Saturday, June 13, 2026

बालिका बलात्कारका आरोपी पक्राउ

0

भदौ १७,२०८०दाङ : दाङमा एकजना दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन्। राप्ती गाउँपालिका(२ लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत वर्ष १३ की एक दृष्टिविहीन बालिका बलात्कृत भएकी हुन्।

बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भालुबाङले सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी तथा स्कुल बसका सहचालक गढवा गाउँपालिका(१ का ४५ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ।

उनलाई आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए।

उनले भदौ ४ गते बालिकामाथि बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ। ५ वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडित बालिकाले आजै ९आइतबार० इलाका प्रहरी कार्यालय भालुबाङमा उजुरी दिएपछि आरोपित खनाललाई पक्राउ गरिएको प्रहरी प्रहरीले जनाएको छ।

गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३ वर्षीय नेपालीलाई नागरिकता प्रदान

0

भदौ १७,२०८० गुल्मीःगुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३ वर्षीय पूरुषलाई नागरिकता प्रदान गरिएको छ ।

हालसम्म मातृत्व र पितृत्त्व ठेगान नभएका रेसुङगा नगरपालिका वडा नम्वर ९ को चारीखोलामा बस्दै आएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गरेको छ ।

वडाको सिफारिस र स्थानीयहरुको आग्रहको आधारमा स्थानीयहरुलाई साझी बसेको आधारमा नेपालीलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए ।

लामो समयदेखी चारीखोलामा पार्वती नेपालीको संरक्षणमा बस्दै आउनुभएका बलबहादुरलाई पार्वती संरक्षक कायम गरी नागरिकता प्रदान गरिएको गिरीले बताए । राम्रोसंग बोल्न नसक्ने र खुट्टाले राम्रोसंग टेक्न नसक्ने बलबहादुरले नागरिकता प्राप्त गरेसंगै सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै कार्य अगाडि बढाउने रेसुङगा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।


पछिल्लो समय जिल्ला प्रशासन कार्यालय गुल्मीले अपांगता भएका र जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्राप्त गर्न आउन नसक्नेहरुका लागि घरमै गएर पनि नागरिकता प्रदान गर्दै आएको छ । सरकारको अनुभूति प्रदान गर्नका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरेको र त्यस्ता समस्या भएकाहरुलाई आगामी दिनहरुमा पनि घरमै गएर सेवा प्रवाह गर्ने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केशीले जानकारी दिए ।

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

0

भदौ १७ ,२०८० गुल्मीः गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर २ दर्लिङका ६० वर्षीय हीराबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिबार साँझ चट्याङ लागेर घाइते भएका घर्तीको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदा अस्पतालले मृत घोषण गरेको हो । घर्तीको शबलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

व्यवस्थाप्रति विश्वास जगाउँदै अवस्था परिवर्तन आवश्यक : मन्त्री शर्मा

0

दिवाकर पोख्रेल
भदौ १७,२०८० देउखुरी : सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिको विश्वास जगाउदै अवस्था परिवर्तन तर्फ केन्द्रित रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्र दाङ घोराही उप महानगरपालिको प्रशिक्षणलाई शम्बोधन गर्दे मन्त्री शर्माले सरकारले प्राप्त उपलव्धीलाई संस्थागत गर्दे जनताको अवस्था परिवर्तनमा लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो,‘बर्तमान सरकारले व्यवस्था प्रतिको विश्वास‘जोगाउन सफल भएको छ,यसलाई उपलव्धी मान्दै अब जनताको अवस्था परिवर्तन गरेर देखाउने काममा सरकार लागेको छ ।’

