गुल्मीमा कानुनी सचेतनासंगै विद्युतीय सुरक्षा दिवस मनाइयो

0
50

तिलाचन पाण्डे
चैत २६,२०८० गुल्मी : गुल्मीमा कानुनी सचेतना संगै विद्युतीय सुरक्षा दिवस मनाइएको छ ।

 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द गुल्मीले नगरौ है चोरीको धन्दा , परिएला कानुनको फन्दा, प्रलोभनमा नपरौ,विद्युतको सुरक्षित प्रयोगगरौ भन्ने जस्ता नाराहरु लगाउँदै सचेतना फैलाएको छ ।

 

प्राधिरणले सचेतनामूलक नाराहरु लगाउँदै प्रभातफेरी समेत गरेको थियो । विद्युतको सही तरिकाले प्रयोग गर्न र सुरक्षा अपनाउनका  लागि यसरी सचेतना फैलाएको केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

 


विद्युत चोरी गर्ने कार्यमा कसैले उक्साएमा वा चोरी गरेमा कानुन अनुसारको कारवाही हुने भएकाले कसैको लहलहैमा नलाग्न र सही तरिकाले प्रयोग गर्नका लागि आग्रह गरिएको लेखा प्रमुख विष्णु न्यौपानेले बताउनुभयो ।

SHARE