Saturday, June 13, 2026

बिधुत प्राधिकरण गुल्मीको कर्मचारी संघको अध्यक्षमा खनाल

0

गुल्मी पुस १५ गते । नेपाल बिधुत प्राधिकरण गुल्मीको कर्मचारी संघको अध्यक्षमा सागर खनाल चयन भएका छन् । मंगलबार गरिएको एक भेलाले खनाललाई अध्यक्ष पदमा निर्वाचन गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार खनालको अध्यक्षमा २१ सदस्य कार्यसमिति गठन गरिएको गुल्मी इकाईका निबर्तमान अध्यक्ष शक्तिराज घिमिरेले जानकारी दिए । यस्तै प्रदेश प्रतिनिधिमा शैलेन्द्रप्रसाद रजक , शक्तिराज घिमिरे संगै पर्यबेक्षकमा सागरमणी खनाल र केन्दीय प्रतिनिधिमा बिकास पन्थीलाई चयन गरिएको हो । यस्तै गुल्मी इकाई कमिटीले प्रदेश सचिबका लागि निबर्तमान अध्यक्ष शक्तिराज घिमिरेलाई सर्बसम्मत रुपमा चयन गर्ने निर्णय गरेको छ ।
यस्तै किशोर घिमिरेको संयोजकत्वमा तीन सदस्य सल्लाहाकार समिति चयन गरिएको छ । जसको सदस्यहरुमा बिकास पन्थी र पणब शाहा रहेको निर्बतमान अध्यक्ष शक्तिराज घिमिरेले जानकारी दिए । कर्मचारी संघको यहि माघ १० गते प्रदेशको माहाधिबेशन दाङको लमहीमा र फागुनमा केन्द्रिय माहाधिबेशन काठमाण्डौमा सम्पन्न हुदै छ ।

सहकारीबाट नगद ५ लाख चोरी

0

पुस १५, २०७६ गुल्मी ः गुल्मीमा मैत्री बहुउधेश्यीय सहकारी संस्था लिमिटेडको कार्यलय तोडफोड गरी करिब ५ लाख रुपैयाँ चोरी भएको सहकारीले जनाएको छ ।
मैत्री बहुउधेश्यीय सहकारी संस्थाको उपशाखा बलेटक्सारबाट कार्यलय तोडफोड गरी करिब ५ लाख रुपैयाँ नगद चोरी भएको मुख्य शाखा तम्घासका ब्यबस्थापक अर्जुन आर्चायले जानकारी दिए । आर्चायका अनुसार उपशाखाको गेटसंगै नगद राखेको दराज तोडफोड गरी दराजमा रहेको करिब ५ लाख रुपैयाँ सोमबार राती चोरी भएको जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले नगद चोरी भएको जानकारी आएपश्चात प्रहरीको टोली खटाई अनुसन्धान भइरहेको जानकारी दिए । नगद यसरी नजिकै बैक हुँदा समेत बैंकमा नराखी दराजमा राख्न नहुने भएको भन्दै चोरी घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए ।

चितुवाको आक्रमणबाट घाइते श्रीसलाई गाउँपालिकाको एकलाख राहत

0

पुस १४, २०७६ बाँके ः चितुवाको आक्रमणमा परी घाइते भएका दीपबहादुर श्रीसलाई खजुरा गाउँपालिकाले राहत स्वरुप रकम प्रदान गरेको छ। खजुरा गाउँपालिका ३ धौलागिरीस्थित किरणनालामा आएको बाघले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि अरुको ज्यान जोगाउन गएका श्रीसलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो। घाइते श्रीसको नेपालगन्जस्थित मेडिकल कलेजमा उपचार भए पनि पूर्णरुपमा स्वस्थ्य नभएपछि थप उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले एक लाख रुपैयाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। रकम अभावमा उपचारमा समस्या आएको जानकारीमा आएपछि उपचारका लागि रकम प्रदान गरिएको उनले बताए। गाउँपालिकाका पदाधिकारी र राजनीतिक दलका नेताहरू श्रीसको घरमै पुगेर राहत रकम प्रदान गरेको गाउँपालिका उपाध्यक्ष एकमाया विकले बताइन्। घाँटी र छातीमा चितुवाको नङ्ग्राले गहिरो चोट पुर्‍याउनुका साथै दायाँ खुट्टाको दुई ठाउँमा गम्भीर चोट लागेको छ। उनको दायाँ खुट्टामा रड राखेर अप्रेशन गरिएको छ। उनलाई घाउ निको हुन केही समय लाग्ने बताइएको छ। उनी अहिले चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका छन्।

