Thursday, June 4, 2026

गुल्मीमा नयाँ भन्दा प्रतिलिपी नागरिकता लिने बढी

0
जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउनेको भीड । तस्विर : तिलाचन पाण्डे

माघ २५,२०८२ गुल्मीः गुल्मीमा नयाँ भन्दा प्रतिलिपी नागरिकता लिने बढी भएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयबाट १०९ जनाले नयाँ नागरिकता लिदाँ १३४ जनाले प्रतिलिपी लिएका छन् ।

नागरिकताको माया नगर्ने बढी जथाभावी फाल्ने गरेका कारण पनि प्रतिलिपी लिनेको संख्या बढेको प्रशासनले जनाएको छ । यसका साथै राष्ट्रिय परिचयपत्र बनाउँदा पहिले भएका गल्तीहरु पनि देखिने भएकाले प्रतिलिपी लिनको सङ्ख्या बढेको हुन सक्ने गैरेले बताउनुभयो ।

यस्तै सोही समय अवधिमा एक जनाले नागरिकता त्याग, नावलक परिचयपत्र नौ , राहदानीको आवेदन संकलन १४४, राहदानी वितरण १८०, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ३९३, राष्ट्रिय परिचयपत्र वितरण २९२, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित २३ र दुई वटा संस्था नविकरण भएको छ ।

एक हप्ताको समय अवधिमा राहदानीबाट सात लाख २५ हजार, संस्था दर्ता तथा नविकरणबाट तीन हजार, राष्ट्रिय परिचयपत्रबाट ११ हजार पाँच सय गरी कुल सात लाख ३९ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको हो ।

दूई हजार एक सय रुपैयाँले बढ्यो सुन

0

पुस २५,२०८२ काठमाडौँ :हिजो र अस्ति घटेको सुनको भाउ आज तोलामा दुई हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा दूई हजार एक सय रुपैयाँले बढेर तोलाको दूई लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलाको दूइृ लाख ६५ हजार सात सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको दूई लाख ६७ हजार सात सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको भाउ तोलाको चार हजार ८३५ रुपैयाँ थियो । अस्ति चाँदीको भाउ हालसम्मकै उच्च चार हजार ९३५ रुपैयाँ पुगेको थियो ।

करिव आठ हजारले घट्यो सुनको मूल्य

0

पुस १५,२०८२ काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य करिव आठ हजारले घटेको छ । आज सुनको भाउ प्रतितोला सात हजार नौँ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर दूर्ई लाख ६२ हजार एक सय रुपैयाँमा कायम भएको छ । आइतबार सुनको भाउ प्रतितोला दूई लाख ७० हजार छ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको भाउ पनि मंगलबार प्रतितोला ३०५ रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य हालसम्मकै उच्च

0

पुस १३,२०८२ काठमाडौँ : सुनचाँदीको भाउले आज नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख ७० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार पनि सुनको भाउ कीर्तिमान कायम गर्दै तोलाको दुई लाख ६९ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

यसैगरी आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । चाँदीको भाउ आज तोलामा २७० रुपैयाँले बढेर तोलाको चार हजार ८३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार पनि चाँदीको भाउ कीर्तिमान कायम गर्दै तोलाको चार हजार ५६५ रुपैयाँ पुगेको थियो ।

अर्घाखाँचीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

0

पुस ११ ,२०८२ अर्घाखाँची : भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु२च ५१७९ नम्बरको जिप सोही नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको हो ।

घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जिप दुर्घटना भएको हो । दुर्घटनापछि प्रतियोगिताअन्तर्गतका आजका सबै खेल स्थगन भएका गरिएका नगरपालिकाले जनाएको छ । रासस

कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम

0

पुस १०,२०८२ गुल्मीः गुल्मीको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका नागरिकलार्ई उद्यमी बनाउन च्याउ खेती सम्बन्धी तालिम प्रदान गरेको छ ।

पालिकाका कृषि अधिकृत शुशिल पाण्डेका अनुसार पालिका भित्रका १८० जनालाई उद्यमी बनाउने उद्येश्यले नै तालिम प्रदान गरिएको हो । पालिका भित्र रहेका ७ वटा वडामा गई तालिम सञ्चालन गरिएको हो । पहिले चुलो चौकोमा मात्र सीमित रहने महिला दिदीबहिनाहरुलाई विशेष गरी आत्म निर्भर बनाउँदै उनीरुलाई उद्यमी बनाउने गरी पालिका लागेको पाण्डेको भनाइ छ । तालिममा महिलाहरुको बाहुल्यता रहे पनि केही पुरुषहरु पनि तालिममा सहभागि थिए ।

तालिम पश्चात कन्य च्याउको बिउँ र प्लाष्टिक पनि तालिम लिएकाहरुलाई प्रदान गरिएको छ । तालिम प्रभावकारी भएको र यसले आफूहरु स्वरोजगार बन्दै उद्यमी बन्नका लागि सहज हुने सहभागीहरुले जनाएका छन् ।


तालिम प्राविधिक ज्ञानसहित च्याउ खेती सम्बन्धी प्रयोगात्मक तरिका नै प्रदान गरिएको पाण्डेले बताउनुभयो ।

यस्तै कालीगण्डकी गाउँपालिकाले रुपन्दहीमा चलेको औधोगिक ब्यापार मेलामा पालिकाको उत्पादन सुन्तला, सिमीको दाल र गुन्द्रुक प्रदर्शनीमा राखेको छ । जसले कालीगण्डकीमा उत्पादन भएका स्थानीय उत्पादनको प्रचार हुने उद्देश्य गाउँपालिकाले लिएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च

0

पुस ७,२०८२ काठमाडौँ : सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । सोमबार तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा आज प्रतितोला १३० रुपियाँले बढेर चाँदी प्रतितोला मूल्य चार हजार २३५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार १०५ रुपियाँमा कारोबार भएको थियो

घट्यो सुनको मूल्य

0

पुस १,२०८२ काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य तोलाको दुई लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर तीन हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको मूल्य तोलाको तीन हजार ८७० रुपैयाँ थियो ।

गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी

0
गुल्मीका कृषकको सुन्तला बगैँचा । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
पुस १,२०८२ गुल्मीः गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।

कृषि ज्ञानकेन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार गत वर्ष गुल्मीमा २५ करोड ७८ लाख ६९ हजार पाँच सय रुपियाँको सुन्तला उत्पादन भएकोमा यस वर्ष २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएकोे छ । न्यौपानेका अनुसार अनुसार यस वर्ष ३२ प्रतिशतले सुन्तला उत्पादनमा कमि आएको हो । जिल्लामा ६०३ हेक्टर क्षेत्रफलमा लगाइएका सुन्तलाका बिरुवाले पाँच हजार १७ मेट्रिक टन उत्पादन दिएका छन् भने प्रतिकिलो सुन्तलाको मूल्य सरदर ४० रुपियाँ कायम गरिएको छ

यस वर्ष सुन्तला उत्पादनमा कमि आउनुको कारण फूल तथा फल लाग्ने समयमा वेमौसमी वर्षा हुनु, फल झर्ने समस्या, कृषकहरुले बगैचा ब्यबस्थापनमा ध्यान नदिनु, रोग कीराको प्रकोप, जीर्ण बगैँचा र गाउँघरमा बगैचा ब्यवस्थापन गर्न र काँटछाँट गर्नका लागि जनशक्तिको अभाव पनि रहेको उहाँको भनाइ छ ।
जिल्लामा उत्पादित सुन्तला केही जिल्लामै खपत हुने गरेको छ भने अन्य बुटवल,नारायण र पोखरा निर्यात हुने गरेको छ । जिल्लाका नयाँगाउँ, पिपलधारा, लुम्छा, भाडगाँउ, बिरबास, राजा, बलेटक्सार र लम्सराङमा बढी सुन्तला उत्पादन हुने गरेका छन् ।

जिल्लामा गुणस्तरिय बिरुवा उत्पादनका लागि नर्सरी ब्यबस्थापनमा सुधार गर्ने, बिरुवाहरुको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतीमा कलमी बिरुवामा उत्पादन प्रविधिको बिस्तार गर्ने कार्य गरिएको कार्यालयले जनाएको छ । यस्तै प्रभावकारी रुपमा रोगकीराको ब्यबस्थापन गर्ने, उत्पादन क्षेत्र थप निर्माण गर्दै जाने, फल टिपाई, ग्रेडिङ,भण्डारण, ढुवानी र बजार ब्यबस्थापनमा सुधार गर्दै लाने गरी आफूहरुले योजना बनाएको कार्यालयले जनाएको छ । यसका साथै स्थानीय तहका कृषि प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्ने कार्य तय गरेको न्यौपानेले बताउनुभयो ।

ह्वात्तै बढ्यो सुनको मूल्य

0

मंसिर २६,२०८२ काठमाडौँ : आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।

हिजो तोलामा १ हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँ पुगेको छापावाला सुन आज २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत असोज ३१ गते तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको दर अहिले सम्मकै उच्च मानिन्छ ।

चाँदीको मूल्य पनि आज थप वृद्धि भई नयाँ इतिहास कायम भएको छ । प्रतितोला १०० रुपैयाँ बढेर चाँदीको मूल्य ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो । हिजोको दर ३ हजार ८०५ रुपैयाँ थियो ।