार्वजनिक बिदाका दिन स्विकृत बिना सवारी साधन प्रयोग गरे कारवाही गरिने जनाएको छ । यदि कुनै सरकारी सवारी साधन जिल्ला बाहिर जान परेपनि अनिवार्य जिल्ला प्रशासन कार्यलय गुल्मीको स्विकृत लिनुपर्ने जनाएको छ ।
सार्बजनिक जग्गाको अभिलेख राख्न स्थानीय तहलाई परिपत्र
जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका सबै स्थानीय तहलाई सार्वजनिक जग्गाको अभिलेख राख्न परिपत्र गरेको छ । जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेका अनुसार सार्वजनिक जग्गाको अभिलेख राख्न र यदि सार्वजनिक जग्गा अतिक्रमण भएको भए तुरुन्त जिल्ला प्रशासन कार्यलय गुल्मीमा रेकर्ड पठाउनका लागि परिपत्र गरेको जानकारी दिए । यदि कसैले सार्वजनिक जगगाको अतिक्रमण गरेको पाइएमा उसलाई कारवाही प्रक्रिया अगाडी बढाइने सार्वजनिक जग्गाको रेखदेख गर्ने संगै रक्षा गर्ने दाबी गरे ।
निर्माण ब्यबसायीहरुको बिबरण र कार्यहरुको माग
यस्तै जिल्ला प्रशासन कार्यलय गुल्मीले पछिल्लो समयमा निर्माण ब्यबसायीहरुले बिभिन्न बाहानामा निर्माणको काम लिने र समयमै कार्य सम्पन्न नगर्ने परिपाटी भइरहेको सन्र्दभमा निर्माण ब्यबसायीहरुको नामावली र उनीहरुले लिएका निर्माण कार्यहरुको बिबरण संकलन भइरहेको सूचना अधिकारी पाण्डेले बताए । निर्माण ब्यबसायीहरुले धेरै कामको जिम्मा लिने तर उनीहरुले समयमा काम सम्पन्न नगरि बिभिन्न बाहानाहरु बनाउने गरेककाले यसमा पनि कडाई गर्न लागिएको पाण्डेको दाबी छ । यस्तै मङ्सिर १४ गते रुरु क्षेत्रको रिमुवामा वडा अध्यक्षको उपनिर्वाचनका लागि पनि शान्ति सुरक्षाका लागि उचित ब्यबस्था मिलाइएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

















