बिधार्थी पढाउँदै प्रहरी

0
336

तिलाचन पाण्डे
मंसिर ४ , २०७६ गुल्मी ः जिल्ला प्रहरी कार्यलय गुल्मीले गाउँका बिधालयहरुमा साइबर अपराध , मानब बेचबिखन ,महिला हिंसा र सडक सुरक्षा संबन्धी कार्यक्रम लिएर पढाउँदै हिडेको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार पछिल्लो समयका युवायुवतीहरुमा बढ्दो साईबर अपराध देखिएको र त्यसलाई न्यूनीकरण गर्नका लागि पहिले बिधार्थीहरु मार्फत यो कार्यक्रम प्रभाबकारी हुने भएकाले यसरी अभियान नै संचालन गरेको जानकारी दिए । घलेका अनुसार जिल्लाका बिभिन्न स्थानीय तहका २३ वटा बिधालय गई साइबर अपराध , महिला हिंसा , लागुऔषध , मानब बेचबिखन र सडक सुरक्षा संगै ट्राफिक नियम संबन्धी जनचेतना मुलक कार्य गरिएको जानकारी दिए ।
समाजमा सचेतना फैलाउने र शान्त र सुरक्षित समाज निर्माण गर्नका लागि करीब दूई हजार बिधार्थीहरु मार्फत सचेतनाका कार्यक्रम र नियम कानुनका बारेमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सचेतना फैलाएको र यसलाई अभियान कै रुपमा संचालन गर्दै लैजाने घलेले दाबी गरे ।
बिधार्थीहरु मार्फत यो कार्यक्रमलाई समाजमा लैजाँदा घरपरिवार र समाजमा सजिलै संग जान सक्ने भन्दै यसरी माध्यमिक तहका बिधाथीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले दाबी गरेको छ । यो अभियान मार्फत समाजमा लागु औषध , मानब बेचबिखन , साइबर अपराध , सडक सुरक्षा र ट्राफिक ज्ञान लिने र यसबाट हुने दुर्घटनाहरु कम गर्न र यसबाट हुन सक्ने दुर्घटना संगै कानुनी कारबाहीका बारेमा पनि जानकारी दिएकाले कार्यक्रम प्रभाबकारी भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले दाबी गरेको छ ।

SHARE