Friday, June 5, 2026

मुसिकोटको नीतिः वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास

0

सूर्य सुनार
गुल्मी : मुसिकोट नगरपालिकाले वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास कार्यक्रम मार्फत रोजगारी दिने भएको छ ।

आर्थिक वर्ष २०८१÷२०८२ को नीति तथा कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नगरपालिका भित्र रहेका नागरिकहरुलाई रोजगारीमा जोड्न उक्त कार्यक्रम ल्याइएको बताउनुभयो ।

सोेही कार्यक्रम मार्फत पर्यटकीय स्थल मालिका मन्दिर, सालिमे दह, शहित पार्क र मुसिकोट दरबारमा सरसफाई तथा बजारको फोहोर व्यवस्थापन गर्न एक एक जनालाई रोजगारी दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई उद्यमशीलता विकास गर्न नगरपालिकामा लघु, घरेलु तथा साना उद्योग रैथाने तथा पराम्परागत सिप र पेशामा आधारित उद्यमशिलता प्रवद्र्धन गर्ने कार्यक्रमलाई जोड् दिएको छ ।

मुसिकोट नगरपालिकाले कृषि तर्फ दिदै आएको ५० प्रतिशत अनुदानलाई बढाएर अब ७५ प्रतिशत अनुदान दिने नगरप्रमुख खरेलले बताउनुभयो ।
गुणस्तरिय एवं व्यावहारिक शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, कृषि, पर्यटन र भौतिक पूर्वाधारमा नगरपालिकाले प्राथमिक दिएर नीति तथा कार्यक्रम लिएको छ ।

कालीगण्डकी गाउँपालिकाले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने

0
कालीगण्डकी गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार ६,२०८१ गुल्मीः कालीगण्डकी गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्रान्डिङ गर्ने भएको छ ।
स्थानीय स्तरमा उत्पादन हुने स्थानीय मदिराजन्य पेय पदार्थ ब्यबस्थापन ऐन २०८० गाउँसभाबाट पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा उत्पादन हुने कोदोलगायत अन्य फलपूलको मदिरालाई गुणस्तर मापन गरी ब्रान्डिङ गर्ने गरी ऐन तयार पारी पारित गरिएको गिरीले बताउनुभयो । ऐन गाउँसभाबाट पारित भइसकेकाले अब नियमावली र कार्यविधि बनाएर अन्य कार्य अगाडी बढाइने उहाँको भनाई छ ।

गाउँपालिकाले तयार गरेको ऐन विपरीत घरेलु मदिरा बिक्री वितरण गर्ने र उत्पादन गरे एक लाखसम्म जरिवाना गर्न सक्ने ऐनमा उल्लेख गरिएको छ ।

अहिले पनि गाउँमा घरेलु मदिराका भट्टीहरु चलेको भन्दै तिनीहरुलाई बैधानिक रुपमा दर्ता गरि कानुनी दायरामा ल्याएर साना उद्योगको रुपमा सञ्चालन गर्ने र उनीहरुलाई ब्यवसायीक बनाउने गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो ।

पालिका भित्र जनजाती बस्ती धेरै भएको भन्दै जन्म देखि मृत्युसम्मका लागि मदिराको संस्कार पनि रहेकाले यसलाई ब्यबस्थापन गर्न ऐन जारी गरिएको उहाँको दाबी छ । ऐन लागु भए पश्चात लुकीछिपी मदिरा बिक्री बितवरणमा कमी आउने र दर्ता प्रक्रियामा आएपछि करको दायरा पनि बढ्ने थापाको दाबी छ ।

गाउँपालिका भित्र सकभर मदिरा सेवन नगर्ने र सेवन गर्नै पर्ने भए स्थानीय उत्पादन नै दिनुपर्ने गाउँपालिकाले जनाएको छ ।
स्थानीय मदिरालाई ब्यबस्थित गर्दा साना उद्योगमा लगानी हुने,गाँउमा स्थानीय कोदोका साथै यसै खेरा गइरहेका फलफूलहरुको सदुपयोग गरी रोजगारीको पनि सृजना हुने गाउँपालिकाले दाबी गरेको छ । कार्यन्वयनमा ल्याउने गरी आफूहरुले कार्य गरिरहेकको र कार्यन्वयनमा ल्याएरै छाड्ने थापाको भनाई छ ।

२०७८ मा मालिका गाउँपालिकाले स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने गरी ऐन बनाए पनि कार्यन्वयनमा भने ल्याउन सकेको छैन ।

मदिरा उत्पादनका लागि उद्योग विभागबाट नयाँ लाइसेन्स जारी गर्ने कार्य बन्द भएको र पूराना लाइसेन्स प्राप्त ब्यक्तिहरु मालिकामा आएर उत्पादन गर्नका लागि तयार नभएकाले कार्यन्वयनमा आउन नसकेको सूचना अधिकारी जगतबहादुर पौडेलले जानकारी दिनुभयो ।

 

 

गुल्मीदरबार गाउँपालिकाले सल्लाका रुखहरु विस्थापन गर्ने

0
गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै अध्यक्ष सरोजकुमार थापा । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार ६,२०८१ गुल्मी : गुल्मीदरबार गाउँपालिकाले सल्लाका रुखहरु विस्थापन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले आगलागी र डढेलोको मुख्य कारक सल्लाका रुखहरु भएकाले त्यसलाई ब्यबस्थापन गर्ने नीति लिएको उहाँको भनाई छ । सल्लाका रुखहरु विस्थापन गरी अन्य रुखहरु रोप्ने र हरियाली बनाउने गरी पालिका लागेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै खानेपानीका मुहानहरु सुक्दै गएकाले जलाधार संरक्षणका एक वडा पाँच पोखरी निर्माण गर्नै गरी गाउँपालिकाले नीति लिएको छ । पालिका भित्र रहेका ७ वटा वडाहरुमा न्यूनतम ३५ वटा सुक्खा पोखरी निर्माण गर्ने पालिकाले नीति लिएको छ । सुक्खा पोखरी निर्माणले जलाधार संरक्षण हुने र पानिका मुलहरु सुक्नबाट केही भएपनि राहत पुग्ने पालिकाले विश्वास लिएको छ ।

पछिल्लो समयमा जंगली जनावर बाँदर र बंदेलले कृषकहरुलाई सताएको भन्दै उक्त समस्याको समाधानमा पनि उचित पहल गरिने पालिकाले जनाएको छ ।

पालिकाले पर्यटकीय क्षेत्रको बिकासका निम्ती एक वडा एक पर्यटकीय गन्तब्य स्थाल अभियान सञ्चालन गर्ने नीति पनि लिएको जनाएको छ । पालिका भित्रका पर्यटकीय स्थलको पहिचान गरी एकिकृत पर्यटन बिकासलाई प्राथमिकतामा राखेको अध्यक्ष थापाले बताउनुभयो ।

रुरुक्षेत्रले ३५८ वर पिपलका बिरुवा रोपण गर्ने

0
रुरुक्षेत्र गाउँपालिकाको कार्यालय । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार ६,२०८१ गुल्मीःरुरुक्षेत्र गाउँपालिकाले ३५८ वर पिपलका बिरुवा रोपण गर्ने भएको छ । गाउँपालिकाको वार्षिक स्विकृत कार्यक्रम अन्र्तगत टोलविकास संस्थामार्फत वर पिपलका बिरुवाहरु रोपण गर्नेलाई प्रतिबिरुवा दुई हजारका दरले प्रदान गर्ने कार्यक्रम रहेको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा धार्मिक तथा पर्यावरणीय तवरले महत्वपूर्ण रहेका ३५८ वर पिपलका बिरुवा रोपण गर्ने स्विकृत कार्यक्रम रहेकाले त्यसको कार्यन्वयन गर्ने चरणमा रहेको पाण्डेको भनाई छ । वडा नम्वर एकको रुरु टोलविकास संस्थाले १०८ बोट वर पिपलका बिरुवा रोपणका लागि सम्झौता गरिसकेको र अन्य संस्थाहरुले पनि सम्झौता गरि कार्यन्वयन गर्नका लागि सूचना प्रकाशन गरिएको पाण्डेले बताउनुभयो ।

