न्यूनतम पारीश्रमीक नदिए कारबाही गर्ने

0
690

तिलाचन पाण्डे
मंसिर ४ ,२०७६ गुल्मी ः जिल्ला प्रशासन कार्यलय गुल्मीले संघ संस्था ब्यापारीक प्रतिष्ठानहरुमा काम गर्ने कामदारहरुलाई न्यूनतम पारीश्रमीक नदिए कारबाही गर्ने जनाएको छ ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बुधबार गुल्मी जिल्लाका संघ संस्था बित्तिय कारोवार गर्ने संघ संस्था , ब्यपारीक प्रतिष्ठानहरुलाई बोलाएर काम गर्ने कामदारलाई न्यूनतम पारीश्रमीक दिन निर्देशन दिएका छन् । कतिपय संघ संस्थाहरुदले काममा लगाउने तर कामदारहरुलाई धेरै घण्टा काममा लगाई कम पारीश्रमीक दिने गरेको पाइएकाले निरौलाले आफनै कार्यकक्षमा बोलाई संघ संस्थाहरु , बैक , बिधालय लगायत ब्यापारी तथा प्रतिष्ठानहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
कुनै पनि संघ संस्था , ब्यापारीक प्रतिष्ठानमा काम गर्ने कामदारले न्यूनतम मासिक १३ हजार ४५० रुपैयाँ पाउनुपर्ने ब्यबस्था छ । दैनिक रुपमा ज्यालादारी कामदारले ५१७ रुपैयाँ र प्रतिघण्टा ६९ रुपैयाँ पाउनुपर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयले २०७६ साल साउन ३१ गते गोरखापत्रमा सूचना जारी गरि न्यूनतम पारीश्रमीक लागु गर्ने ब्यबस्था गरेकाले सोही अनुसार गर्नु गराउनुहुन जिल्ला प्रशासन कार्यलयले निर्देशन दिएको र यदि कसैले पालना नगरे कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।

SHARE