गुल्मीदरबार पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषण

0
61

तिलाचन पाण्डे
जेठ २५ २०८१ गुल्मी :  गुल्मीदरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषण भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण गर्नुभएको हो । घोषण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खत्रीले कार्यक्रम घोषणमा मात्र सीमित नभई दिगोपनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कतिपय कार्यक्रमहरु घोषणमा मात्रै सीमित हुने भएको उदाहरण प्रस्तुत गर्दै खत्रीले दिगोपना हुने गरी कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

विभिन्न १६ वटा सूचकहरु पूरा गरी पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चत घोषण गर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो । पालिका भित्रका ७ वटा स्वास्थ्य संस्थाहरुले  १६ वटा सुचक पार गरी पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चत घोषण गरिएको उहाँको भनाई छ ।

 

पालिकलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चत घोषण गर्नका लागि हालसम्म भएका कार्यहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी गराउनुभएको थियो ।


गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर कार्य गर्दै आएको बताउनुभयो ।  कार्यक्रममा पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।

SHARE