
पुस २८,२०८२ गुल्मीः गुल्मीमा एक हप्ताको समय अवधिमा १३२ जनाले राहदानी बनाएका छन् जसबाट छ लाख ९० हजार राजस्व संकलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १३२ जनाले राहदानी बनाउँदा सात लाख ९० हजार रुपियाँ राजस्व संकलन भएको हो ।
यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता १२४, प्रतिलिपि १३७, नावलक परिचयपत्र १० , राहदानीको आवेदन संकलन १३२, राहदानी वितरण ४७१, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ३०१, राष्ट्रिय परिचयपत्र वितरण २८२, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३२ भएको छ ।

यस्तै ११ वटा संस्था दर्ता तथा नविकरणबाट १९ हजार, राष्ट्रिय परिचयपत्रबाट ११ हजार पाँच सय गरी कुल सात लाख २० हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।






