Thursday, June 4, 2026

शिलान्यासमा तामझाम, पाँच वर्षमा पनि बनेनन् गुल्मीका आधारभुत अस्पताल

0
मालिका गाउँपालिकाको निर्माणधिन अस्पताल

तिलाचन पाण्डे
जेठ १४,२०८३ गुल्मीः शिलान्यास भएको पाँच वर्ष भन्दा बढी हुँदा पनि गुल्मीका अस्पताल सम्पन्न हुन सकेको छैनन् । २०७७ साल मङसिर १५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरुमा एकै दिन अस्पतालहरुको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलन्यास भएका अस्पतालको अवस्था दयनीय छन् ।

अस्पतालको शिलन्यास गर्नका लागि केन्द्रिय मन्त्री, पुर्व मन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यहरुले गाउँ–गाउँमा पुगेर एकै दिन दुई तीन वटा अस्पतालको शिलन्यास गर्नसमेत हतार हतार गर्नुभयो । शिलन्यास भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पनि थुप्रै स्थानीय तहका अस्पताल निर्माणको कामले गति लिन सकेका छैनन् ।

छत्रकोट अझै अन्योलमा

छत्रकोट गाउँपालिकाको १५ शैयाको अस्पताल तत्कालिन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलन्यास गर्नुभयो । वडा नं ४ श्रृङ्गामा अस्पतालको शिलन्यास गरेको झण्डै पाँच वर्ष पुग्न लाग्दासमेत अस्पताल बन्ने होकी होइन भन्नेमै अन्योल स्थिति रहेको छ ।
शिलन्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएकाले शिलन्यास गरिएको जग्गाको करिव तीन सय मिटर पर लामो कसरत पश्चात जग्गाको ब्यबस्थापन गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेका अनुसारजग्गा प्राप्तीको कार्य सम्पन्न भई डिपीआरलगायतका कार्य सम्पन्न भएपनि पछिल्लो अवस्थामा स्रोतको सुनिश्चिततामा अन्योलनै कायम रहेकाले बोलपत्र गर्नमा पनि अन्योल नै रहेको छ ।
मालिकाको बल्ल सुरु
मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गमा पूर्व मन्त्री तथा संघीय सांसद गोकर्णराज बिष्टले तामझामका साथ अस्पतालको शिलन्यास गर्नुभयो । उक्त शिलन्यास गरिएको अस्पताल लामो समयसम्म शिलन्यासमै मात्र सीमित रहन पुग्यो ।
शिलन्यास गरिएको जग्गामा मापदण्ड नपुेकाले नजिकै जग्गाको ब्यवस्थापन गरी अस्पताल निर्माणको कार्य अगाडी बढेको छ । गाउँपालिकाका इन्जिनियर विष्णु अर्यालका अनुसार हालसम्म ३० प्रतिशत भौतिक र २२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

धुर्कोटमा ३० प्रतिशत काम

धुर्कोट गाउँपालिको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको वेस (घडेरी मा)पहिरो आएका कारण निर्माणको कार्य अगाडि बढ्न सकेको थिएन ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालका अनुसार लामो समयको कसरत पश्चात मन्त्रालयबाट डिपिआर र नक्सा केही परिवतर्न गरी गत वर्षबाट अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । अहिले अस्पताल निर्माणको भौतिक र आर्थिक प्रगति करिव ३० प्रतिशत भएको उहाँको भनाइ छ । पूर्वमन्त्री समेत रहनुभएका गोकर्णराज बिष्टले शिलन्साय गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोड बढीको लागतमा पाएको छ ।

इश्मामा ४५ प्रतिशत काम

गाउँपालिकाका इन्जिनियर हरिप्रसाद पाण्डेका अनुसार इस्मा गाउँपालिका ४ दोहली स्थित गुरुङगाडेमा १५ शैयाको अस्पताल निर्माणको कार्य ४५ प्रतिशत भौतिक प्रगति भएको छ । १० करोड ८५ लाख ३६ हजारको लागतमा सुनिल समिर निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ ।