खाडल खनेर वर पिपलका बिरुवा रोपण गरी मल जल राख्ने ब्यवस्था सोही रकमबाट हुने छ । बिरुवा संरक्षणका लागि फलामे जाली लगाएको तस्विर संलग्न गरी असार १२ गतेभित्र भुक्तानीका लागि पालिकामा पेश गर्नुपर्ने पालिकाले जनाएको छ ।

रुरुक्षेत्र धार्मिक क्षेत्र पनि भएकाले वर पिपलका बिरुवा रोपण गर्ने कार्यलाई अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । यसका साथै पर्यावरणीय रुपमा थप टेवा पुग्ने भएकाले यस्तो कार्य गरिएको उहाँको भनाई छ ।

गाउँपालिकाले प्रत्येक वडामा पाँच वटाका दरले सुक्खा पोखरी निर्माण गर्ने कार्यक्रम पनि अगाडि बढाएको छ । जलाधार संरक्षणका लागि सुक्खा पोखरी निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अभियानका रुपमा नै चलाएको ज्ञवालीले दाबी गर्नुभयो ।

 

पछिल्लो समयमा पानीका मुहानहरु सुक्दै जान थालेकाले त्यसको संरक्षणका लागि सुक्खा पोखरीले थप टेवा पुग्ने उहाँको दाबी छ ।

गुल्मीमा ६२ वर्षीय राना मृत फेला

0

असार ४,२०८१ गुल्मीः गुल्मीमा असार ३२ गते खेतमा जान्छु भन्दै घरबाट हिँडेका एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर १ घर भएका ६२ वर्षीय ठगबहादुर राना मुसिकोट नगरपालिका वडा नम्वर २ टारीडाँडा स्थित खेतको पाखामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जेठ ३२ गते बिहान खेतमा जान्छु भन्दै हिँडेका राना घरमा नर्फिएपछि आफन्तले खोजतलास गरेका थिए । खोजतलासको क्रममा आफन्तहरुले मृत अवस्थामा खेतमा देखेपछि प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

चन्द्रकोट दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगीता सम्पन्न, वडा नम्बर ८ लाई उपाधि

0

जेठ २९,२०८१गुल्मी :चन्द्रकोट गाउँपालिकामा दोश्रो अध्यक्ष कप गाउँपालिभित्रका अन्तर वडा स्तरीय खुला पुरुष भलिवल प्रतियोगीता सम्पन्न भएको छ ।

 

जेठ २७ र २८ गते गाउँपालिकोको केन्द्र शान्तिपुरमा सम्पन्न भएको दोश्रो अध्यक्ष कप भलिवलको उपाधि चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्गले जितेको छ । यस्तै वडा नम्बर २ बिशुखर्कको समूह उपबिजेता हुदाँ वडा नम्बर ४ शान्तिपुरले तृतीय स्थानमा चित्त बुझाएको छ । दोश्रो अध्यक्ष कप भलिवल प्रतियोगीतामा चन्द्रकोट गाउँपालिका अन्तर्गतका ८ वडाबाट कुल ८ समूहको सहभागीता रहेको थियो ।

गाउँपालिकाले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यले दाश्रो अध्यक्ष कपको आयोजना गरेको जनाएको छ । आगामी दिनमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पु–याउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए ।

 