आज तमु ल्होसार, गुरुङ समुदायले मनाउँदै

0

पुस १५, २०७६ काठमाडौं ः प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ। यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमु ल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताए। परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो। यसवर्ष तमु ल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको समितिका महासचिव सूर्यबहादुर गुरुङले जानकारी दिए। प्रतियोगिताको अन्तिमचरणको कार्यक्रम मङ्गलबार गरिने जनाइएको छ । जसका कारण आइतबारदेखि नै टुँडिखेलमा गुरुङ समुदायको रमझम छ । तमु ल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन्। जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं वेषभूषा र खानाको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ।

आज अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ। यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायतले पनि सम्बोधन गर्नेछन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन शुरु गरिएको विश्वास गरिन्छ। आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ। यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदायको असन्तुष्टि छ । केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको जनाएका छन्।

नदि किनारमा नबजात शिशुको शब फेला

0

पुस १४, २०७६ गुल्मी ः गुल्मीमा एक नबजात शिशुको शब फेला परेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नं १ को नदि किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
नदी किनारमा शब फेला परेकाले शबलाई पोष्टमार्टमका लागि तम्घास अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए । शब कसको भन्ने बारेमा केही नखुलेकाले अनुसन्धान भइरहेको खडकाले जानकारी दिए ।

स्वकीय सचिव र गाडी पाएपछि मेयर र उपमेयरको विवाद साम्य

0

पुस १४, २०७६ शारदा पाेखरेल  बारा :  बाराको पचरौता  नगरपालिका नगरप्रमुख र  उपप्रमुखबीच सुविधा  भोगचलन र  अधिकारको विषयलाई लिएर लामो समयदेखि देखिएको विवादमा सहमति भएको छ।

पचरौता नगरपालिकाका नगरप्रमुख  रमेशकुमार यादवले कानूनी रुपमा उपमेयरले   पाएको सम्पुर्ण सुविधा र अधिकार  आफु एक्लै उपभोग गरेको  भन्दै यसअघि  प्रमुख र उपप्रमुखबीच ठूलो विवाद हुदै आएको थियो। प्रमुख र उपप्रमुखबीच विवाद बढ्दै गएपछि बसेको जिल्ला समन्य समितिको बैठकले उपप्रमुखको लागि एक जना स्वकिय सचिवसहित सवारी साधनको सुविधा दिने,  उपप्रमुखको खर्चको भुक्तानी दिने,  न्यायिक समितिको भुमिकालाई सक्रिय बनाउने सहमती भएको छ।

