पाल्पामा अन्दाजी २२ वर्षीय पुरुष मृत फेला

0
110

मंसिर १५,२०८० पाल्पाः पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

 

जिल्लाको तिनाउ–५, चर्चरेस्थित सिद्धार्थ राजमार्गको छेउमा बिहीबार साँझ अन्दाजी २२ वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला परेका पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार शवको पहिचानका लागि पहल भइरहेको र पहिचानपछि शव सम्बन्धित परिवारलाई बुझाइनेछ । ती पुरुषको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE