Friday, June 5, 2026

तीन प्रदेशमा चट्याङसहित वर्षाको संभावना

0

वैशाख ५,२०८१काठमाडौं :कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा र बाँकी पहाडी भूभागका थोरै स्थानमा हावाहुरी चल्ने अनुमान छ।

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको अनुमान गरिएको छ।

दुर्गममा सहज बन्दै  स्वास्थ्य प्रयाेगशाला :   ग्वाघा स्वास्थ्य चौकीमा सेवा प्रारम्भ

0

बैशाख ३,२०८१ गुल्मी :गुल्मी जिल्लाकाे उत्तरपुर्वि गाउँपालिका चन्द्रकाेट गाउँपालिकाकाे ग्वाघा  स्वास्थ्य चाैकिमा आजवाट ओैपचारिक रुपमा प्रयाेगशाला ( ल्याव) सेवा प्रारम्भ भएकाे छ । पालिकाकाे विकट मानिने वडा नं. ५ मा अवस्थित ग्वाघा स्वास्थ्य चाैकिमा ल्याव सेवा काे प्रारम्भ भए पश्चात चन्द्रकाेट गाउँपालिकामा ल्याव सेवा संचालन भएका वडाहरुकाे संख्या ५ पुगेकाे छ ।

पालिकाकाे शान्तिपुर स्वास्थ्य चाैकी, तुराङ्ग स्वास्थ्य चाैकि मजुवा, विशुखर्क स्वास्थ्य चाैकिमा संचालन भएकाे ल्याव सेवा गत आर्थिक वर्ष मा वडा नं. १ काे दिव्रुङ्ग स्वास्थ्य चाैकि मा स्थापना गरिएकाे थियाे । चालू आ व २०८०/८१ काे वजेट कार्यक्रम अन्तर्गत वडा नं. ५ काे वडागत वजेट सिलिङ्ग वाट रु ५ लाख वजेट विनियाेजन गरि स्थापना गरिएकाे स्वास्थ्य प्रयाेगशाला ल्यावमा गाउँपालिकाले ल्याव असिस्टेन्टकाे करार नियुक्ति गरि सेवा संचालनमा ल्याएकाे हाे ।

ग्वाघा स्वास्थ्य चाैकीकाे प्राङ्गणमा सोमबार  आयाेजित एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले ल्याव सेवाकाे उदघाटन गर्नुभएकाे छ । स्वास्थ्य चाैकि व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष पृथ वहादुर कार्किकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी , निमित्त प्रमुख  प्रशासकिय अधिकारी प्रकाशचन्द्र शर्मा, वडा नं. ७ का वडाध्यक्ष अनन्तराम भण्डारी, लगायतका अतिथिहरुकाे सहभागिता रहेकाे थियाे ।

वडा भित्रका मात्र नभएर कालिगण्डकि र सत्यवतिका नागरिकहरुले समेत सेवा लिन सक्ने ग्वाघा स्वास्थ्य चाैकिमा ल्याव सेवाकाे स्थापनाले सम्पुर्ण ग्वाघावासिमा खुशी छाएकाे कुरा निवर्तमान वडाध्यक्ष टेक वहादुर पुन लगायतका समाजसेवि  बताउनुभयो ।


नागरिकहरुकाे सहज गुणस्तरिय स्वास्थ्यमा पहुँचकाे सुनिश्चितता गर्न गाउँपालिका सधै लागिपरेकाे र छिट्टै पुर्ण खाेप सुनिश्चित गाउँपालिका घाेषणाकाे तयारीमा रहेकाे र पालिका लाई शून्य हाेम डेलिभरी घाेषणा गर्न तयारी भइरहेको  समेत अध्यक्ष युवराज केसीले बताउनुभयो ।

धुर्कोटमा लोक संस्कृति संरक्षण र जगेर्ना गर्न भजन प्रतियोगिता

0

तिलाचन पाण्डे
बैशाख ४,२०८१ गुल्मीः गुल्मीमा लोक संस्कति संरक्षण र जगेर्ना गर्नका लागि भजन प्रतियोगिता संचालन गरिएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ५ मा रहेको कालिका मन्दिर संरक्षण तथा विकास समितिले वडा स्तरीय भजन प्रतियोगिता संचालन गरेको हो ।

