गुल्मीमा एम्बुलेन्स दुर्घटना ३ घाइते, एकको अबस्था गम्भिर

0
383

मंसिर ४ २०७६ गुल्मी ः गुल्मीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नं ६ अर्जेदेखी मालिका गाउँपालिका वडा नं ५ छाप जादै गरेको लु १ झ ३३४ नं को एम्बुलेन्स अर्जेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । एम्बुलेन्स दुर्घटना हँदा मालिका गाउँपालिका वडा नं ५ छापका चालक २२ बर्षिय तुल्सीराम भण्डारी , १६ बर्षका जगत परियार र १७ बर्षका केशब अर्याल रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहाादुर घलले जानकारी दिए । घलेका अनुसार एम्बुलेन्स अनियन्त्रीत भएर सडक देखि ४० मिटर तल झरेको र घाइते मध्ये जगत परियारको अबस्था गम्भिर रहेको जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटनाको बिस्तृत बिबरण आँउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

SHARE