
मंसिर २६,२०८२ काठमाडौँ : आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।
हिजो तोलामा १ हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँ पुगेको छापावाला सुन आज २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत असोज ३१ गते तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको दर अहिले सम्मकै उच्च मानिन्छ ।
चाँदीको मूल्य पनि आज थप वृद्धि भई नयाँ इतिहास कायम भएको छ । प्रतितोला १०० रुपैयाँ बढेर चाँदीको मूल्य ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो । हिजोको दर ३ हजार ८०५ रुपैयाँ थियो ।






