अभियानकै क्रममा गुल्मीमा माओवादी पार्टी प्रवेश गर्नेको लहर

0
199

भदौ १६,२०८० गुल्मीः नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको घर –घरमा माओवादी ! जन–जनमा माओवादीको नारा सहित जनतासंग माओवादी  विशेष रुपान्तरण अभियानमा पार्टी प्रवेश गर्नेको लहर चलेको छ ।

 

जिल्लाको रेसुंगा कमिटिले पार्टी कार्यालयमा गरेको अभियानमा साबित्रा बिक र मन्दिरा बिक लगायत नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।
उहाँहरुलाई पार्टी प्रवेश गराउँदै लुम्बिनी प्रदेश कमिटिका सदस्य एंव कार्यक्रमका प्रमुख अतिथि खुमबहादुर थापाले जनताको पार्टी भनेकै माओवादी केन्द्र भएकाले सबै गोलवद्ध बन्न आग्रह गर्नुभएको छ ।

 

पार्टीले संचालन गरेको अभियानबाट जनताको समस्यासंग साथमा रहन र समस्यालाई समाधान गर्ने गरी गाउँगाउँ र टोलटोलमा लाग्न उहाँले आग्रह गर्नुभएको छ ।
पछिल्लो समयमा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले भ्रष्टाचारहरुका फाइल एक एक गरी खोलेकाले भ्रष्टाचारीहरु अतालिएको दाबी समेत गरेका छन् ।  माओवादी नेतृत्वको सरकारले सुरु गरेको यस अभियानलाई सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

SHARE