दुर्घटनामा परी गम्भिर घाइते भएका खड्काको उपचारमा आर्थिक सहयोग

0
695
 बुटवल ,मङ्सिर ५  – बिनोद खड्काको उपचार मा आर्थिक सँकलन स्वरुप नेपाली कांग्रेस साबिक दरबारदेबिस्थान गाउँ समिती हाल गुल्मीदरवार गाउँपालिका वडा नम्बर ७ वडा कार्य समिती द्वारा अर्घाखाँची सन्धिखर्क कार दुर्घटनामा परी गम्भिर घाइते भएका १९ बर्षिय बिनोद खड्काको उपचारमा आर्थिक अभाब भएकोले निजको उपचारका लागि नेपाली कांग्रेस चारपालाले रु ७२३२० रकम उपचारार्थ बिनोदकी आमा रेनुका खड्कालाई हस्तान्तरण गरेको हो ।
हस्तानतरण कार्यक्रममा वडा अध्यक्ष टोप बहादुर बस्नेत , नेपाली कांग्रेसका वडा सचिब सालीकराम टण्डन , चारपाला रुपन्देही संपर्क समाजका सचिब बिकास टण्डन लगायतको उपस्थितीमा प्रदान गरिएको छ ।  घाइते भएका बिनोद बुटवल स्थित तिनाउ ट्रमा सेन्टरमा उपचारार्थ छन ।  साथै बिनोदका परिवारले आर्थिक सहयोगमा जुट्न सबैलाई अनुरोध समेत गरेका छन । साथै सहयोग गर्ने क्रममा गुल्मी दरबार गाउपालिका का बिनदास ग्रुपका सदस्यहरुले पनि रु २०,००० सहयोग गरेका छन ।
SHARE