गुल्मीमा निर्वाचन आचार संहिता बारे दलहरुसँग छलफल

0
358

अनिल खत्री
६ मंसिर, गुल्मी । मंसिर १४ मा हुने उपनिर्वाचनमा गुल्मीमा रहेका दलहरु र सरोकारवाला निकायहरुसँग निर्वाचन आचार संहिता बारे छलफल गरिएको छ । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हँुदैछ ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा शुक्रवार जिल्ला प्रशासन कार्यालय गुल्मीमा क्रियाशिल दलहरु सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल भएको हो । निर्वाचनमा दलहरुले पालना गर्नु आचार संहिता बारे जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले जानकारी गराएका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले निर्वाचनको क्रममा हालसम्म भएका कामहरु र अबस्थाको बारेमा जानकारी गराएका थिए । निर्वाचनमा आचार संहिता र हालको अबस्था बारे मुख्य निर्वाचन अधिकृत पौडेलले सरोकारवाला निकायहरुलाइ जानकारी गराएका थिए । निर्वाचनको लागि मतदाता शिक्षा प्रदान गर्न मंसिर ५ बाट २ जना मतदान हुने स्थानमा खटिएको पोखरेलले बताए ।
मतदाता शिक्षा कर्ताले मतदान कसरी गर्ने लगायतका शिक्षा प्रदान गर्ने कार्य गरिरहेको पोखरेलको भनाई छ । निर्वाचनमा गत साउन १६ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका मतदाताले मात्रै मतदान गर्न पाउने छन् । अघिल्लो र्निाचनमा मतदानको लागि परिचयपत्र पाएकालाई यसपटक भने नयाँ बितरण नहुने बारे जानकारी गराइएको थियो ।
नयाँ दर्ता भएकाले मात्रै मतदाता परिचयपत्र पाउने जिल्ला निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न सुरक्षा रणनितिबारे जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी गराएका थिए ।


शान्तिपूर्ण बातावरणमा निर्वाचनलाई सम्पन्न गर्न दलहरु लगायत सरोकारवालाहरुको सहयोग जरुरी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले चुनावी मैदानमा छन् ।
निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिन्जाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् । त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदर रहेका छन् ।
वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचनको लागि एउटा मतदान केन्द्रमा दुइवटा स्थल राखिएको छ ।

SHARE