माधब न्यौपाने
भैरहवा, ६ मंसिर ।
यही मंसिर ३ गतेदेखि भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा स्थानीय उत्पादनलाई बिषेश प्राथमिकता दिइएको छ ।
उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा विषेश गरी स्थानीय उत्पादनका स्टलहरुलाई प्राथमिकता दिँदै स्टल भाडामा समेत विषेश छुटको व्यवस्था रहेको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए ।
४ सय स्टलहरु दर्ता भएको महोत्सवमा करिब ४० प्रतिशत स्थानीय उत्पादनका स्टलहरु रहेको रेग्मीले बताए । जसमा बिशेष गरी स्थानीय उत्पादन अन्तर्गत कृषिका ६०, घरेलु साना उद्योगका १००, महिला हस्तकला अन्तर्गत ६०, स्थानीय गार्मेन्टका ५० लगायतका स्टलहरु रहेको स्टल संयोजक रेग्मीको भनाइ छ । उनले भने–‘हाम्रो संगठनको उद्देश्य पनि स्थानीय उत्पादनको प्रयोग गर्ने र स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने नै भएको हुँदा यस किसिमका मेला महोत्सव हरुमा हामीले अन्य समयमा पनि स्थानीय उत्पादनलाई बिषेश प्राथमिकता दिँदै आएका थियौं भने यस महोत्सवमा अझ बढी प्राथमिकता दिँदै स्थानीय उत्पादनका स्टलहरु लाई कतिपय स्टलहरुलाई ४० प्रतिशत छुट दिइएको छ भने कृषिका स्टलहरुलाई त १०० प्रतिशत सम्मपनि छुटको व्यवस्था गरिएको छ ।’
जुनसुकै संस्थाको आयोजनामा महोत्सव संचालन भएपनि भैरहवाको इतिहासमा सबैभन्दा धेरै स्टलहरु यस महोत्सवमा दर्ता भएको समेत उनले बताए ।
विगतका महोत्सव हरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरेपनि स्थानीय उत्पादनका स्टलहरु त्यती उत्साहजनक रुपमा सहभागि नहुने गरेतापनि यसबर्ष आयोजकको मेहनत र उनीहरुलाई गरिएको छुटका कारण केही मात्रामा सुधार आएको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए ।
स्थानीय उत्पादनको साथै विशेष गरी पर्यटन प्रबद्र्धनलाई पनि प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा मायाँदेवी मन्दिर आकृतिको पर्यटकीय जोनमा राखिएका १५ वटा पर्यटकीय क्षेत्रहरुले दर्शकको ध्यान केन्द्रीत गरेको भण्डारीले बताए । उनले भने–‘ हामीले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाइ मध्यनजर गर्दै प्रदेश ५ मा भएका मुख्य पर्यटकीय गन्तव्यहरुको चिनारी सहितका तस्बीरहरु प्रदर्शन गर्दा महोत्सवमा आउने दर्शकहरुले ति क्षेत्रमा भ्रमण गर्नको लागि सहज हुने विश्वास सहित हामीले त्यसको व्यवस्थापन गरेका हौं ।’
उक्त मन्दिर भित्र अर्घाखाँचीको सुपादेउराली मन्दिर, गुल्मीको बिचित्र गुफा, चितवनको सौराहा, मुगुको राराताल, मुस्ताङ हिमाल, प्युठानको स्वर्गद्वारी, सगरमाथा हिमाल, देवदहको पाकरी बृक्ष, माछापुच्छ्रे हिमाल, अन्नपुर्ण बेसक्याम्प, रेसुङ्गा, मार्दि हिमाल, पाल्पाको रानीमहल लयागतका पर्यटकीय गन्तव्यहरुको तस्बीरलाई उनीहरुको परिचय सहित सजाएर राखिएको छ ।
उक्त पर्यटकीय जोनमा सेल्फी लिनको लागि दर्शकको घुइचो लाग्ने गरेको छ । २५ करोडको आर्थिक कारोवार तथा ३ लाख दर्शकलाइ मेला अवलोकन गराउने आयोजकको लक्ष्य छ ।
स्थानीय उत्पादनलाई प्राथमिकता
गुल्मीमा निर्वाचन आचार संहिता बारे दलहरुसँग छलफल
अनिल खत्री
