Saturday, June 6, 2026

चन्द्रकोटले मनायो २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

0

मंसिर २०,२०८० गुल्मी : गाउँपालिका गुल्मीले मंगलबार २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास“ भन्ने मूल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८० मनाईएको हो ।

 

गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट एकसाथ मनाईएको उक्त कार्यक्रमको अवसर पारि गाउँपालिकाद्वारा पालिका भित्रका ८७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १ थान झोला, १ थान प्राथमिक उपचार बक्स वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्माले बताउनुभयो । चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माले सम्भवत जिल्ला मै आफहरुले गरेको कार्य पहिलो भएको बताउनुभयो । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई अत्यावश्यक पर्ने सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँ अनुसार वितरण गरिएको सामाग्रीले दुर्गम क्षेत्रका स्थानियलाई प्राथमिक उपचारमा राहात हुने बताउनुभयो । यस्तै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले पनि पालिकाले गरेको कामको प्रशंसा गरेका छन । आगामी दिनमा पनि यस्तै कार्य गरि आफुहरुको मनोबल उच्च हुने उनिहरुको भनाई छ ।

यस्तै प्रत्येक स्वास्थ्य संस्थाहरूबाट १र१ जना उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका छनोट गरिएको छ भने छनौट भएका महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई एक कार्यक्रम गरि सम्मान समेत गरिनेछ । साथै सोही अवसरमा लैङ्गिक हिंसा विरूद्दको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम समेत सम्पन्न भएको छ।

आजको मौसमः वर्षासहित हिमपात

0

मंसिर १९,२०८० काठमाडौं :  नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।

हाल कोशी र लुम्बिनी प्रदेशका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महिला पत्रकार बढाउन सरकारी स्तरबाट पहल हुन्छ : मन्त्री शर्मा

0

दिवाकर पोख्रेल
देउखुरी मङ्सिर १९ गते । सञ्चार तथा सूचना प्राविधि मन्त्री रेखा शर्माले महिला पत्रकारको संख्या बढाउन सरकारी स्तरबाट प्रयास भइरहेको बताउनु भएको छ । दाङको भालुवाङमा महिला पत्रकारलाई लक्षित गरेर प्रेस काउन्सिल नेपालले आयोजना गरेको प्रविधि मैत्री पत्रकारीता तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले आफु मन्त्री भएपछि संचार,प्रविधिको क्षेत्र र आमसंचारको क्षेत्रमा महिलाको सहभागिता बढाउने विषयमा नीति नै वनाएर योजना वनाइरहेको जानकारी दिनुभयो ।

 

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएकी मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा महिलाको सहभागिता बृद्धि गर्न सरकार र सञ्चार माध्यमहरू संवेदनशील बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी समान सहभागिता र समावेशीका कुरा गछौ, सूचना र प्रविधिको क्षेत्रमा महिलाको सहभागिताण्को विषयमा पनि योजना बनाएरै काम गरौ,सरकार सहयोग गर्न तयार छ,यहाँहरुको सक्रियता आवश्यक पर्छ ।’ सूचना प्रविधिको प्रशिक्षणबाट महिला सहभागिता बढाउन प्रेस काउन्सिले गरेको काम सकरात्मक भएको भन्दै आगामी दिनमा थप योजनाका साथ काम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको उहाँको जोड थियो ।

 

सूचना प्रविधिमा भएको तिब्र विकाससंगै साईवर अपराध पनि बढ्दै गइरहेको स्मरण गर्दै मन्त्री शर्माले साइवर अपराध रोक्न र हिंसा न्यूनिकरणमा प्रविधि सहयोगी बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सूचना र प्रविधिको विकास भएको छ, यसलाई सदुपयोग गरेर,अपराध नियन्त्रण र महिला हिंसा न्यूनिकरण तर्फ हाम्रो विषय बन्नुपर्छ ।’ पछिल्लो समय महिला हिंसाको स्वरुप बदलिएको भन्दै इन्टरनेटको माध्यमबाट हुने हिंसा न्यूनिकरण गर्न पत्रकार महिलाहरुले समेत भूमिका खेल्नुपर्ने धारणा उहाँको थियो । सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको, भ्रमपूर्ण सूचनाको खेती भइरहेको भन्दै यसबाट जोगिन सञ्चार साक्षरताकोलागी सरकारले कार्यक्रम ल्याउने बताउनुभयो ।

