घट्यो सुनको मूल्य

0
102

पुस १,२०८२ काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य तोलाको दुई लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर तीन हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको मूल्य तोलाको तीन हजार ८७० रुपैयाँ थियो ।

SHARE