रुरुक्षेत्रमा ८५ प्रतिशत काम

गाउँपालिकाका इन्जिनियर सुशिल पन्थीका अनुसार रुरुक्षेत्र गाउँपालिकाको वडा नं १ को रातामाटामा निर्माणधिन अस्पतालको करिव ९० प्रतिशत भौतिक प्रगति ८५ प्रतिशत भएको छ । अस्पतालको लुम्बिनी प्रदेशका तत्कालिन सामाजिक बिकासमन्त्री सुदर्शन बरालले शिलन्यास गर्नु भएको हो । प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ ५९ रुपियाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।

कालीगण्डकीमा ५५ प्रतिशत भैतिक प्रगति

तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलन्यास गरेको अस्पतालको ५५ प्रतिशत भौतिक र आर्थिक प्रगति भएको छ । गाउँपालिकाको वडा नम्वर तीन कनौटामा करिव साढे १२ करोडको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभिले अस्पताल निमार्णको कार्य गरेको छ । उक्त अस्पतालको शिलन्यास गरे लगत्तै मन्त्री ज्ञवाली प्रभुको हेली मार्फत पोखरा हुँदै मन्त्री परिषदको बैठकमा सामेल हुन हतारमा काठमाडौँ फर्किनुभएको थियो ।

सत्यवती गाउँपालिकामा १५ शैयाको अस्पताल वडा नं ६ जोहांङमा निर्माणधिन अवस्थामा छ । गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेका अनुसार ८५ प्रतिशत भौतिक प्रगति र ६० प्रतिशत भन्दा बढी आर्थिक प्रगति भएको छ । १२ करोड बढीको लागतमा आशिष योगेश्वर जेभी काठमाण्डौँ निर्माण सेवाले निर्माण कार्यको जिम्मा पाएको छ ।
मदाने गाउँपालिकामा वडा नं ६ पुर्कोटदहमा अस्पताल निर्माणको भौतिक प्रगति ७२ र वित्तीय प्रगति ६८ प्रतिशत रहेको छ । हिमदुम–एसी निर्माण कम्पनी बाग्लुङले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।

मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर गौतमका अनुसार मुसिकोट नगरपालिका वडा नं ७ मा १५ शैयाको अस्पतालको निर्माण कार्य ९० प्रतिशत भौतिक प्रगति र ८४ प्रतिशत वितीय प्रगति भएको बताउनुभयो । उक्त अस्पतालको निर्माणको जिम्मा खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले पाएको छ । ११ करोड १० लाख २६ हजार १०८ रुपियाँ लागतमा अस्पताल निर्माण हुनेछ । ८४

दुई अस्पताल सम्पन्न भई सञ्चालमा

गुल्मी दरवार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ शैयाको अस्पताल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याएको छ । उक्त अस्पताल बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको थियो ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ शान्तिपुरमा पनि अस्पताल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । कुल १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको छ ।

बस दुर्घटनामा ३८ जना घाइते, दुई जनाको अवस्था गम्भीर

0

जेठ १२,२०८३ कपिलबस्तु : जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल कपिलवस्तुमा उपचार गरिएको र थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ ।

बस चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढा लगायत यात्रुहरू घाइते भएका छन् । गम्भीर घाइतेहरूमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक रहेका छन् ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हावाहुरीले दुई दर्जनभन्दा बढी घरमा क्षति

0

जेठ १२,२०८३ बागलुङ : बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा गएराति आएको भीषण हावाहुरी र असिनापानीसहितको वर्षाले ठुलो क्षति पुर्‍याएको छ । प्राकृतिक विपत्तिका कारण दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

विशेषगरी तीव्र हावाहुरीले घरका छाना उडाउने, भित्तामा चिरा पार्ने तथा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या निम्त्याएको हो । रातिको समयमा आएको विपत्तिले स्थानीय बासिन्दा त्रसित बनेका थिए ।

स्थानीयका अनुसार डेमबहादुर घिमिरे, डुकुराज घिमिरे, चेमकली घिमिरे, मनिषा घिमिरे, तारापति घिमिरे, भीमबहादुर रास्कोटी, कल्पना घिमिरे, देविचन रास्कोटी, अमृत जिसी, सागर जिसी, अमरबहादुर पाइजा लगायतका घरमा बढी क्षति पुगेको छ ।