 

प्रेस काउन्सिल नेपालका सदस्य एवम् तालिमका संयोजक शरद अधिकारीले प्रविधिको माध्यमबाट सक्षम पत्रकार भरपर्दो पत्रकारिता स्थापीत गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभएको भयो । प्रविधिमैत्री नहुँदा पत्रकारिताबाटै पलायन हुने र अवसरबाट वञ्चित हुने अवस्था हुन नदिने प्रयासमा काउन्सिल रहेको उहाँको भनाइ थियो । तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासघका अध्यक्ष विपुल पोखरेलले प्रविधिसँग जोडिएर मात्रै समयानुकूल पत्रकारिताको अभ्यास हुने बताउनुभो । उहाँले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षण गर्न र पेसामा रहेकालाई टिकाउन यस्ता तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी पौडेलको अध्यक्षतामा भएको तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका २० जना महहिला पत्रकार सहभागि छन् । तीनसम्म चल्ने तालिमको प्रशिक्षकमा प्रेस काउन्सिकी सदस्य दूर्गा भण्डारी पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल,संचारीका समुह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोल लगायतका हुनुहुन्छ ।

 

दाङको आकासमा पनि प्याराग्लाइडिङ

0

दिवाकर पोख्रेल
मंसिर १६,२०८० देउखुरी : दाङको आकासमा पनि प्याराग्लाइडिङ सेवा शुरु गरिएको छ । शुक्रबार दाङको राप्ती गाउँपालिका वडा नं ९ को देविकोट डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षणसंगै अब उक्त सेवालाई निरन्तरता दिइनेछ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको आकासमा प्याराग्लाइडिङ चल्ने भएपछि स्थानीय पनि उत्साही भएका छन् ।

 

प्याराग्लाइडिङको सफल परीक्षण भएपछि अब नियमित संचालनमा ल्याउने पहल शुरु भएको छ । राप्ती गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष विरवहादुर चौधरीले राप्ती गाउँपालिकमा प्याराग्लाइडिङ सेवा भएपछि आन्तरिक पर्यटनको क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै गाउँपालिकाले पनि प्याराग्लाइडिङ सेवालाई निरन्तर संचालनमा ल्याउन व्यवसायीहरुलाई आग्रह गरेको जानकारी दिए । उनले भने,‘ हाम्रो देविकोटबाट देउखुरीको आकासमा प्याराग्लाइडिङ चल्छ भन्नेकुरा सफल परीक्षण पछि प्रमाढिात भएको छ, हामी प्राविधिक र व्यवसायीलाई आग्रह गरेका छौ, अब नियमित रुपमै सेवा शुरु हुन्छ ।’

बाबु एडभेन्चर्सका प्रमुख पाइलट सानुबाबु सुनुवारसहित ३ जना पाइलटले पहिलो चरणमा परीक्षण उडान गरेका हुन् । प्याराग्लाइडिङको परीक्षण उढडानमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले पनि उडान भरे ।  प्याराग्लाइडिङमा उडान भरेपछि लुम्बिनी प्रदेशका सभामुख तलाराम घर्तीले प्याराग्लाइडिङ उडान गर्नका लागि पोखरा लगायतका स्थानमा जानु नपर्ने गरी व्यवासयीक रुपमा प्याराग्लाइडिङ सेवा शुरु हुने विश्वास व्यक्त गरे ।

 

उनले भने,‘मैलेपनि उडान गरेँ वडो रमणिय र आनन्दको महशुस भयो, यसैगरी आन्तरिक पर्यटक ल्याउने प्रयास सफल हुने हो,यसमा सबैको सहयोग समर्थन आवश्यक हुन्छ ।’ परीक्षण उडान अबलोन गर्नका लागि राप्ती गाउँपालिकाका स्थानीयहरु देवेकोटको डाँडा सम्मै पुगेका थिए ।

