करिव आठ हजारले घट्यो सुनको मूल्य

0
61

पुस १५,२०८२ काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य करिव आठ हजारले घटेको छ । आज सुनको भाउ प्रतितोला सात हजार नौँ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर दूर्ई लाख ६२ हजार एक सय रुपैयाँमा कायम भएको छ । आइतबार सुनको भाउ प्रतितोला दूई लाख ७० हजार छ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको भाउ पनि मंगलबार प्रतितोला ३०५ रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ ।

SHARE