
पुस १३,२०८२ काठमाडौँ : सुनचाँदीको भाउले आज नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख ७० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार पनि सुनको भाउ कीर्तिमान कायम गर्दै तोलाको दुई लाख ६९ हजार तीन सय रुपैयाँ पुगेको थियो ।
यसैगरी आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । चाँदीको भाउ आज तोलामा २७० रुपैयाँले बढेर तोलाको चार हजार ८३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार पनि चाँदीको भाउ कीर्तिमान कायम गर्दै तोलाको चार हजार ५६५ रुपैयाँ पुगेको थियो ।






