कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम

0
136

पुस १०,२०८२ गुल्मीः गुल्मीको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका नागरिकलार्ई उद्यमी बनाउन च्याउ खेती सम्बन्धी तालिम प्रदान गरेको छ ।

पालिकाका कृषि अधिकृत शुशिल पाण्डेका अनुसार पालिका भित्रका १८० जनालाई उद्यमी बनाउने उद्येश्यले नै तालिम प्रदान गरिएको हो । पालिका भित्र रहेका ७ वटा वडामा गई तालिम सञ्चालन गरिएको हो । पहिले चुलो चौकोमा मात्र सीमित रहने महिला दिदीबहिनाहरुलाई विशेष गरी आत्म निर्भर बनाउँदै उनीरुलाई उद्यमी बनाउने गरी पालिका लागेको पाण्डेको भनाइ छ । तालिममा महिलाहरुको बाहुल्यता रहे पनि केही पुरुषहरु पनि तालिममा सहभागि थिए ।

तालिम पश्चात कन्य च्याउको बिउँ र प्लाष्टिक पनि तालिम लिएकाहरुलाई प्रदान गरिएको छ । तालिम प्रभावकारी भएको र यसले आफूहरु स्वरोजगार बन्दै उद्यमी बन्नका लागि सहज हुने सहभागीहरुले जनाएका छन् ।


तालिम प्राविधिक ज्ञानसहित च्याउ खेती सम्बन्धी प्रयोगात्मक तरिका नै प्रदान गरिएको पाण्डेले बताउनुभयो ।

यस्तै कालीगण्डकी गाउँपालिकाले रुपन्दहीमा चलेको औधोगिक ब्यापार मेलामा पालिकाको उत्पादन सुन्तला, सिमीको दाल र गुन्द्रुक प्रदर्शनीमा राखेको छ । जसले कालीगण्डकीमा उत्पादन भएका स्थानीय उत्पादनको प्रचार हुने उद्देश्य गाउँपालिकाले लिएको छ ।

SHARE