गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

0
83

भदौ १७ ,२०८० गुल्मीः गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर २ दर्लिङका ६० वर्षीय हीराबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिबार साँझ चट्याङ लागेर घाइते भएका घर्तीको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदा अस्पतालले मृत घोषण गरेको हो । घर्तीको शबलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE