महिला पत्रकार बढाउन सरकारी स्तरबाट पहल हुन्छ : मन्त्री शर्मा

0
219

दिवाकर पोख्रेल
देउखुरी मङ्सिर १९ गते । सञ्चार तथा सूचना प्राविधि मन्त्री रेखा शर्माले महिला पत्रकारको संख्या बढाउन सरकारी स्तरबाट प्रयास भइरहेको बताउनु भएको छ । दाङको भालुवाङमा महिला पत्रकारलाई लक्षित गरेर प्रेस काउन्सिल नेपालले आयोजना गरेको प्रविधि मैत्री पत्रकारीता तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले आफु मन्त्री भएपछि संचार,प्रविधिको क्षेत्र र आमसंचारको क्षेत्रमा महिलाको सहभागिता बढाउने विषयमा नीति नै वनाएर योजना वनाइरहेको जानकारी दिनुभयो ।

 

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएकी मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा महिलाको सहभागिता बृद्धि गर्न सरकार र सञ्चार माध्यमहरू संवेदनशील बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी समान सहभागिता र समावेशीका कुरा गछौ, सूचना र प्रविधिको क्षेत्रमा महिलाको सहभागिताण्को विषयमा पनि योजना बनाएरै काम गरौ,सरकार सहयोग गर्न तयार छ,यहाँहरुको सक्रियता आवश्यक पर्छ ।’ सूचना प्रविधिको प्रशिक्षणबाट महिला सहभागिता बढाउन प्रेस काउन्सिले गरेको काम सकरात्मक भएको भन्दै आगामी दिनमा थप योजनाका साथ काम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको उहाँको जोड थियो ।

 

सूचना प्रविधिमा भएको तिब्र विकाससंगै साईवर अपराध पनि बढ्दै गइरहेको स्मरण गर्दै मन्त्री शर्माले साइवर अपराध रोक्न र हिंसा न्यूनिकरणमा प्रविधि सहयोगी बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सूचना र प्रविधिको विकास भएको छ, यसलाई सदुपयोग गरेर,अपराध नियन्त्रण र महिला हिंसा न्यूनिकरण तर्फ हाम्रो विषय बन्नुपर्छ ।’ पछिल्लो समय महिला हिंसाको स्वरुप बदलिएको भन्दै इन्टरनेटको माध्यमबाट हुने हिंसा न्यूनिकरण गर्न पत्रकार महिलाहरुले समेत भूमिका खेल्नुपर्ने धारणा उहाँको थियो । सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको, भ्रमपूर्ण सूचनाको खेती भइरहेको भन्दै यसबाट जोगिन सञ्चार साक्षरताकोलागी सरकारले कार्यक्रम ल्याउने बताउनुभयो ।

 

प्रेस काउन्सिल नेपालका सदस्य एवम् तालिमका संयोजक शरद अधिकारीले प्रविधिको माध्यमबाट सक्षम पत्रकार भरपर्दो पत्रकारिता स्थापीत गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभएको भयो । प्रविधिमैत्री नहुँदा पत्रकारिताबाटै पलायन हुने र अवसरबाट वञ्चित हुने अवस्था हुन नदिने प्रयासमा काउन्सिल रहेको उहाँको भनाइ थियो । तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासघका अध्यक्ष विपुल पोखरेलले प्रविधिसँग जोडिएर मात्रै समयानुकूल पत्रकारिताको अभ्यास हुने बताउनुभो । उहाँले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षण गर्न र पेसामा रहेकालाई टिकाउन यस्ता तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी पौडेलको अध्यक्षतामा भएको तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका २० जना महहिला पत्रकार सहभागि छन् । तीनसम्म चल्ने तालिमको प्रशिक्षकमा प्रेस काउन्सिकी सदस्य दूर्गा भण्डारी पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल,संचारीका समुह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोल लगायतका हुनुहुन्छ ।

 

SHARE