एमाले कालीगण्डकीमा नयाँ नेतृत्व

0
199

टोपलाल अर्याल
जेठ २७,२०८१ गुल्मी :नेकपा एमाले कालीगण्डकी गाउँकमिटी स्याङ्जाको दोस्रो अधिबेशनले इन्द्र बहादुर थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

 

अधिबेशनले कमिटीको उपाध्यक्षमा गोकुल राना, सचीवमा एक नारायण न्यौपाने (प्रकाश) तथा उपसचिवमा रमेश भट्टराई र सीता रानासहित ५५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको हो । त्यस्तै अधिबेशनले डम्बर रानाको संयोजकत्वमा लेखा आयोग गठन गरेको छ ।

 

अधिबेशनको नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सिमा क्षेत्रीले गरेकी थिइन् । कार्यक्रममा कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष तथा गाउँपालिका महासघका केन्द्रिय महासचिव खिम बहादुर थापा, जिल्ला कमिटी सचीव रामचन्द्र भट्टराई लगायतका नेताहरुले अधिबेशनमा सम्बोधन गरेका थिए ।

SHARE