अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

0
127

भदौ ५,२०८२ अर्घाखाँची :अर्घाखाचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएको छन् । ।

जिल्लाको छत्रदेब गाउँपालिबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४९१५ नम्बरको बलेरो जिप पाणिनी गाउँपालिका–७ एक्लेभिरमा बिहीबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिप अन्यत्रित भएर दुर्घटना हुँदा जिपमा सवार तीन जनामध्ये दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिनुभयो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE