सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुहरु बिक्री, वितरण र सेवनमा रोक

0
24

जेठ ९,२०८३ स्याङ्जा : प्रशासनले सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुहरु बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूर्तिजन्य पदार्थको बिक्री, वितरण तथा सेवनसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाइने व्यवस्था सर्वसाधारण र सरोकारवाला सबैलाई पुनः स्मरण गराएको हो ।

धूम्रपान तथा सूर्ति सेवन मानव स्वास्थ्यका लागि हानिकारक मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभएको छ । प्रशासनले जारी गरेको सूचनालाई अवज्ञा गरेमा कानून अनुसारको कारवाही गर्ने प्रशासनले चेतावनीसमेत दिएको छ ।

SHARE