पछिल्लो समयमा लोक भजन हराउँदै गएको र नयाँ पुस्ताले चासो दिन छाडेकाले त्यसको संरक्षण गर्नका लागि आफूहरुले वडा स्तरीय लोक भजन प्रतियोगिता संचालन गरेको समितिका अध्यक्ष युवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानो शैली पछिल्लो समयमा लोप हुँदै गएकाले पनि यसको प्रचारप्रसार र संरक्षणका लागि थप टेवा पुग्ने उहाँको विश्वास छ ।

कार्यक्रमका प्रमुख अतिथि एंव धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संस्कृति संरक्षणका निम्ती पालिका सधै साथमा रहेको बताउँदै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिनुभयो ।

वडा नम्वर ३ र ७ बाहेक पाँच वडाका भजन टोलीहरु प्रतियोगितामा सहभागी भएका थिए । भजन प्रतियोगितामा प्रथम हुनेले १३ हजार ,दोस्रो हुनेले १२ हजार तेस्रो स्थान प्राप्त गर्नेले ११ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

अधिकार प्राप्तीका निम्ती अदालत नै जानुपर्ने बाध्यता : गुल्मी प्याव्सन

0

तिलाचन पाण्डे
चैत ३०,२०८० गुल्मीः निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) गुल्मीले अधिकारका निम्ती अदालत धाउनुपर्ने बाध्यता रहेको जनाएको छ ।

शुक्रबार सर्बोच्च अदालतको ऐतिहासीक फैसलाको स्वागत तथा नव वर्ष २०८१ को शुकामना आदान प्रदान कार्यक्रम तथा पत्रकार सम्मेलनमा प्यावसनले सो बताएको हो ।

संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सरह उच्च शिक्षा अध्ययनमा छात्रवृति पाउने अदालतको फैसला भएकाले अव विद्यार्थीहरुबीच भएको विभेद अन्त्य भएको गुल्मी प्याव्सनका संस्थापक अध्यक्ष दानबहादुर केसीले बताउनुभयो ।

लामो समयदेखी विभेद भोग्न परेकाले अव त्यो विभेदको अन्त्य भएको र नेपालको राम्रो ,उत्कृष्ट संविधानलाई कार्यन्वयनमा ठूला भनाउदाहरु नै नलाग्दा समस्या आउने गरेको केशीको भनाई छ ।

गुल्मी जिल्लाका केही स्थानीय तहहरुले पनि राष्ट्रसेवक कर्मचारीका छोराछोरीहरुले अनिवार्य सामुदायीक विद्यालयमा अध्ययन गराउनुपर्ने भन्ने विभेदकारी निर्णय गरेकाले त्यसलाई सच्याउन केशीले आग्रह गर्नुभयो ।

प्याव्सन गुल्मीका अध्यक्ष राजु कुँवरले नेपालमा गुणस्तरीय शिक्षा नपाएका कारण अवसरका लागि युवाहरु विदेश जान बाध्य भएको बताउनुभयो ।

नेपाल सरकारले शिक्षामा गरेको लगानीको प्रतिफल न्यून भएको भन्दै कुँवरले शिक्षाकोसुधारमा सुक्ष्म तरिकाले अध्ययन गर्न आवश्यक रहेको तर्क गर्नुभयो ।

गुल्मीमा कानुनी सचेतनासंगै विद्युतीय सुरक्षा दिवस मनाइयो

0

तिलाचन पाण्डे
चैत २६,२०८० गुल्मी : गुल्मीमा कानुनी सचेतना संगै विद्युतीय सुरक्षा दिवस मनाइएको छ ।

 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द गुल्मीले नगरौ है चोरीको धन्दा , परिएला कानुनको फन्दा, प्रलोभनमा नपरौ,विद्युतको सुरक्षित प्रयोगगरौ भन्ने जस्ता नाराहरु लगाउँदै सचेतना फैलाएको छ ।

 

प्राधिरणले सचेतनामूलक नाराहरु लगाउँदै प्रभातफेरी समेत गरेको थियो । विद्युतको सही तरिकाले प्रयोग गर्न र सुरक्षा अपनाउनका  लागि यसरी सचेतना फैलाएको केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

 


विद्युत चोरी गर्ने कार्यमा कसैले उक्साएमा वा चोरी गरेमा कानुन अनुसारको कारवाही हुने भएकाले कसैको लहलहैमा नलाग्न र सही तरिकाले प्रयोग गर्नका लागि आग्रह गरिएको लेखा प्रमुख विष्णु न्यौपानेले बताउनुभयो ।

