वडा वडामा सार्वजनिक सुनुवाई गर्दै मदाने गाउँपालिका

0
1068

तिलाचन पाण्डे
मंसिर ४ , २०७६ गुल्मी ः गुल्मी जिल्लाको मदाने गाउँपालिकाले पहिलो चौमासिक कार्यक्रमको सार्वजनिक सूनुवाई कार्यक्रमलाई अभियानकै रुपमा गाउँपालिकाका वडाहरुमा संचालन गरिरहेको छ ।


गाउँपालिकाले यस आर्थिक बर्षको पहिलो चौमासिकमा गरेका कार्यहरुबाट स्थानीय स्तरमा के कस्तो प्रभाब परो र जनाताहरुका गुनासा , सल्लाहा सुझाहरु समेटेर आगमी दिनमा सुधार गर्नुपर्ने पक्षहरुलाई सुधार गर्ने गरी पालिका लागेको छ । पालिका भित्र शुसान ,पारदर्शिता जवाफदेहीता लगायतका बिषयहरुमा गाउँपालिका लागेको भन्दै पहिलो चौमासिक अन्र्तगतको कार्यक्रममा जनताहरु कत्तिको सन्तुष्ट छन् र त्यसको प्रभाबको बारेमा वडा वडामा गई कार्यक्रम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले जानकारी दिए । सार्वजनिजक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख दान बहादुर केशी , उपप्रमुख सरिता खड्का लगायत वडा अध्यक्षहरु संगै कार्यपालिका सदस्यहरु पनि उपस्थिती रहेको सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।

SHARE