हाटबजारमा तरकारी किन्नेको भिड

0
616

तिलाचन पाण्डे
मंसिर ३ , २०७६ गुल्मी
रेसुंगा नगरपालिका गुल्मीले संचालन गरेको हाटबजारमा तरकारी किन्नेहरुको भिड लाग्ने गरेको छ ।
कात्तिक महिनाको २३ गते देखि संचालनमा आएको हाटबजारमा बिशेष गरी बिहान र साँझको समयमा तरकारी किन्नेहरुको भिड लाग्ने गरेको रेसुंगा नगरपालिका गुल्मीले जनाएको छ ।
रेसुंगा नगरपालिकाका कर्मचारीहरु बिहान र साँझमा चिसो नभनी खटिइराखेका छन् । दिनमा न्यूनतम पनि ५० हजार सम्मको कारोवार हुने गरेको हाटबजार हेरीरहेका पशुपति मरासिनीले बताए ।

 
बजारमा भन्दा सहुलियत दरमा ताजा तरकारी पाइने गरेको स्थानीयहरुले बताएका छन् । नगरपालिकाले बिहान किसानहरुकै घरमा गई ताजा तरकारी जोखेर ल्याउने गरेको जनाएको छ । संचालन भएको १० दिनमानै करिब ८ लाख जतिको कारोवार भएको नगरपालिकाले जनाएको छ । अत्याधुनिक शित भण्डारण सहित हाटबजार संचालनमा आएको हो ।

SHARE