धेरै घरका जस्तापाता उडेको, गोठ तथा भण्डारण कक्षमा क्षति पुगेको र खाद्यान्नसमेत भिजेर नष्ट भएको बताइएको छ । विपत्तिपछि गाउँमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ भने केही परिवार सुरक्षित स्थानतर्फ सारिन बाध्य भएका छन् । यद्यपि हालसम्म मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन् ।

हावाहुरी र असिनापानीले घर तथा भौतिक संरचनासँगै किसानले लगाएको मकैबालीसमेत पूर्ण रूपमा नष्ट भएको छ । केही दिनअघिसम्म हरियाली देखिएको बारी अहिले उजाड बनेपछि किसान चिन्तित बनेका छन् । वर्षदिनको आशा बोकेको मकैबाली एकै रातमा नष्ट भएपछि स्थानीय किसान भावुक बनेका छन् ।

स्थानीय कृषकका अनुसार यस वर्ष राम्रो उत्पादन हुने अपेक्षा गरिएको मकैबाली असिनाले सखाप पारेपछि खाद्यान्न संकटको चिन्ता बढेको छ । “घर पनि बिग्रियो, बाली पनि सखाप भयो, अब कसरी वर्ष कटाउने भन्ने चिन्ता थपिएको छ,” एक पीडित किसानले दुखेसो पोख्नुभयो ।

बडिगाड गाउँपालिका–५ का वडा अध्यक्षसहित प्रहरी टोलीले क्षतिको विवरण संकलन सुरु गरेको जनाएको छ । प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।

प्राकृतिक विपत्तिले ग्रामीण भेगका नागरिक अझै पनि असुरक्षित अवस्थामा बाँचिरहेको यथार्थ उजागर गरेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । हाल प्रभावित क्षेत्रमा क्षतिको यथार्थ विवरण संकलन तथा राहत वितरणको तयारी भइरहेको छ । गोरखापत्र अनलाइन

नक्कली नोट छाप्ने दुई जना उपकरणसहित पक्राउ

0

जेठ ९,२०८३ रुपन्दे्ही : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने उपकरण कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा केही नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ पर्नेहरुमा भारत ककरहवा सिद्धार्थनगर नौगढ उत्तर प्रदेश बस्ने अब्दुल गफ्फरको छोरा ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं।११ मसिना बस्ने २२ वर्षीय बिक्की भन्ने अनिल पासी रहेका छन् ।

पक्राउ परेकाहरुबाट सबै नोटहरुमा एउटै नम्बर ङ २५ ०२४९१२ रहेको नक्कली नेपाली पाँच सय दरको नोट ३० थान, नेपाली रुपियाँ १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ्ग नगरेको अवस्थामा रहेका नक्कली नोट सात थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सिपीयु एक थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर एकथान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर एकथान, मोबाइल दुई थान र कैची एकथान लगायत कागजहरु बरामद भएको प्रहरीले जनाएको छ ।

कालीगण्डकी कोरिडोरको सम्झौता तोडियो

0

जेठ ९,२०८३ म्याग्दी : चीन र भारत जोड्ने काली गण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने १७ किलोमिटर दूरीको सडक नौ वर्षदेखि अलपत्र बनाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

योजना प्रमुख तेजस्वी शर्माले दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम सात पटक म्याद थप गर्दा पनि नसकेको निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोसी एन्ड न्यौपानेसँगको ठेक्का तोडेर अधुरो काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाइएको जानकारी दिइन ।

“सातौँ पटक थपिएको २०८२ असोज २५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्नेमा म्याद सकिएको २०० दिन पुग्दासमेत कम्पनीले प्रतिबद्धता र शर्त पालनामा जिम्मेवार नदेखिएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ ९७० को आधारमा ठेक्का अन्त्य गरिएको हो”,उनले भनिन, “८५ प्रतिशत भौतिक प्रगति भएको कोवाङ–जोमसोम खण्डको बाँकी काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाउँछौँ ।”

