गुल्मीमा ६२ वर्षीय राना मृत फेला

0
66

असार ४,२०८१ गुल्मीः गुल्मीमा असार ३२ गते खेतमा जान्छु भन्दै घरबाट हिँडेका एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर १ घर भएका ६२ वर्षीय ठगबहादुर राना मुसिकोट नगरपालिका वडा नम्वर २ टारीडाँडा स्थित खेतको पाखामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जेठ ३२ गते बिहान खेतमा जान्छु भन्दै हिँडेका राना घरमा नर्फिएपछि आफन्तले खोजतलास गरेका थिए । खोजतलासको क्रममा आफन्तहरुले मृत अवस्थामा खेतमा देखेपछि प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

SHARE