गुल्मी वामीटक्सारका नेवार समुदायको ‘गुठ’पुजा सम्पन्न

0
424

रामकृस्ण कंडेल,वामीटक्सार
पुष१३,आईतबार।
गुल्मी जिल्लको मुसिकोटनगरपालिकावार्डनं७वामीटक्सार निवासी नेवार समुदायको ुगुठुपुजा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।नेवास्बर्जु पुच कार्यकारी समिति,मुनपा७को आयोजनामा बिगत बर्ष जस्तै यस बर्ष पनि ुगुठुपुजा शनिबार सम्पन्न गरिएको हो।वामी परूवा स्थित मुसिकोट नगरपालिकाको निर्माणाधिन सभाहलको जग्गामा पुजा सम्पन्न गरिएको हो।परापूर्ब काल देखि नेवार समुदायमा मर्दा पर्दा गुठको रूपमा निश्चित रकम,धान,चामल आदि संकलन गरी सहयोग आदान प्रदान,एकता प्रदर्शन स्वरूप यो पुजा गर्न शुरू गरिएको हो।०७३ साल देखि ब्यापार ब्यबसायका देवता भैरबको पुजा पाठ गरी सम्पूर्ण परिवार हरूले नेवारी परम्परा अनुसार समे,वजी,सगुनका साथ धुमधामले पुजा र भोज गर्ने चलन छ।प्रत्येक बर्षको पुषको दोस्रो शनिबार पुजा गर्ने मिति छनौट गरिएको छ।गुठ पुजा जेस्ठ नागरिक बाट गराऊने,यदि जेस्ठ नागरिक अनुपस्थित भएमा नेवास्वर्ज पुचस्का सदस्य कृस्ण प्रसाद बौध्दाचार्य बाट गराऊने प्रचलन रहेको बताईएको छ।
मोहनलाल श्रेस्ठ अध्यक्ष,येगेन्द्र कक्षपती सचिब र चिरन्जीबी शाक्य कोषाध्यक्ष रहेको यस संस्थाले वामीटक्सारको नेवार समुदायमा परम्परागत कला संस्कृतिको जगेर्ना गर्न निकै मिहिनेत गरेको पाईन्छ।

SHARE