६ मंसिर, गुल्मी । मंसिर १४ मा हुने उपनिर्वाचनमा गुल्मीमा रहेका दलहरु र सरोकारवाला निकायहरुसँग निर्वाचन आचार संहिता बारे छलफल गरिएको छ । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हँुदैछ ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा शुक्रवार जिल्ला प्रशासन कार्यालय गुल्मीमा क्रियाशिल दलहरु सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल भएको हो । निर्वाचनमा दलहरुले पालना गर्नु आचार संहिता बारे जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले जानकारी गराएका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले निर्वाचनको क्रममा हालसम्म भएका कामहरु र अबस्थाको बारेमा जानकारी गराएका थिए । निर्वाचनमा आचार संहिता र हालको अबस्था बारे मुख्य निर्वाचन अधिकृत पौडेलले सरोकारवाला निकायहरुलाइ जानकारी गराएका थिए । निर्वाचनको लागि मतदाता शिक्षा प्रदान गर्न मंसिर ५ बाट २ जना मतदान हुने स्थानमा खटिएको पोखरेलले बताए ।
मतदाता शिक्षा कर्ताले मतदान कसरी गर्ने लगायतका शिक्षा प्रदान गर्ने कार्य गरिरहेको पोखरेलको भनाई छ । निर्वाचनमा गत साउन १६ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका मतदाताले मात्रै मतदान गर्न पाउने छन् । अघिल्लो र्निाचनमा मतदानको लागि परिचयपत्र पाएकालाई यसपटक भने नयाँ बितरण नहुने बारे जानकारी गराइएको थियो ।
नयाँ दर्ता भएकाले मात्रै मतदाता परिचयपत्र पाउने जिल्ला निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न सुरक्षा रणनितिबारे जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी गराएका थिए ।

शान्तिपूर्ण बातावरणमा निर्वाचनलाई सम्पन्न गर्न दलहरु लगायत सरोकारवालाहरुको सहयोग जरुरी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले चुनावी मैदानमा छन् ।
निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिन्जाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् । त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदर रहेका छन् ।
वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचनको लागि एउटा मतदान केन्द्रमा दुइवटा स्थल राखिएको छ ।
नक्सा खारेजीको माग गर्दै जनमोर्चाको तम्घासमा बिरोध
मंसिर ६ ,२०७६ गुल्मी ः राष्ट्रिय जनामोर्चा गुल््मीले भारतले हालै नेपाली भूमि समावेश गरी जारी गरेको नक्सा खारेजका लागि माग गरेको छ । जनमोर्चाले गुल्मीको सदरमुकाम तम्घासमा बिरोध सभा समेत गरेको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पीयाधुरालाई समावेश गरी नक्सा सार्वजनिक गरेपछि राष्ट्रिय जनमोर्चाले गुल््मीमा पनि ¥यार्लीसँगै विरोध सभा गरेको राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य तारा केशीले जानकारी दिइन ।
‘‘गो ब्याक इन्डिया, कालापानी हाम्रै हो, संघियता खारेज गर, भारतीय सामराज्यवाद मुर्दाबाध, भारतीय सेना कालापानी छोड, जाली नक्सा खारेज गर लगायतको नारा लगाउँदै प्रर्दशन गरेका हुन । सदरमुकाम तम्घासको क्याम्पसरोड देखी–निकालिएको ¥र्याली भिमचोक, मिलनचोक, पुतलीबजार, पुरानो बजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि आई कोण सभामा परिणत भएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा किसान संघका अध्यक्ष भैरवराज रेग्मीले भारतले नेपालको ८१ स्थानमा अतिक्रमण गरेको बताए । रेग्मीले भारतले दिनप्रति दिन सीमा अतिक्रमण गर्दै गए पनि सरकार लाचार देखिएको आरोप लगाए ।