विसं २०६४ मा मार्ग खुलेको सडक चक्लाउने, पर्खाल, नाली बनाउने र ११ मिटर चौडाइका दरले अक्सफाल्ट प्रविधिको कालोपत्रे र ढलान गर्न २०७४ साल जेठ ९ गते उक्त कम्पनीसँग रु ७० करोडमा ठेक्का सम्झौता भएको थियो । पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि ११ खण्डमा सञ्चालित आयोजनामध्ये कोवाङ–जोमसोम खण्डमात्र अलपत्र बनेको हो ।

आयोजनाका अनुसार उक्त सडक निर्माणका लागि कम्पनीलाई ठेक्का तोड्नुअघि कुल ठेक्का सम्झौता लागतको ०।०५ प्रतिशत हुनेगरी जरिवाना रकम कायम गरिएको छ । थासाङ गाउँपालिकाको टुकुचेमा ४०० मिटर कालोपत्रे र ३०० मिटर आरसिसी ढलान बाँकी छ ।

साथै सोहीखण्डको मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करिब एक हजार २०० मिटर कालोपत्रे गर्न बाँकी रहेको छ । जोमसोमका पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा ‘स्टक्चर’ र कालोपत्रे गर्न बाँकी रहेको छ ।

अन्य ठाउँमा कालोपत्रे र ढलान भइसकेको छ । कोबाङ–जोमसोम सडक कालोपत्रे नहुँदा पर्यटक, स्थानीयका साथै सवारीसाधन र पैदल यात्रीलाई सास्ती हुँदै आएको छ ।

कोइलाखानीमा विस्फोट: आठको ज्यान गयो, दर्जनौँ बेपत्ता

0

जेठ ९,२०८३ : उत्तरी चिनको एउटा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ वेपत्ता भएको जनाइएको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको थियो ।

विस्पोटको समयमा २४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै ती मध्ये २०१ लाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वाले जनाएको छ ।

स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिह्न्वाले आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३८ जना अझै वेपत्ता रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ ।

राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित “सबै प्रयास“ गर्न आग्रह गदै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेको सिन्ह्वाले जनाएको छ ।

उहाँले सबै क्षेत्र र विभागहरूले यो दुर्घटना बाट पाठ सिकेर कार्यस्थलको सुरक्षाको सन्दर्भमा निरन्तर सतर्क रहनु पर्ने र विनाशकारी घटनालाई नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिनुभएको छ ।

यस अघि नै सिन्ह्वाले ग्यास–खानीमा कार्बन मोनोअक्साइडको स्तर–एक अत्यधिक विषाक्त स्थरमा पुगेको रिपोर्ट गरेको थियो । वेपत्ता रहेकाहरुका केहीको अवस्था “गम्भीर“ रहेको अघिल्लो रिपोर्टले जनाएको छ ।

पछिल्लो समयमा चिनमा खानीको सुरक्षामा सुधार आएको भएता पनि मनग्य सुरक्षा प्रावधानहरु अवलम्वन गर्न नसकिएकाले अझै पनि बारम्बार दुर्घटनाहरू हने गरेका छन् ।

सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुहरु बिक्री, वितरण र सेवनमा रोक

0

जेठ ९,२०८३ स्याङ्जा : प्रशासनले सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुहरु बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूर्तिजन्य पदार्थको बिक्री, वितरण तथा सेवनसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाइने व्यवस्था सर्वसाधारण र सरोकारवाला सबैलाई पुनः स्मरण गराएको हो ।

धूम्रपान तथा सूर्ति सेवन मानव स्वास्थ्यका लागि हानिकारक मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभएको छ । प्रशासनले जारी गरेको सूचनालाई अवज्ञा गरेमा कानून अनुसारको कारवाही गर्ने प्रशासनले चेतावनीसमेत दिएको छ ।

इन्द्रावती बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

0

जेठ ९,२०८३ ताप्लेजुङ : इन्द्रावती खोलामा आएको बाढीले मोटरेवल -मोडर गुड्ने पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा अवरुद्ध भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेवल पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्नेगरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेवल पुलमा बाढीले क्षति गरेको हो । साब्लाखुका स्थानीय सञ्जय पन्दाकका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पुर्‍याएको हो ।

