सीमा बिबादको हल कुटनीतिक तबरबाट ः मन्त्री ज्ञवाली

0
526

तिलाचन पाण्डे
पुस १३ , २०७६ गुल्मी ः नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पछिल्लो समया नेपाल र भारत बिच देखिएको सीमा बिबाद कुटनीतिक तबरबाट समाधानको प्रक्रिया अगाडी बढेको बताए ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं १ को एकिनास देखी देउराली सम्मको नेपाली सेनाको प्राबिधिक सहयोगमा उपभोक्ता समितिले खनेको मोटरबाटोको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले लिपुलेक , लिम्पीयाधुरा र कालापानीको सीमा बिबाद कुटनीतिक तबरबाट समाधान गर्नका लागि अगाडी बढेको बताए ।
सीमा बिबाद समाधान गर्नका लागि नेपाल सरकारको तर्फबाट भारत सरकारलाई आधाकारिक पत्र पठाए पश्चात भारतले पनि पत्रको जवाफ पठाएको भन्दै बार्ता र कुटनीतिक तबरबाटै सीमा बिबाद हल हुने बिश्वास ब्याक्त गरे ।
छिमेकी मुलुकहरुलाई चिडाएर नभई बार्ता र कुटनीतिक तबरबाट समस्या समाधान गर्नुपर्ने भएकाले नेपाली भूमिमाथी कसैले पनि आँखा लगाउन नपाउने भन्दै नेपाली भूमि फिर्ता गराएरै छाड्ने मन्त्री ज्ञवालीले गरे ।
पछिल्लो समयमा अन्र्तराष्ट्रिय जगतमा नेपालको छबी उच्च रहेको दाबी गर्दै मन्त्री ज्ञवालीले बिदेशी लगानी नेपालमा भित्रिएको समेत जिकिर गरे । बर्तमान सरकार स्थिर सरकार भएकाले अन्र्तराष्ट्रिय लगानी नेपालमा भित्रिनका लागि कुनै समस्या नरहेको शन्देस अन्र्तराष्ट्रिय स्तरमा छाप बसेको बताए ।
मन्त्री ज्ञवालीले नेपालीको जिउँ धनको सुरक्षा गर्ने सरकारको दायीत्व रहेको भन्दै नेपाल सरकार शान्ती सुरक्षा कायम गर्नमा सक्षम रहेको दाबी गरे । पछिल्लो समयमा बिरोधी केही शक्तिहरुले नेपालको शान्ती सुरक्षामा खलल पुर्याउने तबरबाट लागेको संकेत गर्दै मन्त्री ज्ञवालीले त्यस्ता केही समुहहरुलाई कानुनी कठघरामा ल्याइने बताए । नेपालको इतिहासमा ठुला ठुला आन्दोलनहरु पनि बार्ताको मध्यमबाट समाधान भएकाले अब देशमा हिंसा स्विकार्य नहुने मन्त्री ज्ञवालीले दाबी गरे । नेपालको संबिधान निर्माण गरी संबिधान र संघियता समेत कार्यन्वय भएकाले अब केका लागि आन्दोलन र हिंसा भन्दै मन्त्री ज्ञवालीले प्रति पश्न समेत गरे ।
भ्रष्टाचार गर्न नपाएर अतालिए
पछिल्लो समयमा राजनीतिक स्थिरता संगै सरकारको स्थिरता भएको सन्र्दभमा भ्रष्टाचार गर्न नपाएर भ्रष्टचारीहरु अतालिएको र कतिपयले आत्म हत्या समेत गर्न थालेको मन्त्री ज्ञवालीले दाबी गरे । देशमा अस्थिर सरकारको फाइदा उठाउदैँ आएका भ्रष्टचारीहरुले स्थिर सरकार भएपछि पहिलेको जस्तो अनियमितता गर्न अपाएर अतालिएको दाबी समेत गरे । देशमा तीन तहको सरकारको निगरानी भइराखेकाले जो कसैले भ्रष्टाचार गरेपनि कसैलाई नछाडने मन्त्री ज्ञवालीले बताए । पद शक्तिको आडमा कसैलाई संरक्षण नहुने भन्दै मन्त्री ज्ञवालीले गल्ती गर्ने कसैलाई पनि सरकारले नछाडने दाबी समेत गरे । नियम , कानुन सबैलाई बराबर भएको भन्दै देशमा कसैलाई काखा र कसैलाई पाखा नहुने बताए । पछिल्लो समयमा निर्माण गरिएको सडक संगै उत्पादनलाई जोड दिई आर्थिक तबरबाट बलियो बन्न पनि मन्त्री ज्ञवालीले सुझाब दिए ।
मन्त्री ज्ञवालीले आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरुलाई पुरा गरेरै छाडने दाबी समेत गरे ।
नेपाली काग्रेस परित्याग गरी नेकपामा ८५ जना प्रबेश
नेपाली काग्रेस परित्याग गरी कालीगण्डकी गाउँपालिकाका जयखानी ,पुर्तिघाट र अर्बेनी नियारेका कुल ८५ जना नेकपामा प्रबेश गरेका छन् । नेकपामा प्रबेश गरेकाहरुलाई नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पार्टी प्रबेश गराएका हुन् भने नेकपा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजी ढकालले खादा ओडाएर  पाटीमा स्वागत गरेका हुन् ।

SHARE