होटल पौवाको स्थापना दिवसमा गुल्मीअस्पतालका बिरामीलाई फलफूल वितरण

0
193

तिलाचन पाण्डे
चैत २५,२०८० गुल्मीः होटल पौवाको आठौं स्थापना दिवसको अवसरमा  रेसुङ्गा शाखाले बिरामीलाई फलफूल वितरण गरेको छ । सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा उपचार गराइरहेका ३५ बिरामीलाई फलफूल वितरण गरिएको हो ।

स्थापना दिवसको अवसरमा देशभरका शाखाबाट सामाजिक काम गरिएको सन्दर्भमा गुल्मीको रेसुङ्गा शाखाले पनि बिरामीलाई फलफूल वितरण गरेको रेसुङ्गा शाखाका व्यवस्थापक प्रदीप घिमिरेले जानकारी दिए । होटल पौवाले रेसुङ्गा शाखाबाट बिरामीलाई फलफूल वितरणसँगै बिहानी समयमा रेसुङ्गा महापोखरी, मन्दिर र होटल पौवा परिसर सरसफाइ गरेको जनाएको छ ।

गुल्मी अस्पतालका डाक्टर मिलन भुसालले होटल पौवाले स्थापना दिवसको अवसरमा सामाजिक काम गरेकोमा पौवाको प्रगतिको कामना गरे । उनले बिरामीलाई स्वास्थ्य लाभको कामनासँगै फलफूल वितरण गरेकोमा होटल पौवालाई धन्यवाद दिए ।

नेपाल पत्रकार महासंघ गुल्मीको तर्फबाट सह–सचिव तिलाचन पाण्डेले होटल पौवाले स्थापना दिवसको अवसरमा रचनात्मक काम गरेको बताए । उनले यो कामबाट होटल पौवा बिरामी र समुदाय  प्रति समर्पित र उत्तरदायित्व बहन गरेको छ भन्दै अन्य संघसंस्थाले सोही बमोजिम गर्नुपर्ने पत्रकार पाण्डेले बताए ।

होटल पौवाका देशभर १२ शाखा संचालनमा छन् । नेपालगञ्चमा थप शाखा संचालनको तयारीमा रहेको पौवाले जनाएको छ ।

SHARE