बाढीले मोटरेवल पुलको साब्लाखुतर्फको भागमा क्षति गरेको पन्दाकले जानकारी दिनुभयो । पक्की संरचनाभन्दा बाहिरीतर्फ करिव छ मिटर जति पुलको जिपमा बाढीले क्षति पु¥याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको उहाँले बताउनुभयो । पुलको पक्की संरचना पनि निकै जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।

पुलमा क्षति भई सडक अवरुद्ध हुँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका क्षेत्र र सिरिजङ्घा गाउँपालिकाको वडा नं। ७ खेवाङ र वडा नं। ८ याम्फुदिनबाट सञ्चालन हुने लामो तथा छोटो दूरी यातायात सेवा ठप्प भएको छ । सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दनां) का अनुसार बाढी पुलमा क्षति गरेपछि सिदिङ्वाका विभिन्न वडाबाट सदरमुकाम फुङ्लिङ र लामो दूरीतर्फ पाँचथर, इलाम हुँदै अन्यत्र जाने सवारी साधन रोकिएका छन् ।

यस्तै सिदिङ्वातर्फ भित्रने यात्रु तथा मालबाहक सवारी साधन पनि पाँचथरतर्फ नै रोकिएका उपाध्यक्ष कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार साँझपछि इन्द्रावती खोलाको शिरतर्फ ठुलो वर्षा भएको र वर्षाका कारण बाढी आएको हो । बाढीले उक्त मोटरेवल पुलबाहेक अन्य स्थानमा क्षति गरे नगरेको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको पनि उहाँले बताउनुभयो । गोरखापत्रबाट

जेठ १४ गते सार्वजनिक बिदा

0

जेठ ७,२०८३ काठमाडौँ : सरकारले बकर इद -इद–उल–अजहा का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष बकर इद जेठ १४ गते परेको जानकारी दिनुभयो ।

वि।सं। २०८२ मङ्सिर १६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते बिदा हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना पनि व्यक्त गरेको छ ।

पाल्पामा जंगली च्याउ खाँदा दुई महिलाको ज्यान गयो

0

जेठ ८,२०८३ पाल्पा : पाल्पामा जङ्गली विषालु च्याउ खाँदादुई महिलाको जयान गएको छ । जिल्लााको रम्भा गाउँपालिका–५ की ६६ वर्षीया बिनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा मगरको ज्यान गएको हो ।

जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरूसहित ५० वर्षीया याममाया जर्घा मगर पनि बिरामी परेका थिए । गत जेठ १ गते साँझ च्याउ सेवनपछि वान्ता र झाडापखाला भएपछि उपचारका लागि उनीहरूलाई युनाइटेड मिसन अस्पताल तानसेन ल्याइएको थियो ।

कामु मगरको जेठ ४ गते र खाम्चा मगरको जेठ ५ गते उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

जर्घा मगरको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । मनसुन नजिकिँदै जाँदा जिल्लामा विषालु च्याउ सेवनबाट एक दर्जनभन्दा बढी बिरामी परेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

निस्दी गाउँपालिका–४ भिरपानीमा पनि विषालु च्याउ सेवनबाट दुई जना बिरामी भएका छन् । जेठ ४ गते जङ्गलको च्याउ सेवन गरेका उहाँहरूमा जेठ ५ गते लक्षण देखिएको थियो । उपचारका लागि मध्यविन्दु अस्पताल नवलपुर लगिएकोमा दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भरतपुर, चितवन पठाइएको निस्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले जानकारी दिनुभयो ।

यता तानसेन नगरपालिका–११ भालुवन घर भई तानसेन नगरपालिका–४ मा बस्दै आएका एकै परिवारका चार जना पनि विषालु च्याउ सेवनबाट बिरामी भएका छन् । उनीहरूको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, माथागढी गाउँपालिका–३ कसेनी भैंसीकट्टाका विषालु च्याउ खाएर बिरामी परेका चार जना उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधु भट्टराईले बताउनुभयो ।

तानसेन नगरपालिका–८ मदनपोखराको कोकलमा बस्ने दुई जना पनि उपचारपछि घर फर्केका छन् । उनीहरूको उपचार लुम्बिनी मेडिकल कलेज प्रभासमा गरिएको थियो ।