ज्ञानकेन्द्र गुल्मीको कार्यक्रम सार्वजनिक

0
553

तिलाचन पाण्डे

मंसिर ४ , २०७६ गुल्मी ः कृषि ज्ञान केन्द्र गुल्मीले आर्थिक बर्ष २०७६। ०७७ मा कार्यलय मार्फत गर्ने कार्यक्रमहरु पत्रकार भेटघाटको आयोजना गरि सार्वजनिक गरेको छ ।
ज्ञान केन्द्र गुल्मीका प्रमुख शन बहादुर रानाका अनुसार यस आर्थिक बर्षमा बिभिन्न शिर्षकहरुमा १० करोण २६ लाख एक हजारको कार्यक्रम रहेको जानकारी दिए । यस आथिृक बर्षमा अभियानमूखी कृषि तथा पशुपन्छी बिकास कार्यक्रम अन्र्तगत १ करोण ४८ लाख २५ हजार , कृषि तथा पशुपन्छी स्रोत तथा प्रबिधि सेवा टेवा बिस्तार कार्यक्रममा १२ लाख ५० हजार , कृषि तथा पशुपन्छी जन्य उधोग यन्त्र पुर्वाधार बिकास कार्यक्रममा २५ लाख , सीप बिकास तालिम अन्र्तगत १ लाख ५० हजार , कृषि उत्पादन तथा पोषण सुरक्षा कार्यक्रममा ६० लाख ५० हजार , स्मार्ट कृषि गाउँ कार्यक्रममा १ करोण ४२ लाख २५ हजार , भूमि ब्यबस्था तथा सहकारी मन्त्रालयको शर्सत अनुदान तर्फ ५ करोण २२ लाख ७९ हजार र ज्ञान केन्द्र गुल्मीको पुँजिगत र चालु गरी १ करोण १३ लाख २२ हजार रुपैयाँ रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख शन बहादुर रानाले जानकारी दिए ।

SHARE