
कात्तिक १८,२०८२ अर्घाखाँची : अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पाणीनी गाउँपालिका निगालीबाट दुर्गाफाटतर्फ जाँदै गरेको ना ३६ प ३५०९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
चालक अर्घाखाँची पाणीनि गाउँपालिका ४ निगाली बस्ने १८ वर्षीय गौतम बिक र सोही स्थानका मोटरसाइकलमा सवार बर्ष २४ का सागर बिकको मृत्यु भएको अर्घाखाँचीका प्रहरी प्रमुख दिवश जिसिले जानकारी दिनुभयो।
घाइते सोही मोटरसाइकलमा पछाडी सवार सोही स्थान बस्ने २५ वर्षीय सन्तोष घर्ती र्घाते भएकाले थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।