सरकारको प्रवक्त रहनु भएकी शर्माले बर्तमान व्यवस्था प्रति जनतामा भ्रम र निरासा फैलारहेको समयमा सरकारले व्यवस्था प्रर्तिको विश्वास जगाउँदै भिआइपी कल्चर अन्त्य गर्ने काममा लागेको दावी गर्नुभयो । केहि शक्तीकेन्द्र राजनीति अस्थिरता र भष्ट्राचार प्रवृतिलाई देखाएर सबै सरकार गलत व्यवस्था पनि गलत भन्ने भान पारिरहेको समयमा सरकारको साहसी इतिहासिक कामले व्यवस्था प्रति जनतामा केही आसा पलाएको बताउनुभयो । ‘बर्तमान व्यवस्था असफल पार्नको लागि राजनीतिक अस्थिरता कायम राख्ने र शुसासान कायम रहन नदिने खेल पनि भए तर सरकारले साहसका साथ अघी बढेयो । प्रधानमन्त्रीले गलत गरे म जेल जान तयार छु भनिरहनु भएको छ,यस्ले सरकारले कसैलाई छाडददैन भन्ने पनि भएको छ ।’ मन्त्री शर्माले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य शर्माले अन्य दल जस्तै माओवादीका केहि नेता कार्यकर्ता विग्रदैमा समग्र आन्दोलन र व्यवस्था प्रति आरोप लगाउन नहुने बताउनुभयो । माओवादीका केहि नेता कार्यकर्ता विग्रीएको स्विकार्दै मन्त्री शर्माले अबको तीन महीना शुद्धिकरण अभियानले विग्रीएको क्षेत्रमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी केहीहद सम्म विगीएकै हो, तर काम नलाग्नेगरी विग्रीएको होइन,।प्रशस्त सुध्रन ठाउँछ,यदी कतै बाटोृ विराएको भएपनि हाम्रो यो अभियान आलोचित हुने र सुध्रने अभियान पनि हो ।’ अब माओवादी पूर्ण रुपमा सुध्रनै पर्ने भन्दै शर्माले अन्य दल भन्दा फरक जनमुखी बन्न जनताको परिमर्कामा सामेल हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । माओवादी विग्रदा व्यवस्था माथि प्रश्न उठने भएकाले माओवादीलाई गल्ती गर्ने छुट नभएको तर्क उहाँको थियो ।

यस्तै कार्यक्रममा नेकपा माओवादीकी अर्का स्थायी समीति सदस्य जयपुरी घर्तिले तीन महीना अभियानमा जनताको काममा लाग्ने पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । अब कार्यकर्ता स्तरबाट भष्ट्राचार नियन्त्रण अभियान गाउँगाउँबाटै शुरु गर्न र आफ्नो नृतृत्वका सामाजिक संघसंस्थामा उदाहरणीय काम गरेर देखाउनुपर्ने भनाई उहाँको थियो ।

गुल्मीको इस्मामा वडा तहमै पुगेर अपांगता परिचयपत्र वितरण    

0
अनिल खत्री
१७ भदौ, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले वडा तहमै पुगेर अपांगता परिचयपत्र वितरण तथा नविकरणा सुरु गरेको छ । गाउँपालिकाले वडानम्बर १ बाट अभियान वडानम्बर ६ सम्म पुगेर सकिने छ
पालिका भित्रका ६ वटै वडामा पुगेर अपांगता भएका नागरिकलाई नयाँ परिचयपत्र वितरण गरिने भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन । पालिकामा यश अघि वितरण गरिएको अपांगता परिचयपत्र केही त्रुटी भएको गुनासो आएपछि वडा तहमै पुगेर नविकरण पनि गर्न थालिएको कुँवरले बताइन् ।
वास्ताबिक अपांगता भएका नागरिक नछुटुन र गैर अपांगताले फाइदा नलिउन भन्ने उदेश्यले अपांगता परिचयपत्र वितरण र नविकरण गर्न वडा तहबाट अभियान चलाइएको कुँवरले बताइन ।
वडातहमा रहेका वितरण समितिबाट कार्यबिधिमा रहेर सिफारिसका आधारमा अपांगता परिचयपत्र वितरण गरिदै आएको छ । यसरी वितरण गरिने परिचयपत्रमा पनि केहि तलमाथी गराउने कार्य भएको भन्ने गुनासो आइरहेको छ ।
अपांगता परिचयपत्र वितरणमा केही गुनासो देखिएकाले नविकरणमा कढाइ गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । अपांगता परिचयपत्र पाएका नागरिक सपाङ्गले जस्तै काम गर्ने गरेको भन्ने गुनासो आएको अध्यक्ष खड्काले बताए ।
पालिकाले कार्यबिधी भन्दा बाहिर रहेर वितरण गरिएका त्यस्ता परिचयपत्र फेला पारे नविकरण नगर्ने जनाएको छ ।

