सहकारीबाट नगद ५ लाख चोरी

0
1049

पुस १५, २०७६ गुल्मी ः गुल्मीमा मैत्री बहुउधेश्यीय सहकारी संस्था लिमिटेडको कार्यलय तोडफोड गरी करिब ५ लाख रुपैयाँ चोरी भएको सहकारीले जनाएको छ ।
मैत्री बहुउधेश्यीय सहकारी संस्थाको उपशाखा बलेटक्सारबाट कार्यलय तोडफोड गरी करिब ५ लाख रुपैयाँ नगद चोरी भएको मुख्य शाखा तम्घासका ब्यबस्थापक अर्जुन आर्चायले जानकारी दिए । आर्चायका अनुसार उपशाखाको गेटसंगै नगद राखेको दराज तोडफोड गरी दराजमा रहेको करिब ५ लाख रुपैयाँ सोमबार राती चोरी भएको जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले नगद चोरी भएको जानकारी आएपश्चात प्रहरीको टोली खटाई अनुसन्धान भइरहेको जानकारी दिए । नगद यसरी नजिकै बैक हुँदा समेत बैंकमा नराखी दराजमा राख्न नहुने भएको भन्दै चोरी घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए ।

SHARE