उनले यतिबेला नेपालको सीमा माथि आतिक्रमण हुनुभनेको मातृभूमि माथि प्रहार भईरहेको उल्लेख गदै मतभेद् गर्ने समय नभएको बताए । सीमा अतिक्रमण हुनु पार्टी बिशेष नभएर राष्ट्रिय अखण्डताको मुद्दा भएको बताए । ‘‘यो राष्ट्रिय मुद्दा हो । देशको अस्तित्वको रक्षा गरौँ । यो ऐक्यवद्धता हो ।’’ पार्टी–पार्टी बिचको मत्भेदलाई बिर्सेर सीमा रक्षाका लागि एकतावद्ध हुनुको विकल्प नरेहेको उनको दाबी छ ।
विरोध सभामा राष्ट्रिय जनमोर्चाका अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष शकुन्तला राना, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जीवन राना, जिल्ला सचिव छविलाल सर्तुङ्गी, जिल्ला सदस्य कमल अर्याल, रेसुङ्गा नगरपालिका अध्यक्ष हरी न्यौपाने, लगायतको समेत सहभागीता रहेको थियो ।
सहभागीहरुले सीमा अतिक्रमणको बिषयलाई कुटनैतिक ढङ्गले सरकारले छिटो पहल माग समेत गरेका छन् । उनीहरुले भारतीय सीमा अतिक्रमण ज्यादती भएको भन्दै यो बिषयलाई अन्र्तराष्ट्रिय करण गर्न समेत माग गरेका छन
दुर्घटनामा परी गम्भिर घाइते भएका खड्काको उपचारमा आर्थिक सहयोग
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख बस्यालको निधन
मंसिर ५, २०७६ पाल्पा : जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको बिहिबार निधन भएको छ। उनको बिहीबार अपरान्ह ४ बजे निधन भएको नेकपा पाल्पाका नेता राजेन्द्र विश्वकर्माले बताए। ६७ वर्षीय बस्यालको काठमाडौंस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा निधन भएको हो। फोक्सोमा समस्या देखिएपछि उनको तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको थियो। पछिल्लो समयमा फोक्सोमा पानी भरिएर अवस्था जटिल बन्दै गएपछि बस्याललाई थप उपचारको लागि परिवारले काठमाडौं पुर्याएका थिए। स्व. बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापले ग्रस्त थिए। नेपाल कम्युनिष्ट पार्टी पाल्पाका नेतासमेत रहेका बस्याल जिल्लाको बगनासकाली गाउँपालिका–६ यम्घाको थामडाँडामा २००९ सालमा जन्मिएका थिए। नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य समेत बनेका बस्याल इमान्दार र निष्ठावान नेता रहेको नेकपाका नेता देवीप्रसाद बस्यालले बताए। स्व. बस्यालले पाल्पाको कम्युनिष्ट पार्टीको संगठन विस्तार, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानमा सशक्त भूमिका निर्वाह गरेको उनले बताए। एमए र विएडसम्मको अध्ययन गरेका बस्यालले लामो समय शिक्षण पेशा अंगालेको थिए। उनले दर्लमडाँडा माध्यमिक विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए। बस्यालको शव बिहीबार रातिसम्म तानसेन ल्याउने तयारी भइरहेको छ। शुक्रबार बिहान अन्तिम श्रद्धान्जलिका लागि उनको निवास र जिल्ला समन्वय समितिको प्रांगणमा शव राखिने पारिवारिक स्रोतले जनाएको छ। बस्यालका २ छोरा र २ छोरी रहेका छन्। थाहाबाट
भैरहवा मेलामा पर्यटनमन्त्री
भैरहवा, ५ मंसिर ।
उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा यही मंसिर ३ गतेदेखि भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले अवलोकन गरेका छन् ।
पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गरी सुरुवात भएको महोत्सवको तेस्रो दिन प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीले मेला स्थलमा रहेको पर्यटकीय जोनको उद्घाटन समेत गरेका छन् । विशेष गरी पर्यटन र कृषिलाई मुख्य प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा मायाँदेवी मन्दिर भित्र १५ वटा पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न मिल्नेगरी पर्यटकीय जोनको स्थापना गरिएको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए । उक्त पर्यटकीय जोनको मन्त्री गिरीले उद्घाटन गर्दै मेला महोत्सवहरुले पर्यटन क्षेत्रमा टेवा पु¥याएको बताए । प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष २०७६ तथा नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाइरहेको सन्दर्भमा उद्योग व्यापार संगठनले आयोअना गरेको उक्त महोत्सवमा राखिएका पर्यटकीय स्थलहरुले साँच्चिकै पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने बन्त्री गिरीले बताए ।
उक्त मन्दिर भित्र अर्घाखाँचीको सुपादेउराली मन्दिर, गुल्मीको बिचित्र गुफा, चितवनको सौराहा, मुगुको राराताल, मुस्ताङ हिमाल, प्युठानको स्वर्गद्वारी, सगरमाथा हिमाल, देवदहको पाकरी बृक्ष, माछापुच्छ्रे हिमाल, अन्नपुर्ण बेसक्याम्प, रेसुङ्गा, मार्दि हिमाल, पाल्पाको रानीमहल लयागतका पर्यटकीय गन्तव्यहरुको तस्बीरलाई उनीहरुको परिचय सहित सजाएर राखिएको छ । उक्त पर्यटकीय जोन बाहेक महोत्सवमा पशुपति मन्दिरको आकृतिको सचिवालय, मायाँदेवी मन्दिर आकृतिको प्रबेशद्वारले पनि दर्शकलाई आकर्षण गरेको मेला सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले बताए ।
महोत्सवमा विभिन्न पर्यटकीय क्षेत्र लगायत राष्ट्रय तथा स्थानीय कलाकारको प्रस्तुती, आधुनिक कृषिका स्टलहरु, बालउद्यान, घरेलु हस्तकलाका स्टलहरु, सेल्फी जोन लगायतले पनि दर्शकलाई आकर्षण गरेको प्रचार प्रसार संयोजक कृष्ण गुरुङले बताए । बिहिबार महोत्सवमा राष्ट्रिय आधुनिक गायक कमल खत्री तथा लोकदोहोरी गायक बालचन्द्र बरालले दर्शकलाई रमाइलो प्रदान गरेका थिएभने आज सुक्रबार राष्ट्रिय आधुनिक तथा पप गायिका एन्जीला रेग्मी, हास्य कलाकार माइला बा, लोक तथा दोहोरी गायिका मन्जु भट्टराई, गायक विष्णु सिन्जाली लगायतको प्रस्तुती रहने साँस्कृतिक सह–संयोजक बाबुराम शर्मा खनालले बताए । बिहिबार तेस्रो दिनसम्म महोत्सवमा ५ हजार दर्शकले मेला अवलोकन गरेको तथा १ करोड बराबरको कारोवार भएको मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए ।
महिलालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ
मंसिर ५ , २०७६ गुल्मी ः गुल्मीमा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ अमरपुर निवासी ४६ बर्षिया भिमप्रसाद पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलले जानकारी दिए । उनले ३० र ३५ बर्षिय महिलालाई अभद्र व्यवहार गरेको आरोप लागेको छ । पोखरेलाई बुधबार नै नियन्त्रणमा लिएपनि पीडित महिलाले प्रहरीमा बिहिबार मात्रै उजुरी दिएको प्रहरीले जनाएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाईने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