रेसुङ्गा सरकारप्रति स्थानीयका गुनासै गुनासा

0

तिलाचन पाण्डे
चैत २५,२०८० गुल्मीः गुल्मीमा स्थानीय सरकारप्रति स्थानीयका गुनासै गुनासा ब्यक्त गरेका छन् ।  गुल्मीको रेसुंगा विमानस्थलबाट हुने उडानका लागि सहज रुपमा हवाई टिकट नपाएको र त्यसका लागि पहुँचवालाको मात्र हालीमुहाली हुने गरेको यहाँका स्थानीयहरुले गुनासो गरेका हुन् ।

 

रेसुंगा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्वर ४का गोपालमणी शर्माले सहज रुपमा हवाई टिकटको ब्यबस्था नभएको गुनासो गरे । सहज रुपमा टिकटको ब्यबस्था नहुँदा सर्वसाधरणहरुले सेवा लिन नपाएको र पहुँचवालाको मात्र हाली मुहाली भएको गुनासो गरे ।
सीमित सिट हुने र सर्वसाधरणले सहज रुपमा अनलाईनबाट टिकट बुकिङ गर्न नसक्दा आफुहरुले सेवा लिन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।

 

यस्तै चन्द्रकान्त भण्डारीले पशुसेवाका कार्यहरुपनि ग्रामीण स्तरमा नपुगेको गुनासो गरे । उनले नगरपालिकाको कार्यालयमा मात्र कार्यक्रम सीमित नगर्न र ग्रामीण स्तरमा पनि कृषकहरु छन् भन्ने सोच्नका लागि आग्रह गरे ।

स्थानीय भोजेन्द्र भण्डारीले कृषकको उत्पादनलाई बजारीकरणको जिम्मा नगरपालिकाले लिनुपर्ने धारण राखे ।  कृषकले उत्पादन गरेका कृषि उपजलाई नगरपालिकाले खरिद गर्ने ब्यबस्था गरेमा कृषकलाई बजारको चिन्ता नहुने , उत्पादनमा केन्द्रित हुने र उत्पादनमा वृद्धि हुने उनको तर्क छ ।

यस्तै वडा नम्वर ४ की उजेली बिकले जंगली जनाबर बाँदर लगायतले खेतबारीमा लगाएको खेतीपाती  जोगाउनै समस्या भएका बताइन् । यही अवस्थामा बाँदरले गरीखान नदिने र उठीबास लगाउने  अवस्था आएकाले उचित ब्यबस्थापन गर्न उनले आग्रह गरिन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षकहरुले मासिक रुपमा पारिश्रमिकको ब्यबस्थ ागर्न , दिवा खाजाको रकममा कमी भएको र बिद्यालय मर्च र दरबन्दी मिलानमा स्थानीय आवश्यकतालाई ध्यानमा राख्न सुझाब दिएका थिए ।

नेपाल नागरिक उड्यन प्राधिकरणसंग सहज रुपमा टिकटको ब्यवस्था गर्नका लागि आफूले पहल गरेको रेसुंगा नगरपालिकाका  प्रमुख खिलध्वज पन्थीले बताए ।  नागरिकहरुको समस्यालाई आफुले नजिकबाट नियालेको बताउँदै पन्थीले तत्काल समस्याको समाधान गर्ने दाबी गरे ।

नगरभित्रका नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्न र कृषकलाई उत्पादनसंग जोड्नका लागि नगरपालिकाले योजना बनाएको उनको भनाई छ । जंगली जनावरको समस्या राष्ट्रब्यापी भएको भन्दै जसको समाधानका लागि संघीय सरकारले नै नीति बनाउनुपर्नेमा उनले जोड दिए ।

होटल पौवाको स्थापना दिवसमा गुल्मीअस्पतालका बिरामीलाई फलफूल वितरण

0

तिलाचन पाण्डे
चैत २५,२०८० गुल्मीः होटल पौवाको आठौं स्थापना दिवसको अवसरमा  रेसुङ्गा शाखाले बिरामीलाई फलफूल वितरण गरेको छ । सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा उपचार गराइरहेका ३५ बिरामीलाई फलफूल वितरण गरिएको हो ।