एमाले आफैँ सोत्तर भएर जान्छ :माधवकुमार नेपाल

0

भदौ १६,२०८०काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा ९एमाले० आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन्।

अध्यक्ष नेपालले नेकपा (समाजवादी)लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको जिकिर गरे। पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरा सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे।

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झण्डा बुलन्द गर्ने काम गरिरहेको बताए। उनले पार्टीलाई सशक्त बनाउन आफूहरूले संगठन निर्माणको कामलाई तीव्रता दिएको समेत बताए।

अध्यक्ष नेपालले भने, ‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने घोषणा गरिरहेका छन्। उनीहरू नै आफैँ सोत्तर भइरहेका छन्।

युग परिवर्तन गर्ने नै माओवादी होः अध्यक्ष बराल

0

भदौ १६,२०८० प्युठान :युग परिवर्तन गर्ने नै नेकपा माओवादी केन्द्र रहेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताउनुभएको छ । शनिबार आज भूमे गाउँपालिका–२ खाबाङबगरमा आयोजित जनतासँग माओवादी केन्द्र भन्ने तीन महिने अभियानलाई सम्बोधन गर्दै अध्यक्ष बरालले यस्तो बताउनुभएको हो ।

अन्य पार्टीहरु परिवर्तन भन्दा पनि यथास्थितिमै रहेर जनतालाई नाटक देखाउँदै राजनीति गरिराखेको अध्यक्ष बरालले बताउनुभयो । तर नेकपा माओवादी केन्द्रले युग परिवर्तनका निम्ति राजनीति गर्दै सधैँ देश र जनताको भलाईको लागि काम गर्दै आएको उहाँले बताउनुभयो । जनयुद्धले हालको परिवर्तन नयाँ संविधान र जनताका मौलिक हक र अधिकार सुनिश्चित भएको बताउँदै बरालले भन्नुभयो “सरकारमा माओवादीले नेतृत्व गरेको समयमा केही न केही जनताको हितको लागि परिवर्तन गर्दै आएको छ ।”

अन्य पार्टीले नेतृत्व गर्दाको सरकारले केही पनि नयाँ काम नगरेको दाबी गर्दै अध्यक्ष बरालले थप्नुभयो, “हाल भ्रष्टचार विरुद्धको अभियान थलनी गर्दै अब देशमा सुशासन कायमका लागि अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले काम गर्दै आएको छ । त्यसमा स्थानीय र प्रदेश सरकार र आम माओवादी पार्टीका नेताकार्यकर्ताले सहयोग गर्दै जानुपर्छ ।” माओवादीले युग परिवर्तन गर्दै आएको स्मरण गर्दै अध्यक्ष बरालले अब माओवादीको काँधमा अब नयाँ युग परिवर्तन गर्नका लागि जनतासँग माओवादी पार्टीको तीन महिने अभियानबाट अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामसुर बुढामगरले जनताको भावना अनुसार नेता जनतामै फर्किएर पार्टीका काम गर्नु पर्ने बताउनुभयो । जनता धेरै सचेत भइसकेको बताउँदै बुढामगरले भन्नुभयो, “उक्त जनताको चेतना अनुसार पार्टीले काम गर्दै जानुका साथै माओवादीबाट जननिर्वाचित प्रतिनिधिले जनताकै माग र आवश्यक्तालाई बुझ्दै काम गर्नु बाहेक अरु विकल्प हामी सामु छैन ।”

पार्टीको नेता भएर अब जनताले पत्याउने छैन त्यस कारण आम माओवादीका कार्यकर्ता जनताका नेता हुनु पर्ने बुढामगरले बताउनुभयो । जनता र पार्टीका कार्यकर्ताको भावना विपरित आफ्नो स्वार्थ लागेमा नेता मात्र नभइ पार्टी नै कमजोर भइरहेको उहाँको भनाइ रहेको छ । पार्टीलाई बलियो बनाउनका लागि नेतृत्व इमान्दार भई जनता र कार्यकर्ताको भावना अनुसार नेताहरु कममा लाग्नु पर्ने केन्द्रीय सदस्य बुढामगरले बताउनुभयो ।

भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, विशेष अतिथिमा केन्द्रीय सदस्य रामसुर बुढामगरको रहेको थियो भने अन्य अतिथिमा लुम्बिनी प्रदेश सचिवालय सदस्य होमप्रकाश श्रेष्ठ, प्रदेश सदस्य जिताराम कामी र भूमे गाउँ समिति इञ्चार्ज धुव्रविक्रम ओलीको रहेकोमा कार्यक्रम सञ्चालन गाउँ समिति सचिव नारायण पुनमगरले गर्नु भएको थियो ।

गुल्मीका सवै वडामा पुग्यो माओवादी

0

प्रेम सुनार
भदौ १६ ,२०८० गुल्मीः

नेकपा माओवादी केन्द्र गुल्मीले जिल्लाका १२ वटा पालिकाका ९३ वटै वडा जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान पुराईएको सो पार्टीले जनाएको छ । जिल्ला पार्टी संयोजक युवाराज केसिले आज दिनैभरको रिपोर्टिङ उल्लेख गर्दै भने सबै पालिका सबै वडामा अभियान पुराईएको र उत्साहजन रुपमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।

उनले पहिलो दिन रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका , रुरु क्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा विभिन्न पार्टी पतित्याग गरि माओबादी केन्द्रमा प्रबेश गरेको बताए ।

सो पार्टिका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महरा अभियानका गुल्मी जिल्ला इन्चार्जका रुपमा खटिएका छ्न । उनले रेसुङ्गा नगरपालिका १२ बाट अभियानको उद्घाटन गरे ।

नेता महराले दस बर्षे जनयुद्धको जगमा गणतन्त्र , संघियता र समाबेशी लगातको परिवर्तन आएको दावी गर्दै यस अघिका सरकार सन्चालकहरु भ्रष्टाचारको डङ्गुरले छोपिएर बसेको आरोप लगाउदै भने हेर्नुस त चाह्यो भने त भ्रष्टाचारिहरुलाई धमाधम कार्बाही गर्न सकिदो रैछ त रु उनले अहिलेको सरकारले भ्रष्टाचार बिरोधी अभियान चलाए पछि जनतामा उत्साह छाएको जिकिर गरे ।

यसै बिच नेता महराले सोही वडाको हरिपोखरिडाडामा नवनिर्मित घोर्ले आमा समुहको भवनको उदघाटन गरेका छ्न । माओबादी नेतृ तथा पुर्व प्रदेश पुर्ब सासद गिता थापाको पहलमा प्रदेश सरकारको २० लाख लागतमा बनेको उप्त भवनले आफू महिलाहरूलाई निकै सुबिधा हुने समुहकी पुर्व अध्यक्ष ममता महाकिम र बर्तमान अध्यक्ष टीका महाकिमले बताईन ।

कार्यक्रममा वडाध्यक्ष एमालेबाट खेतबहादुर टन्डन काङ्ग्रेस नेता तथा वडाध्यक्ष चेयर सिङ्ह टण्डन , माओबादी केन्द्र्का गिरिसिन्ह महाकिम ,पुर्व सासद गिता थापा ,माओबादी केन्द्रका प्रदेश सदस्य खुमबहादुर थापा र प्रमुख अथिथी महराले सम्बोधन गरेका थिए । नेता महराले बिकास कार्यमा मित्रतापुर्ण राजनिती गर्नु पर्ने सुझाव दिदै आफुले तीन महिने अभियानका क्रममा जुन सुकै पार्टिमा आस्था राख्ने जनताको घर घर टोल टोलमा पुगेर उनिहरुका समस्या टिपोर्ट गरि सरकारलाई बुझाउने प्रतिबद्धता जनाए ।

सो अबसरमा स्थानिय कलाकार र मगर युवा युवतिहरुको घोर्ले पन्चे बाजा समूहले साझ अबेर सम्म भरपुर मनोरन्जन दिएका थिए ।
जिल्ला संयोजक युवराज केसिले चन्द्रकोट गाउँपालिका ८ को तुराङ्गमा र सचिब अशोक थापाले रुरु क्षेत्र गाउँपालिकामा उदघाटन गरेका छ्न । अन्य केन्द्रिय र प्रदेश नेताहरु पनि विभिन्न वडामा पुगेर अभियान संचालन गरेका छ्न ।

गुल्मीमा यस अभियानका लागि केन्द्र बाट नेता महराको नेतृत्वमा केन्द्रिय सदस्यहरु क्रमश कमल चुदाली क्षेत्र नम्बर १ को प्रदेश १ मा खटिएका छ्न । भबिश्वर तिवारी सोही क्षेत्रको प्रदेश २ खटिएका छ्न । निमकान्त डागी जितजङ्ग क्षेत्र नम्बर २ को प्रदेश २ मा खटिएका छ्न ।

सोही क्षेत्रको प्रदेश १ प्रदेश कमिटी सहसचिव पार्वती बिक खटिएकी छ्न ।

अभियानकै क्रममा गुल्मीमा माओवादी पार्टी प्रवेश गर्नेको लहर

0

भदौ १६,२०८० गुल्मीः नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको घर –घरमा माओवादी ! जन–जनमा माओवादीको नारा सहित जनतासंग माओवादी  विशेष रुपान्तरण अभियानमा पार्टी प्रवेश गर्नेको लहर चलेको छ ।

 

जिल्लाको रेसुंगा कमिटिले पार्टी कार्यालयमा गरेको अभियानमा साबित्रा बिक र मन्दिरा बिक लगायत नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।
उहाँहरुलाई पार्टी प्रवेश गराउँदै लुम्बिनी प्रदेश कमिटिका सदस्य एंव कार्यक्रमका प्रमुख अतिथि खुमबहादुर थापाले जनताको पार्टी भनेकै माओवादी केन्द्र भएकाले सबै गोलवद्ध बन्न आग्रह गर्नुभएको छ ।

 

पार्टीले संचालन गरेको अभियानबाट जनताको समस्यासंग साथमा रहन र समस्यालाई समाधान गर्ने गरी गाउँगाउँ र टोलटोलमा लाग्न उहाँले आग्रह गर्नुभएको छ ।
पछिल्लो समयमा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले भ्रष्टाचारहरुका फाइल एक एक गरी खोलेकाले भ्रष्टाचारीहरु अतालिएको दाबी समेत गरेका छन् ।  माओवादी नेतृत्वको सरकारले सुरु गरेको यस अभियानलाई सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

रुरुक्षेत्रमा १५ गते शुक्रबार सार्वजनिक बिदा

0

भदौ १४,२०८० गुल्मीः गुल्मीको रुरक्षेत्र गाउँपालिकामा भदौ १५ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।

सामाजिक तथा सांस्कृतिक पर्व ज्ञाइजात्रा पर्वको अवसरमा पालिका भित्र भदौ १५ गतेसार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

१५ गते गाउँकार्यपालिका अन्र्तगतका सम्पूर्ण कार्यालय,स्वास्थ्य संस्था,शिक्षण संस्था,बैङक तथा वित्तिय संस्थाहरु तथा अन्य सघ संस्थाहरु बन्द रहने पाण्डेले बताए।

यस पर्वले सामाजिक रुपमा भाइचाराको सम्बन्ध स्थापना गर्ने भएकाले संस्कृतिलाई संरक्षण गर्नु पालिकाको दायीत्व पनि भएको गाउँपालिकाले जनाएको छ ।