बिधुत प्राधिकरण गुल्मीको कर्मचारी संघको अध्यक्षमा खनाल

0
1005

गुल्मी पुस १५ गते । नेपाल बिधुत प्राधिकरण गुल्मीको कर्मचारी संघको अध्यक्षमा सागर खनाल चयन भएका छन् । मंगलबार गरिएको एक भेलाले खनाललाई अध्यक्ष पदमा निर्वाचन गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार खनालको अध्यक्षमा २१ सदस्य कार्यसमिति गठन गरिएको गुल्मी इकाईका निबर्तमान अध्यक्ष शक्तिराज घिमिरेले जानकारी दिए । यस्तै प्रदेश प्रतिनिधिमा शैलेन्द्रप्रसाद रजक , शक्तिराज घिमिरे संगै पर्यबेक्षकमा सागरमणी खनाल र केन्दीय प्रतिनिधिमा बिकास पन्थीलाई चयन गरिएको हो । यस्तै गुल्मी इकाई कमिटीले प्रदेश सचिबका लागि निबर्तमान अध्यक्ष शक्तिराज घिमिरेलाई सर्बसम्मत रुपमा चयन गर्ने निर्णय गरेको छ ।
यस्तै किशोर घिमिरेको संयोजकत्वमा तीन सदस्य सल्लाहाकार समिति चयन गरिएको छ । जसको सदस्यहरुमा बिकास पन्थी र पणब शाहा रहेको निर्बतमान अध्यक्ष शक्तिराज घिमिरेले जानकारी दिए । कर्मचारी संघको यहि माघ १० गते प्रदेशको माहाधिबेशन दाङको लमहीमा र फागुनमा केन्द्रिय माहाधिबेशन काठमाण्डौमा सम्पन्न हुदै छ ।

SHARE