स्थापना दिवसको अवसरमा देशभरका शाखाबाट सामाजिक काम गरिएको सन्दर्भमा गुल्मीको रेसुङ्गा शाखाले पनि बिरामीलाई फलफूल वितरण गरेको रेसुङ्गा शाखाका व्यवस्थापक प्रदीप घिमिरेले जानकारी दिए । होटल पौवाले रेसुङ्गा शाखाबाट बिरामीलाई फलफूल वितरणसँगै बिहानी समयमा रेसुङ्गा महापोखरी, मन्दिर र होटल पौवा परिसर सरसफाइ गरेको जनाएको छ ।

गुल्मी अस्पतालका डाक्टर मिलन भुसालले होटल पौवाले स्थापना दिवसको अवसरमा सामाजिक काम गरेकोमा पौवाको प्रगतिको कामना गरे । उनले बिरामीलाई स्वास्थ्य लाभको कामनासँगै फलफूल वितरण गरेकोमा होटल पौवालाई धन्यवाद दिए ।

नेपाल पत्रकार महासंघ गुल्मीको तर्फबाट सह–सचिव तिलाचन पाण्डेले होटल पौवाले स्थापना दिवसको अवसरमा रचनात्मक काम गरेको बताए । उनले यो कामबाट होटल पौवा बिरामी र समुदाय  प्रति समर्पित र उत्तरदायित्व बहन गरेको छ भन्दै अन्य संघसंस्थाले सोही बमोजिम गर्नुपर्ने पत्रकार पाण्डेले बताए ।

होटल पौवाका देशभर १२ शाखा संचालनमा छन् । नेपालगञ्चमा थप शाखा संचालनको तयारीमा रहेको पौवाले जनाएको छ ।

गुल्मीमा पहिलो पटक विद्युतिय गाडी सञ्चालनमा

0

तिलाचन पाण्डे
चैत २२,२०८० गुल्मीः गुल्मीमा पहिलो पटक विद्युतिय गाडी सञ्चालनमा आएको छ । मैत्री यातयात प्रालि तम्घास गुल्मी मार्फत जिल्लामा पहिलो पटक १० वटा विद्युतिय गाडी सञ्चालनमा आएका हुन् ।
बढदो पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै भाडादर बढने समस्याको अत्य विद्युतिय गाडीले गर्ने अपेक्षा नागरिकहरुको रहेको छ ।

विद्युतीय गाडीको बिहीबार एक कार्यक्रमकाबिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले सेवा शुभारम्भ गर्नुभयो ।
खत्रीले वातावरण मैत्री गाडी सञ्चालनमा ल्याएकोमा नागरिकलाई सहि तरिकाले सेवाप्रदान गर्न आग्रह गर्नुभयो । विद्युतिय गाडी भित्रिएसँगै यात्रुलाई पनि भाडादरमा राहत हुने भएकाले स्तरीय सेवा प्रदान गर्नुपर्नेमा खत्रीले जोड दिनुभयो ।

 

गुल्मी जिल्लाको ग्रामीण बस्ती सिमलटारीबाट पाल्पा, बुटवलसम्मका लागि छुट्ने गरि गाडी सञ्चालनमा आएको मैत्री यातायात्र प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले जानकारी दिनुभयो। मैत्री यातायात प्रालिले बिगत एक महिनादेखि विद्युतिय गाडीलाई परिक्षणको रुपमा सञ्चालन गरेर बिहीबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको जनाएको हो ।
विद्युतीय गाडीमा १४ सिट क्षमता रहेको छ । तम्घासदेखि बुटवल सम्मको भाडा प्रतिव्यक्ति ५६५ रुपैयाँ कायम गरिएको गौतमले बताउनुभयो ।


विद्याुतिय गाडीमा कायम गरिएको भाडादर डिजेल गाडीको तुलनामा २५ प्रतिशतसम्म सहुलियत रहेको मैत्री यातायात प्रालिले जनाएको छ । विद्युतीय गाडीको लागि मैत्री यातायात प्रालिले गुल्मीको तम्घास, रिडीमा चार्ज गर्ने स्टेसन निर्माण गरिएको छ ।

यातयातले सिमलटारी देखि भारतको सुनौली बोर्डरसम्मको रुट प्रमिट पाएको छ । विद्युतिय गाडीमा सीसी टिभी, क्यामेरा, वाइफाइ, जीपीएस समेत जडान गरिएको छ ।

मुख्यमन्त्री चौधरीको राजीनामा,महरा मुख्यमन्त्री बन्दै

0

दिवाकर पोख्रेल
देउखुरी, चैत २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले राजीनाम दिनुभएको संघीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले आज प्रदेशसभाको बैठकलाई शम्बोधन गर्दै पदबाट राजीनाम गर्नुभएको हो ।