मुसिकोटमा च्याउ खेती सम्बन्धी तालिम

0

सूर्य सुनार

मंसिर १६,२०८० गुल्मी :मुसिकोट नगरपालिका ८ ले ४० जना किसानलाई च्याउ खेती प्रविधी तालिम प्रदान गरेको छ । आर्थिक वर्ष २०८०÷ ०८१ को नीति तथा कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको वडाध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए ।

 

वडा भित्र व्यवसायिक रुपमा च्याउ खेती गर्न चाहेका कृषकहरुलाई तालिम दिइएको हो । तालिम पाएपछि किसान पनि खुसी भएका छन् । च्याउ खेती कसरी गर्ने, च्याउ खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु, च्याउमा रोग लाग्ने, कसरी रोगको समधान गर्ने भन्ने विषयमा तालिम दिइएको थियो ।

 

वडा कार्यालयको एक लाख बजेटमा ४० जना कृषकलाई २ दिन तालिम दिएको वडाध्यक्ष विश्वकर्माले बताए ।
मुसिकोट नगरपालिका ८ मा आफू निर्वाचित भएर आएपछि कृषिको क्षेत्रमा धेरै काम गरेको वडाध्यक्ष विश्वकर्माले बताए । पछिल्लो समय गाउँ छोड्दै विदेश जाने युवाहरुको संख्या बढ्दै गएको हुँदा वडा भित्र विदेश जाने जनशक्तिलाई यही टिकही राख्न सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

मुसिकोट नगरपालिकाको कृषि शाखाको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

संस्कृति संरक्षणसँगै आत्मनिर्भर बन्दैँ मदानेका महिला

0

तिलाचन पाण्डे

मंसिर १६,२०८०गुल्मी : घरभित्रका चुलोचौकालगायत सबै काम महिलाले गर्ने र घरबाहिरका काम पुरुषले गर्ने भन्ने पुरानो परम्परा अझै पनि कायमै छ। आर्थिक अधिकार पति वा घरमूलीसँग हुने भएकाले राम्रो लगाउन र बजार निस्कन पर्दा अधिकांश महिलाहरुले पतिको मुख ताक्नुपर्ने अवस्था कतिपय परिवारमा अझै पनि छ।

तर गुल्मी मदानेका महिलाहरुले भने यस्ता पछौटे धारणा चिर्दै नौमती बाजा बजाएर संस्कृति संरक्षणमात्र गरेका छैनन् आत्मनिर्भर बनेर समाजमा परिवर्तनको गतिलो उदाहरण प्रस्तुत गरेका छन्।

मेला, पर्व, सभा, समारोहमा विगतदेखि हालसम्म पुरुषले मात्र बजाइरहेको बाजा समूहमा सबै महिला हुँदा सबैका नजर महिला समूहतर्फ फर्कन थालेको छ। गुल्मीको मदाने गाउँपालिकामा महिलाहरुको समूहले नौमती बाजा बजाएर अहिले एक दिनको २५ देखि ३५ हजारसम्म आम्दानी गर्न थालेका छन्। छिमेकी पालिकाहरुसहित सदरमुकाम तम्घाससम्म यो समूहले एउटै पोशाकमा सजिएर नौमती बाजा घन्काउने गरेका छन्।

मदाने महिला नौमती बाजा समूहकी अध्यक्ष बसन्ता जिसीले आफूहरुले एक दिन नौमती बजाएवापत २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म लिने गरेको बताइन्।

मदाने महिला नौमती बाजा समूह नामले चिनिने ११ जनाको समूहमा बसन्ता जिसी, सुस्मिता घर्ती, माया परियार, रीमा बिक, पवित्रा बिक, सीता बिक, असिम बिक, जुना नेपाली, रञ्जु नेपाली, रमा बिक र सिर्जना बिक छन्।

महिलाहरु घरभित्रमात्र मात्र सीमित नभई अगाडि बढ्नुपर्छ भनेर आफू समूहमा सामेल भएको सो समूहकी सुस्मिता घर्तीले बताइन्।

