एमाले आफैँ सोत्तर भएर जान्छ :माधवकुमार नेपाल

0
107

भदौ १६,२०८०काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा ९एमाले० आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन्।

अध्यक्ष नेपालले नेकपा (समाजवादी)लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको जिकिर गरे। पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरा सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे।

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झण्डा बुलन्द गर्ने काम गरिरहेको बताए। उनले पार्टीलाई सशक्त बनाउन आफूहरूले संगठन निर्माणको कामलाई तीव्रता दिएको समेत बताए।

अध्यक्ष नेपालले भने, ‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने घोषणा गरिरहेका छन्। उनीहरू नै आफैँ सोत्तर भइरहेका छन्।

SHARE