मुख्यमन्त्रीले सरकार जोगाउन अन्तिम प्रयास गरेपनि सरकारमा सहभागि मन्त्रीहरुले राजीनीमा गर्दै नयाँ गठबन्धनलाई समर्थन गरेपछि बाध्य भएर राजीनिमा गर्नुभएको हो । प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ती पार्र्टी,लोकतान्त्रिक समाजवादी पार्टीको साथ लिएर सरकार जोगाउने प्रयास मुख्यमन्त्री चौधरीको सफल हुन सकेन । नागरिक उन्मुक्ती पार्टीको विवाद लुम्बिनीमा पनि देखियो । नागरिक उन्मुत्ती पार्टीबाट चौधरी नेतृत्व सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रहनु भएका धर्मविर चौधरी जसपाबाट मन्त्री रहनुभएका भण्डारी लाल अहिरेले विहिवार दिउशो राजनीमा बसझाएपछि मुख्यमन्त्री चौधरी थप दबावमा पर्नुभएको थियो ।

काँग्रेस संसदीय दलको बैठकमा प्रदेशसभालाई शम्बोधन गरेर राजिनामा गर्ने निर्णय बमोजिम चौधरीले प्रदेशसभालाइृ शम्बोधन गर्दै राजीनामा गर्नुभएको हो । प्रदेशसभालाईशम्बोधन गर्दै चौधरीले आफ्नो कार्यकालमा भएका कामको जानकारी गराउँदै आफु नेतृत्व सरकारले गर्न खोजेको कामलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो । कर्मचारीतन्त्र प्रति आक्रमक देखिनु भएका चौधरीले कर्मचारीले काम नगर्ने प्रवृतिलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । संघीयता कार्यन्वयन र संस्थागत गर्ने विषयमा निन्ता व्यक्त गर्नुभएका चौधरीले प्रदेशसभामा रहेका सबैदल एक ठाउँमा आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकार आउने जाने त होला हुन्छ, तरहामी अब सबै दल एक ठाउँमा बसेर मुख्यमन्त्री चौधरी वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत ल्याउनु भएको थियो ।

मुख्यमन्त्री चौधरीले प्रदेशसभालाई शम्बोधन गर्दै राजनीतिक उथलपुथललेसंघीयता खतरामा रहेको बताउनुभयो ।पटकपटक सरकार बन्ने र भत्कने खेलले प्रदेशको औचित्य सावित गर्न नसकिने भन्दै अब दलहरु प्रदेश,संघीयताकोऔचित्य पुष्ट्रि गर्नेगरी छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँलेभन्नुभयो,‘सरकार जाने जस्तो भयो भने कर्मचारीले काम नगर्ने,काम नै छाड्ने भयो,तरपनि सरकारले जनताको घरघरमा जाने प्रयास गरेको थियो ।’ अब बन्ने सरकारले पनि संघीयताको औचित्य पुष्ट्रि गर्नेगरी जनताको काम गर्न आवश्यकरहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री चौधरीले राजीनामा गरेपछि लुम्बिनीमा नयाँ सरकारको गठनको बाटो खलेको छ ।

यसैविच लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रलाई मुख्यमन्त्री बनाउने गरी नेकपा एमाले माओवादी सहितको गठबन्धन विच पाँच बुंदे सहमति भएको छ । नेकपा माओवादी केन्द्र माओवादीका जोखवहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने गरी सहमति भएको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले जानकारी दिनुभयो ।

यस्तै सहमतिमा प्रदेश सरकारबाट गर्ने सबै राजनीतिक नियुत्तीहरुमा सरकारमा सहभागि सबै दलहरुको अपनत्व हुने गरी उल्लेख छ । प्रदेशको पहचिान गर्ने प्रदेश गौरवका योजनाहरु साझेदार दलहरुको साझा प्राथमिकताको रुपमा कार्यान्वयन गरिने उल्लेख छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम,बजेटको प्राथमिकता र उदेश्य निर्धारण,बजेट निर्माण लगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागि दलहरुको नेतृत्वबाट निर्देशक समिति निर्माण गरि कार्यसम्पादन गर्ने नीति अवलम्बन गर्ने पनि सहमति भएको छ ।