आफूले जानेको सीप ठूला ठूला कार्यक्रममा प्रस्तुत गर्न पाउँदा आनन्द लाग्ने गरेको उनी बताउँछिन्। साथसाथै आर्थिक रुपमा पनि सबल बन्दै गएको र आफूलाई लगाउन मन लागेको र मिठोमसिनो खान कसैको मुख ताक्नु नपरेको उनको भनाइ छ।

‘संस्कृति जोगाउन बाजा बजाउन सिक्यौँ’

सोही समूहकी बसन्ता जिसीले धेरैजसो पुरुष विदेशिएकाले गाउँमा उनीहरुको संख्या थोरै भएकाले महिलाले बाजा बजाउन सिकेको बताइन्। गाउँमा पुरुषको संख्या घटेपछि महिलाको समूह बनाएर बाजा बजाउन थालेको उनी बताउँछिन्। पुरानो संस्कृतिलाई लोप हुन नदिन महिलाले वाद्यवादन सिकेको जिसीले बताइन्।

नौमती बाजाको संरक्षण, वाद्यवादनलाई व्यावसायिक बनाउनुका साथै महिलालाई आत्मनिर्भर बनाउन पालिका सधैँ साथमा रहेको गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले बताइन्।

यसका साथै गाउँपालिकाको पहिचानका लागि पनि यसले योगदान गरेकोमा उनले खुशी व्यक्त गरिन्। संस्कृति संरक्षण गर्न नौमती बाजाको जर्गेना गरेको उनको भनाइ छ।

यो महिला समूहलाई नौमती बाजा र तालिमको समेत व्यवस्था पालिकाले गरेको खडकाले बताइन्। समूहलाई आवश्यक पर्ने बजेटका साथै अन्य सहयोग गर्न पालिका पछि नपर्ने प्रतिबद्धता उनले जनाइन्।

भिरबाट लडेर पदमको मृत्यु

0

मंसिर १५,२०८० अर्घाखाची : भिरबाट लडेर घाइते भएका पदमको उपचारको क्रममा मृत्यु भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ निवासी वर्ष ४८ का पदम विकको आफ्नो खर्यानवारीमा खर काट्ने क्रममा चिप्लिएर लडेका थिए।

उपचारका लागि जिल्ला अस्पताल गुल्मी लगिए पनि उपचारको क्रममा  उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिए।

मृतकको शव आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ । मृतक विकको मुख र टाउकोमा गम्भीर चोट लागेको थियो ।

पाल्पामा अन्दाजी २२ वर्षीय पुरुष मृत फेला

0

मंसिर १५,२०८० पाल्पाः पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

 

जिल्लाको तिनाउ–५, चर्चरेस्थित सिद्धार्थ राजमार्गको छेउमा बिहीबार साँझ अन्दाजी २२ वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला परेका पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार शवको पहिचानका लागि पहल भइरहेको र पहिचानपछि शव सम्बन्धित परिवारलाई बुझाइनेछ । ती पुरुषको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

देशमा सुशासन कायम हुन सकेन : अध्यक्ष ओली

0
फाइल फोटो

मंसिर १३,२०८०बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्।

बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताए।

यसका साथै उनले देशमा कमिशनतन्त्र हावी भएको र कमिशनले गर्दा देशको आर्थिक अवस्था डामाडोल भएको बताए। विश्वमा अर्थतन्त्र अगाडि बढिरहेका वेला नेपालको अवस्था बेहाल भएको उनको भनाई छ ।

आफ्नो नेतृत्वको सरकारका वेला आर्थिक अवस्था मजबुत रहे पनि अहिले बिग्रिएको ओलीको आरोप छ।

भिरबाट लडेर १७ वर्षीय युवतीको मृत्यु

0

मंसिर १३,२०८० : बुधबार दिउँसो भिरबाट लडेर एक जना १७ वर्षीय युवतीको मृत्यु भएको छ । वनमा पशु चराउन जानेक्रममा युवती भिरबाट लडेकी उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–८ को खोल्सी गाउँकी सुस्मिता शाहीरहेको प्रहरीलेजनाएको छ ।

पशु चराउन दुधु वनमा गएको र पशु भिरमा चर्न गएका बेला फर्काउन जाँदा भिरबाट लडेर घटना स्थलमै उनको मृत्यु भएको हो ।