महिलालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

0
503

मंसिर ५ , २०७६ गुल्मी ः गुल्मीमा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ अमरपुर निवासी ४६ बर्षिया भिमप्रसाद पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलले जानकारी दिए । उनले ३० र ३५ बर्षिय महिलालाई अभद्र व्यवहार गरेको आरोप लागेको छ । पोखरेलाई बुधबार नै नियन्त्रणमा लिएपनि पीडित महिलाले प्रहरीमा बिहिबार मात्रै उजुरी दिएको प्रहरीले जनाएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाईने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

SHARE