प्रधानमन्त्रीको कार्यक्रम सार्वजनिक

0
279

तिलाचन पाण्डे

मंसिर ४ , २०७६ गुल्मी ः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन इकाई गुल्मीले आर्थिक बर्ष २०७६।०७७ मा गरिने कार्यक्रमको एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ ।
बुधबार कार्यलयले कफी सुपरजोनमा गुल्मी , पाल्पा , स्याङजा , प्यूठान र अर्घाखाँची हेर्ने गरी २ करोण ८० लाख , सुन्तला जोन गुल्मीका लागि २ करोण ३५ लाख , र मकै जोनमा २ करोण ८४ लाख रुपैयाँको यस आर्थिक बर्षमा कार्यक्रम गरिने कार्यलयका प्रमुख उमानाथ भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सुन्तलाका बिरुवाहरुमा ५० प्रतिशत अनुदान , कमपोष्टमलमा पनि ५० प्रतिशत अनुदान लगायत तालिमको समेत ब्यबस्था गरिएको बताए । यस्तै मकै जोनमा पनि मेसीनरी औजारहरु मर्मत , स्थलगत तालिम लगायत माटो परिक्षण समेतका कार्यक्रमहरु रहेका छन् । यस्तै कफी सुपराजोनमा स्थानीय तहका पदाधिकारीहरुसंग अन्र्तक्रिया ,उधमशीलता क्षमता अभिबृद्धिका लागि तालिम , योजना तर्जुमा लगायत सूचना प्रचार प्रसारका लागि पनि बजेटको ब्यबस्था भएको जनाएको छ ।

SHARE