जनप्रतिनिधिसंग पुन निर्माण प्राधिकरण
तिलाचन पाण्डे
मंसिर ४ , २०७६ गुल्मी ः राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय गुल्मी जनप्रतिनिधिहरुसंग छलफलमा ब्यबस्त छ । स्थानीय तहका जनप्रतिनिधिहरुसंग स्थानीय तहको प्रगतिबारे जानकारी गराउदै र निश्चित समय अबधीसम्म प्राधिकरणले तोकेको समय अबधिमा पुन निर्माण सम्पन्न गर्ने अर्थात पुननिर्माण अन्र्तगतको घरहरु निर्माण नगरे लाभग्राहीहरुले लिएको रकम फिर्ता गर्न आग्रह गर्दैै स्थानीय तहका जनप्रतिनिधिहरु संग अन्र्तक्रिया गरेको छ ।
सोही कार्यक्रम लिएर जिल्लाको गुल्मीदरवार गाउँपालिकामा प्राधिकरण गई हालसम्मको दरवारको प्रगति र आगामी योजनाको बारेमा जनप्रतिनिधिहरुसंग छलफल गरेको कार्यलयका प्रमुख पारस पन्थीले जानकारी दिए ।
२०७२ साल बैशाख १२ मा गएको बिनासकारी भुकम्पका कारण गुल्मीमा कुल ४ हजार १४४ घरहरुमा लाभग्राहीको सुचिमा रहेकोमा गुल्मीदरवार गाउँपालिकामा पहिचान भएका १६६ लाभग्राहीमध्ये १५६ लाभग्राहीले मात्र सम्झौता गरेका छन् ।
जसमध्ये १४६ जनाले पहिलो किस्ता लिएका छन् भने १२२ जनाले दोस्रो किस्ता लिएको कार्यलयले जनाएको छ । प्राधिकरणको तथ्यांक अनुसार ७४ जनाले मात्र अन्तिम किस्ता अर्थात घर निर्माणको कार्य सम्पन्न गरेको कार्यलयले जनाएको छ ।
निश्चित समय अबधिमै निर्माण कार्य सम्पन्न गर्नका लागि गुल्मीदरवार गाउँपालिकाका जनप्रतिनिधिहरु संग ब्यापक रुपमा छलफल भएको र घर निर्माण नगर्ने लाभग्राहीहरुलाई किस्ता बापत लिएको रकम फिर्ता गर्न आग्रह गर्ने र लाभग्राहीको घरमा जनप्रतिनिधि र पुन निर्माण प्राधिकरणका गुल्मी दरवारमा खटिएका कर्मचारी गई घर बनाउने वा रकम फिर्ता गर्ने भन्ने बारेमा निर्णय लिने कार्यलयले जनाएको छ ।

यस अभियान देशभर मध्ये गुल्मी जिल्लामा मात्र चलेको कार्यलयले दाबी गरेको छ । अभियानका लागि केन्द्रबाट आएको रकम अन्र्तगत नभई कार्यलय ब्यबस्थापन अन्र्तगतको बजेटबाट ब्यबस्थापन गरेको कार्यलयले जनाएको छ । हालसम्म कार्यलयले कालीगण्डकी , चन्द्रकोट , सत्यवती , छत्रकोट , धुर्कोट गुल्मीदरवार , धुर्कोट गाउँपालिकामा र मुसिकोट नगरपालिकामा यो अभियान सम्पन्न गरेको छ भने अन्य स्थानीय तहमा पनि सोही अभियानलाई जारी राख्ने कार्यलयले जनाएको छ ।
गुल्मीमा एम्बुलेन्स दुर्घटना ३ घाइते, एकको अबस्था गम्भिर
मंसिर ४ २०७६ गुल्मी ः गुल्मीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नं ६ अर्जेदेखी मालिका गाउँपालिका वडा नं ५ छाप जादै गरेको लु १ झ ३३४ नं को एम्बुलेन्स अर्जेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । एम्बुलेन्स दुर्घटना हँदा मालिका गाउँपालिका वडा नं ५ छापका चालक २२ बर्षिय तुल्सीराम भण्डारी , १६ बर्षका जगत परियार र १७ बर्षका केशब अर्याल रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहाादुर घलले जानकारी दिए । घलेका अनुसार एम्बुलेन्स अनियन्त्रीत भएर सडक देखि ४० मिटर तल झरेको र घाइते मध्ये जगत परियारको अबस्था गम्भिर रहेको जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटनाको बिस्तृत बिबरण आँउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

