सहमति पत्रमा नेकपा माओवादी केन्द्रका संसदीय दलकानेता जोखबहादुर महरा,नेकपा एमालेका संसदीयदलका नेता लिला गिरी,जनता समाजवादी पार्टीका संसदीय दलका नेता भण्डारीलाल अहिर,एकिकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र साँसद खड्क बस्नेतले हस्ताक्षर गर्नुभएको छ । सहमति पत्रमा हस्ताक्षर गर्ने दलको प्रदेशसभा संख्या ४४ छ । ८६ प्रदेशसभा सदस्य मध्ये सरकार गठनका लागि आवश्यक पर्ने संख्या पुगिसकेको र नागरिक उन्मुक्ती, लोकतान्त्रिक समाजवादी पार्टी संगपनि छलफल भएकोले विहीवारै प्रदेश प्रमुख समक्ष नयाँ सरकारको दावी पेश गर्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता इन्द्रजित थारुले जानकारी दिनुभयो ।

 

 

गुल्मीका कृषकलाई उन्नत जातको उखुको बीउ

0

चैत्र १६,२०८० गुल्मी – कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई उन्नत जातको उखुको बीउ बितरण गरेको छ ।जिल्लाको छत्रकोट गाउँपालिका -३ छत्रकोटका तीन कृषकलाई  जीतपुर ८ नामक एक टन उखुको बीउ बितरण गरिएको हो ।

बिगतदेखि  रैथाने परम्परागत शैलीमा गर्दै आएका कृषिलाई व्यावसायिक बनाउने उदेश्य सहित पालिका भित्रका केही कृषकलाई उखुको बीउ बितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जीतपुर ८ नामक उखुको बीउ उखु अनुसन्धान केन्द्र जीतपुर बाराबाट लिएर कृषकलाई वितरण गरेको कार्यालयले जनाएको छ । हर्दिनेटाका तीनजना कृषक देव बहादुर कार्की , सन्तोष पौड्याल र घनश्याम पन्थलाई  वितरण गरिएको हो । उखुको बीउ पाएसङ्गै कृषकमा केही उत्साह थपिएको छ ।

उखु खेती र गुण तथा खुदो उत्पादनको लागि छत्रकोट गाउँपालिकाको दिगाम, मानकोट, खर्ज्याङ्ग र हर्दिनेटा प्रसिद्ध मानिन्छन् । यहाँ उत्पादन भएको गुण प्रतिकेजी २ सय ५० रुपैयाँ र खुदो प्रतिलिटर २ सयमा बिक्री गर्दै आएको स्थानीय जनक पन्थले जानकारी दिए ।
उखु खेती र यसको व्यावसायिक विस्तारको लागी गाउँपालिकाले उखु महोत्सवको आयोजना गर्न लागेको उपाध्यक्ष साबित्रा ज्ञवालीले बताइन् । उखु खेतीको थप बिस्तार  गरेर गाउँपालिकालाई उखु पकेट क्षेत्रको रुपमा विकास गर्न आफुहरुले लागेको उपाध्यक्ष ज्ञवालीले बताइन् ।

ज्ञान केन्द्रले हस्तान्तरण गरेको उखुको बीउलाई कृषकले सदुपयोग गरेर उत्पादनमा वृद्धि गर्नुपर्नेमा वडाध्यक्ष तेजकान्त अर्यालले जोड दिए । जिल्लाको छत्रकोट र रुरुक्षेत्र गाउँपालिका उखु खेतीका लागि प्रसिद्ध मानिन्छन् । जसमा स्थानिय रातो कोशेर, उखुडी, जीतपुर २ खेती हुँदै आएको छ । यसै बर्षदेखि उन्नत जातको जीतपुर ८ नामक उखुको बीउलाई परिक्षणको रुपमा गुल्मीमा ल्याइएको छ ।

बिगत १० बर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका कृषक सन्तोष पौड्याल उन्नत जातको उखुको बीउ पाएकोमा खुसी व्यक्त गरे । यस आर्थिक बर्षमा ८४ क्विन्टल उखु बिक्री गरेको उनले बताए । कृषकले उखुलाई  प्रतिकेजी आठ रुपैयाँमा बिक्री गरेका छन् । यस आर्थिक बर्षमा धुर्कोट गाउँपालिकाको बेल्टारी र छत्रकोट गाउँपालिका हर्दिनेटाका कृषकलाई ६ टन उखुको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए । स्थानीय बाली संगै यसको थप व्यावसायिक खेती र यसको विस्तार गर्न बीउ वितरण गरिएको उनले बताए ।