प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने समूहलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित क्रमशः नगद रु ६० हजार, ४० हजार र २५ हजार सहित पुरस्कृत गरिएको थियो । त्यस्तै विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्पाइकर दिपक सुनार, उत्कृष्ट ब्लकर राहुल सुनार, उत्कृष्ट सेटर सुदिप सुनार, उत्कृष्ट सर्भर ममित राना, उत्कृष्ट लिबेरो खिम बहादुर रोका र सर्बोत्कृष्ट खेलाडी बिसाल सुनरालाई जनही नगद रु १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित क्रमशः नगद रु ६० हजार, ४० हजार र २५ हजार सहित पुरस्कृत गरिएको थियो । त्यस्तै विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्पाइकर दिपक सुनार, उत्कृष्ट ब्लकर राहुल सुनार, उत्कृष्ट सेटर सुदिप सुनार , उत्कृष्ट सर्भर ममित राना, उत्कृष्ट लिबेरो खिम बहादुर रोका र सर्बोत्कृष्ट खेलाडी बिसाल सुनरालाई जनही नगद रु १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सोही प्रतियोगिताको अवसरमा भएको जनप्रतिनिधि तथा कर्मचारीबीचको मैत्रीपूर्ण खेलमा विजेता कर्मचारीको समुहलाई समेत शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको छ । साथै सोही अवसरमा चन्द्रकोट गाउँपालिका वडा नं. १ दिव्रुङ्ग निवासी आइटिफ तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक एवम तेक्वान्दो खेलाडी नबराज खरेललाई नगद पुरस्कार रु. २० हजार सहित यो सम्मान गरिएको थियो ।

जेठ २८ गते सोमबार समापन समारोह कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, वडाध्यक्षहरु शिक्षा अधिकृत लगायतका कर्मचारीहरु, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न क्लव तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

एमाले कालीगण्डकीमा नयाँ नेतृत्व

0

टोपलाल अर्याल
जेठ २७,२०८१ गुल्मी :नेकपा एमाले कालीगण्डकी गाउँकमिटी स्याङ्जाको दोस्रो अधिबेशनले इन्द्र बहादुर थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

 

अधिबेशनले कमिटीको उपाध्यक्षमा गोकुल राना, सचीवमा एक नारायण न्यौपाने (प्रकाश) तथा उपसचिवमा रमेश भट्टराई र सीता रानासहित ५५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको हो । त्यस्तै अधिबेशनले डम्बर रानाको संयोजकत्वमा लेखा आयोग गठन गरेको छ ।

 

अधिबेशनको नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सिमा क्षेत्रीले गरेकी थिइन् । कार्यक्रममा कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष तथा गाउँपालिका महासघका केन्द्रिय महासचिव खिम बहादुर थापा, जिल्ला कमिटी सचीव रामचन्द्र भट्टराई लगायतका नेताहरुले अधिबेशनमा सम्बोधन गरेका थिए ।

गुल्मीदरबार पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषण

0

तिलाचन पाण्डे
जेठ २५ २०८१ गुल्मी :  गुल्मीदरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषण भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण गर्नुभएको हो । घोषण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खत्रीले कार्यक्रम घोषणमा मात्र सीमित नभई दिगोपनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कतिपय कार्यक्रमहरु घोषणमा मात्रै सीमित हुने भएको उदाहरण प्रस्तुत गर्दै खत्रीले दिगोपना हुने गरी कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

विभिन्न १६ वटा सूचकहरु पूरा गरी पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चत घोषण गर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो । पालिका भित्रका ७ वटा स्वास्थ्य संस्थाहरुले  १६ वटा सुचक पार गरी पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चत घोषण गरिएको उहाँको भनाई छ ।

 

पालिकलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चत घोषण गर्नका लागि हालसम्म भएका कार्यहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी गराउनुभएको थियो ।


गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर कार्य गर्दै आएको बताउनुभयो ।  कार्यक्रममा पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।

पाल्पामा लोडर दुर्घटनामा एकको मृत्यु

0

जेठ २५,२०८१पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका(८ कञ्चन खोलामा लोडर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दियाको बागडोरी गाउँपालिका(६ का २६ वर्षीय कमल चौधरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो। गम्भीर घाइते उहाँको रूपन्देहीको बुटवलस्थित चौराह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

लोडर चालक कैलालीको घोडाघोडी गाउँपालिका(२ का ३० वर्षीय समीर चौधरी गम्भीर घाइते हुनुभएको छ। उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ।​

पाल्पास्थित सालझण्डी(ढोरपाटन सडकखण्डमा सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बरको लोडर दुर्घटना भएको थियो। ब्रेक फेल भई सडकभन्दा २० मिटर तल खोलामा खसेको श्रेष्ठले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ .

आज विश्व वातावरण दिवस

0

काठमाडौं : ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ।

 

दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्। ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ’, उनले भनेका छन्।

 

उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्।