जिल्ला प्रशासन कार्यलय गुल्मीले माग्यो सरकारी सवारी साधनको बिबरण

0
478

तिलाचन पाण्डे
मंसिर ३ , २०७६ गुल्मी ः जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका स्थानीय तहमा रहेका सरकारी सवारी साधनहरु र सरकारी कार्यलयहरुमा रहेका सवारी साधनहरुको बिबरण माग गरेको छ ।
सार्वजनिक बिदाका दिन स्थानीय स्तरका सवारी साधनहरुको दुरुपयोग भइरहेको भन्दै स्थानीय तहहरुसंग भएका सवारी साधनहरुको बिबरण जिल्ला प्रशासन कार्यलयमा बुझाउनका लागि परिपत्र गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार सवारी साधनहरुको बिबरण आएपश्चात कुन स्थानीय तहको सवारी साधन दुरुपयोग भयो भन्ने बारेमा सवारी साधनको नम्बर प्लेटबाट थाहापाउन सहज हुने भएकाले सवारी साधनको बिबरण माग गरिएको दाबी गरे ।
बिदाका दिन सवारी साधन प्रयोगका लागि प्रशासनको स्विकृत अनिवार्य
सरकारी नम्बर प्लेटका सवारीसाधनहरु प्रयोग गर्नका लागि औचित्य र आवश्यकताका आधारमा अब जिल्ला प्रशासन कार्यलय गुल्मीको अनिवार्य रुपमा स्बिकृत लिनुपर्ने ब्यबस्था गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । यदि कसैले सार्वजनिक बिदाका दिन स्विकृत बिना सवारी साधन प्रयोग गरे कारवाही गरिने जनाएको छ । यदि कुनै सरकारी सवारी साधन जिल्ला बाहिर जान परेपनि अनिवार्य जिल्ला प्रशासन कार्यलय गुल्मीको स्विकृत लिनुपर्ने जनाएको छ ।
सार्बजनिक जग्गाको अभिलेख राख्न स्थानीय तहलाई परिपत्र
जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका सबै स्थानीय तहलाई सार्वजनिक जग्गाको अभिलेख राख्न परिपत्र गरेको छ । जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेका अनुसार सार्वजनिक जग्गाको अभिलेख राख्न र यदि सार्वजनिक जग्गा अतिक्रमण भएको भए तुरुन्त जिल्ला प्रशासन कार्यलय गुल्मीमा रेकर्ड पठाउनका लागि परिपत्र गरेको जानकारी दिए । यदि कसैले सार्वजनिक जगगाको अतिक्रमण गरेको पाइएमा उसलाई कारवाही प्रक्रिया अगाडी बढाइने सार्वजनिक जग्गाको रेखदेख गर्ने संगै रक्षा गर्ने दाबी गरे ।
निर्माण ब्यबसायीहरुको बिबरण र कार्यहरुको माग
यस्तै जिल्ला प्रशासन कार्यलय गुल्मीले पछिल्लो समयमा निर्माण ब्यबसायीहरुले बिभिन्न बाहानामा निर्माणको काम लिने र समयमै कार्य सम्पन्न नगर्ने परिपाटी भइरहेको सन्र्दभमा निर्माण ब्यबसायीहरुको नामावली र उनीहरुले लिएका निर्माण कार्यहरुको बिबरण संकलन भइरहेको सूचना अधिकारी पाण्डेले बताए । निर्माण ब्यबसायीहरुले धेरै कामको जिम्मा लिने तर उनीहरुले समयमा काम सम्पन्न नगरि बिभिन्न बाहानाहरु बनाउने गरेककाले यसमा पनि कडाई गर्न लागिएको पाण्डेको दाबी छ । यस्तै मङ्सिर १४ गते रुरु क्षेत्रको रिमुवामा वडा अध्यक्षको उपनिर्वाचनका लागि पनि शान्ति सुरक्षाका लागि उचित ब्यबस्था मिलाइएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

SHARE