भिरबाट लडेर पदमको मृत्यु

0
234

मंसिर १५,२०८० अर्घाखाची : भिरबाट लडेर घाइते भएका पदमको उपचारको क्रममा मृत्यु भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ निवासी वर्ष ४८ का पदम विकको आफ्नो खर्यानवारीमा खर काट्ने क्रममा चिप्लिएर लडेका थिए।

उपचारका लागि जिल्ला अस्पताल गुल्मी लगिए पनि उपचारको क्रममा  उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिए।

मृतकको शव आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ । मृतक विकको मुख र टाउकोमा गम्भीर चोट लागेको थियो ।

SHARE