नक्सा खारेजीको माग गर्दै जनमोर्चाको तम्घासमा बिरोध

0
451

मंसिर ६ ,२०७६ गुल्मी ः राष्ट्रिय जनामोर्चा गुल््मीले भारतले हालै नेपाली भूमि समावेश गरी जारी गरेको नक्सा खारेजका लागि माग गरेको छ । जनमोर्चाले गुल्मीको सदरमुकाम तम्घासमा बिरोध सभा समेत गरेको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पीयाधुरालाई समावेश गरी नक्सा सार्वजनिक गरेपछि राष्ट्रिय जनमोर्चाले गुल््मीमा पनि ¥यार्लीसँगै विरोध सभा गरेको राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य तारा केशीले जानकारी दिइन ।
‘‘गो ब्याक इन्डिया, कालापानी हाम्रै हो, संघियता खारेज गर, भारतीय सामराज्यवाद मुर्दाबाध, भारतीय सेना कालापानी छोड, जाली नक्सा खारेज गर लगायतको नारा लगाउँदै प्रर्दशन गरेका हुन । सदरमुकाम तम्घासको क्याम्पसरोड देखी–निकालिएको ¥र्याली भिमचोक, मिलनचोक, पुतलीबजार, पुरानो बजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि आई कोण सभामा परिणत भएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा किसान संघका अध्यक्ष भैरवराज रेग्मीले भारतले नेपालको ८१ स्थानमा अतिक्रमण गरेको बताए । रेग्मीले भारतले दिनप्रति दिन सीमा अतिक्रमण गर्दै गए पनि सरकार लाचार देखिएको आरोप लगाए ।
उनले यतिबेला नेपालको सीमा माथि आतिक्रमण हुनुभनेको मातृभूमि माथि प्रहार भईरहेको उल्लेख गदै मतभेद् गर्ने समय नभएको बताए । सीमा अतिक्रमण हुनु पार्टी बिशेष नभएर राष्ट्रिय अखण्डताको मुद्दा भएको बताए । ‘‘यो राष्ट्रिय मुद्दा हो । देशको अस्तित्वको रक्षा गरौँ । यो ऐक्यवद्धता हो ।’’ पार्टी–पार्टी बिचको मत्भेदलाई बिर्सेर सीमा रक्षाका लागि एकतावद्ध हुनुको विकल्प नरेहेको उनको दाबी छ ।
विरोध सभामा राष्ट्रिय जनमोर्चाका अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष शकुन्तला राना, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जीवन राना, जिल्ला सचिव छविलाल सर्तुङ्गी, जिल्ला सदस्य कमल अर्याल, रेसुङ्गा नगरपालिका अध्यक्ष हरी न्यौपाने, लगायतको समेत सहभागीता रहेको थियो ।
सहभागीहरुले सीमा अतिक्रमणको बिषयलाई कुटनैतिक ढङ्गले सरकारले छिटो पहल माग समेत गरेका छन् । उनीहरुले भारतीय सीमा अतिक्रमण ज्यादती भएको भन्दै यो बिषयलाई अन्र्तराष्ट्रिय करण गर्न समेत माग गरेका छन

SHARE