पचरौता नगरपालिकाकी  उपप्रमुख इन्दुदेवी यादवले कानुनले उपप्रमुखलाई दिएको सम्पुर्ण अधिकार र सुविधा नगप्रमुख एक्लैले  भोगचलन गर्दै आएको बताइन्।  ‘उपमेयरको अधिकार कटौती गरी न्यायसमिति, राजस्व परामर्श समिति,बजेट अनुगमन समितिको सबै काममा  मेयरले आफ्नो मान्छे राखेको छ’ उपमेयर इन्दु यादवले भनिन् ‘मलाई आजसम्म गाडी पनि दिइएको छैन्।’ स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले महानगर, उपमहानगर, नगरपालिका र गाँउपालिका उपप्रमुखलाई  पालिकाको बजेट तर्जुमा समितिको संयोजक, न्यायसमितिको संयोजक, राजस्व परामर्श समिति संयोजक, योजना कार्यन्वयको अवस्था  लागि गठन भएको अनुगमन समिति संयोजकलगायतको अधिकार दिएको छ।  कानूनले  दिएको अधिकार नगरप्रमुखले एकलौटी रुपमा हस्तक्षेप गरेको भन्दै उपप्रमुख इन्दुदेवी यादवले नगरप्रमुखविरुद्ध  स्थानीय विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला र उच्च अदालतमा  समेत उजुरी दिएकी थिइन्।  पचरौता नगरपालिका नगरप्रमुख रमेशकुमार यादवले भने  विकास निमार्णको हरेक  काममा उपप्रमुखले अवरोध पुर्याउने  गरेको बताए। ‘काम गर्दै जादा सानोतिनो असमझदारी भइहाल्छ तर, हामीले संविधान र कानुनले दिएको सम्पुर्ण अधिकार कार्यान्वयन गर्न/गराउन उहाँलाई हस्तक्षेप गरेका छैनौ’ नगरप्रमुख यादवले भने ‘उहाँले पनि राजस्व परामर्श समितिको बैठक समयमै नराख्ने बैठकमा सहभागी नहुने र विकास निमार्णको काममा वाधा पुर्याउने काम गर्नुभएको छ, यसले मलाई व्यक्तिगत रुपमा होईन सम्रग नगरपालिकाको विकास निमार्णको  काममा अवरोध भएको छ।’  उपमेयरले चालु आर्थिक वर्षमा   नगरसभाबाट  भएको  निर्णयहरु बदरको माग गर्दै जिल्ला अदालत  बारा , उच्च अदालत जनकपुर अस्थायी इजलाश विरगञ्जमा  रिट दायर गरेकी थिईन्। सो रिट कानून सम्वद्ध नभएको भन्दै अदालतले रिट खारेज गरिदिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले उपमेयरलाई स्वकिय सचिवसहित सवारी सुविधा दिने र कानुनले दिएको अधिकार प्रयोग गर्न दिनेगरी तत्कालका लागि विवाद सुल्झाइएको  बताए।  ‘मेयर/उपमेयर विच सवारी सुविधा र अधिकारको विषयलाई लिएर ठुलो विवाद  भएको रहेछ,’ उनले भने ‘तत्कालका लागि उपमेयरलाई गाडी सुविधा दिने र कानुनले दिएको अधिकार कार्यन्वयन गर्न दिने गरी सहमती भयो।’ पचरौता नगरपालिका नगरप्रमुख संघिय समाजवादी फोरम र  उपप्रमुख राष्ट्रिय जनता पार्टी (राजपा) की हुन्।  नाताले काकी भतिज पर्ने  नगप्रमुख र उपप्रमुखबीच लामो समयदेखि देखिएको विवादलाई लिएर यसअघि पनि स्थानीय विकास मन्त्रालयको टोली अनुमगन गर्न जिल्ला आएको थियो।
थाहाखबरबाट

गुल्मी वामीटक्सारका नेवार समुदायको ‘गुठ’पुजा सम्पन्न

0

रामकृस्ण कंडेल,वामीटक्सार
पुष१३,आईतबार।
गुल्मी जिल्लको मुसिकोटनगरपालिकावार्डनं७वामीटक्सार निवासी नेवार समुदायको ुगुठुपुजा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।नेवास्बर्जु पुच कार्यकारी समिति,मुनपा७को आयोजनामा बिगत बर्ष जस्तै यस बर्ष पनि ुगुठुपुजा शनिबार सम्पन्न गरिएको हो।वामी परूवा स्थित मुसिकोट नगरपालिकाको निर्माणाधिन सभाहलको जग्गामा पुजा सम्पन्न गरिएको हो।परापूर्ब काल देखि नेवार समुदायमा मर्दा पर्दा गुठको रूपमा निश्चित रकम,धान,चामल आदि संकलन गरी सहयोग आदान प्रदान,एकता प्रदर्शन स्वरूप यो पुजा गर्न शुरू गरिएको हो।०७३ साल देखि ब्यापार ब्यबसायका देवता भैरबको पुजा पाठ गरी सम्पूर्ण परिवार हरूले नेवारी परम्परा अनुसार समे,वजी,सगुनका साथ धुमधामले पुजा र भोज गर्ने चलन छ।प्रत्येक बर्षको पुषको दोस्रो शनिबार पुजा गर्ने मिति छनौट गरिएको छ।गुठ पुजा जेस्ठ नागरिक बाट गराऊने,यदि जेस्ठ नागरिक अनुपस्थित भएमा नेवास्वर्ज पुचस्का सदस्य कृस्ण प्रसाद बौध्दाचार्य बाट गराऊने प्रचलन रहेको बताईएको छ।
मोहनलाल श्रेस्ठ अध्यक्ष,येगेन्द्र कक्षपती सचिब र चिरन्जीबी शाक्य कोषाध्यक्ष रहेको यस संस्थाले वामीटक्सारको नेवार समुदायमा परम्परागत कला संस्कृतिको जगेर्ना गर्न निकै मिहिनेत गरेको पाईन्छ।

