जनप्रतिनिधिसंग पुन निर्माण प्राधिकरण

0
1052

तिलाचन पाण्डे
मंसिर ४ , २०७६ गुल्मी ः राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय गुल्मी जनप्रतिनिधिहरुसंग छलफलमा ब्यबस्त छ । स्थानीय तहका जनप्रतिनिधिहरुसंग स्थानीय तहको प्रगतिबारे जानकारी गराउदै र निश्चित समय अबधीसम्म प्राधिकरणले तोकेको समय अबधिमा पुन निर्माण सम्पन्न गर्ने अर्थात पुननिर्माण अन्र्तगतको घरहरु निर्माण नगरे लाभग्राहीहरुले लिएको रकम फिर्ता गर्न आग्रह गर्दैै स्थानीय तहका जनप्रतिनिधिहरु संग अन्र्तक्रिया गरेको छ ।
सोही कार्यक्रम लिएर जिल्लाको गुल्मीदरवार गाउँपालिकामा प्राधिकरण गई हालसम्मको दरवारको प्रगति र आगामी योजनाको बारेमा जनप्रतिनिधिहरुसंग छलफल गरेको कार्यलयका प्रमुख पारस पन्थीले जानकारी दिए ।
२०७२ साल बैशाख १२ मा गएको बिनासकारी भुकम्पका कारण गुल्मीमा कुल ४ हजार १४४ घरहरुमा लाभग्राहीको सुचिमा रहेकोमा गुल्मीदरवार गाउँपालिकामा पहिचान भएका १६६ लाभग्राहीमध्ये १५६ लाभग्राहीले मात्र सम्झौता गरेका छन् ।
जसमध्ये १४६ जनाले पहिलो किस्ता लिएका छन् भने १२२ जनाले दोस्रो किस्ता लिएको कार्यलयले जनाएको छ । प्राधिकरणको तथ्यांक अनुसार ७४ जनाले मात्र अन्तिम किस्ता अर्थात घर निर्माणको कार्य सम्पन्न गरेको कार्यलयले जनाएको छ ।
निश्चित समय अबधिमै निर्माण कार्य सम्पन्न गर्नका लागि गुल्मीदरवार गाउँपालिकाका जनप्रतिनिधिहरु संग ब्यापक रुपमा छलफल भएको र घर निर्माण नगर्ने लाभग्राहीहरुलाई किस्ता बापत लिएको रकम फिर्ता गर्न आग्रह गर्ने र लाभग्राहीको घरमा जनप्रतिनिधि र पुन निर्माण प्राधिकरणका गुल्मी दरवारमा खटिएका कर्मचारी गई घर बनाउने वा रकम फिर्ता गर्ने भन्ने बारेमा निर्णय लिने कार्यलयले जनाएको छ ।

यस अभियान देशभर मध्ये गुल्मी जिल्लामा मात्र चलेको कार्यलयले दाबी गरेको छ । अभियानका लागि केन्द्रबाट आएको रकम अन्र्तगत नभई कार्यलय ब्यबस्थापन अन्र्तगतको बजेटबाट ब्यबस्थापन गरेको कार्यलयले जनाएको छ । हालसम्म कार्यलयले कालीगण्डकी , चन्द्रकोट , सत्यवती , छत्रकोट , धुर्कोट गुल्मीदरवार , धुर्कोट गाउँपालिकामा र मुसिकोट नगरपालिकामा यो अभियान सम्पन्न गरेको छ भने अन्य स्थानीय तहमा पनि सोही अभियानलाई जारी राख्ने कार्यलयले जनाएको छ ।

SHARE