आजको मौसमः वर्षासहित हिमपात

0
119

मंसिर १९,२०८० काठमाडौं :  नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।

हाल कोशी र लुम्बिनी प्रदेशका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

SHARE