राजा वीरेन्द्रको ७५ औं जन्मजयन्ती

0

पुस १४, २०७६ काठमाडौं , स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी काण्डमा मृत्यु भएको थियो। सो हत्या काण्डमा राजपरिवारका ९ जना सदस्यको हत्या भएको थियो। हत्याकाण्ड अझै रहस्यमय छ। २०२८ सालमा बाबु महेन्द्रको निधनपछि राजा बनेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र स्थापना गर्ने, जनमत संग्रह गराउने, दक्षिण एसियाली क्षेत्रिय संगठन ९सार्क०को स्थापना पनि गरेका थिए। त्यस्तै राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए। त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो।

सीमा बिबादको हल कुटनीतिक तबरबाट ः मन्त्री ज्ञवाली

0

तिलाचन पाण्डे
पुस १३ , २०७६ गुल्मी ः नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पछिल्लो समया नेपाल र भारत बिच देखिएको सीमा बिबाद कुटनीतिक तबरबाट समाधानको प्रक्रिया अगाडी बढेको बताए ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं १ को एकिनास देखी देउराली सम्मको नेपाली सेनाको प्राबिधिक सहयोगमा उपभोक्ता समितिले खनेको मोटरबाटोको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले लिपुलेक , लिम्पीयाधुरा र कालापानीको सीमा बिबाद कुटनीतिक तबरबाट समाधान गर्नका लागि अगाडी बढेको बताए ।
सीमा बिबाद समाधान गर्नका लागि नेपाल सरकारको तर्फबाट भारत सरकारलाई आधाकारिक पत्र पठाए पश्चात भारतले पनि पत्रको जवाफ पठाएको भन्दै बार्ता र कुटनीतिक तबरबाटै सीमा बिबाद हल हुने बिश्वास ब्याक्त गरे ।
छिमेकी मुलुकहरुलाई चिडाएर नभई बार्ता र कुटनीतिक तबरबाट समस्या समाधान गर्नुपर्ने भएकाले नेपाली भूमिमाथी कसैले पनि आँखा लगाउन नपाउने भन्दै नेपाली भूमि फिर्ता गराएरै छाड्ने मन्त्री ज्ञवालीले गरे ।
पछिल्लो समयमा अन्र्तराष्ट्रिय जगतमा नेपालको छबी उच्च रहेको दाबी गर्दै मन्त्री ज्ञवालीले बिदेशी लगानी नेपालमा भित्रिएको समेत जिकिर गरे । बर्तमान सरकार स्थिर सरकार भएकाले अन्र्तराष्ट्रिय लगानी नेपालमा भित्रिनका लागि कुनै समस्या नरहेको शन्देस अन्र्तराष्ट्रिय स्तरमा छाप बसेको बताए ।
मन्त्री ज्ञवालीले नेपालीको जिउँ धनको सुरक्षा गर्ने सरकारको दायीत्व रहेको भन्दै नेपाल सरकार शान्ती सुरक्षा कायम गर्नमा सक्षम रहेको दाबी गरे । पछिल्लो समयमा बिरोधी केही शक्तिहरुले नेपालको शान्ती सुरक्षामा खलल पुर्याउने तबरबाट लागेको संकेत गर्दै मन्त्री ज्ञवालीले त्यस्ता केही समुहहरुलाई कानुनी कठघरामा ल्याइने बताए । नेपालको इतिहासमा ठुला ठुला आन्दोलनहरु पनि बार्ताको मध्यमबाट समाधान भएकाले अब देशमा हिंसा स्विकार्य नहुने मन्त्री ज्ञवालीले दाबी गरे । नेपालको संबिधान निर्माण गरी संबिधान र संघियता समेत कार्यन्वय भएकाले अब केका लागि आन्दोलन र हिंसा भन्दै मन्त्री ज्ञवालीले प्रति पश्न समेत गरे ।
भ्रष्टाचार गर्न नपाएर अतालिए
पछिल्लो समयमा राजनीतिक स्थिरता संगै सरकारको स्थिरता भएको सन्र्दभमा भ्रष्टाचार गर्न नपाएर भ्रष्टचारीहरु अतालिएको र कतिपयले आत्म हत्या समेत गर्न थालेको मन्त्री ज्ञवालीले दाबी गरे । देशमा अस्थिर सरकारको फाइदा उठाउदैँ आएका भ्रष्टचारीहरुले स्थिर सरकार भएपछि पहिलेको जस्तो अनियमितता गर्न अपाएर अतालिएको दाबी समेत गरे । देशमा तीन तहको सरकारको निगरानी भइराखेकाले जो कसैले भ्रष्टाचार गरेपनि कसैलाई नछाडने मन्त्री ज्ञवालीले बताए । पद शक्तिको आडमा कसैलाई संरक्षण नहुने भन्दै मन्त्री ज्ञवालीले गल्ती गर्ने कसैलाई पनि सरकारले नछाडने दाबी समेत गरे । नियम , कानुन सबैलाई बराबर भएको भन्दै देशमा कसैलाई काखा र कसैलाई पाखा नहुने बताए । पछिल्लो समयमा निर्माण गरिएको सडक संगै उत्पादनलाई जोड दिई आर्थिक तबरबाट बलियो बन्न पनि मन्त्री ज्ञवालीले सुझाब दिए ।
मन्त्री ज्ञवालीले आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरुलाई पुरा गरेरै छाडने दाबी समेत गरे ।
नेपाली काग्रेस परित्याग गरी नेकपामा ८५ जना प्रबेश
नेपाली काग्रेस परित्याग गरी कालीगण्डकी गाउँपालिकाका जयखानी ,पुर्तिघाट र अर्बेनी नियारेका कुल ८५ जना नेकपामा प्रबेश गरेका छन् । नेकपामा प्रबेश गरेकाहरुलाई नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पार्टी प्रबेश गराएका हुन् भने नेकपा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजी ढकालले खादा ओडाएर  पाटीमा स्वागत गरेका हुन् ।

बुवाको सम्झनामा स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान

0
एक कार्यक्रमका बिच कालीगण्डकी गाउँपालिका वडा नं ७ का वडा अध्यक्षलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै पूर्व मन्त्री गगन थापा

खबरमार्केट
पुस १० , २०७६ गुल्मी ः
गुल्मीको कालीगण्डकी गाउँपालिका ७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । पण्डित बेणी माधव पौडेल फाउन्डेसन गुल्मीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काठमाडौमा एक कार्यक्रमबीच कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । सोहि क्रममा बोल्दै नेता थापाले राज्यले गर्नुपर्ने काम फाउण्डेसन मार्फत गरिएकोमा खुसी प्रकट गरे ।
अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको एक ठाउँमा मात्रै एम्बुलेन्स संचालनमा रहेको थियो । भुर्तुङ स्वास्थ्य चौकी मार्फत संचालन हुने यो एम्बुलेन्सले सोही वडासहित खड्गकोट, पूर्तिघाट, चन्द्रकोट गाउँपालिकाका केही वडा र बाग्लुङका नागरिकलाई समेत सेवा दिने वडाध्यक्ष शाहले जानकारी दिए । एम्बुलेन्स नभएका कारण डोको, स्टिचर तथा निजी सवारीसाधनमा चर्को मुल्य तिरेर स्वास्थ्य संस्थासम्म पुराउनुपर्ने बाध्यता स्थानीयलाई थियो । गाउँका नागरिकको त्यहि समस्यालाई मध्यनजर राख्दै बुबाको सम्झनामा एम्बुलेन्स प्रदान गरिएको छोरा गोकर्ण पौडेलले जानकारी दिए । ‘सामाजिक सेवासहितको राजनीति अहिलेको आवश्यकता हो, पहिले बुबा पनि राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यसैको सम्झनामा एम्बुलेनस प्रदान गरेका हौँ ।’